यति सुन्दर किन ?

nepal-bird-pecock-dance.jpgददिराम सापकोटा-

केटीहरु प्राय: दयालु , मेहनती र संबेदनशिल केटो रुचाउँछन। बौद्दिक , जिम्मेवार र समर्पित पनि भैदिए त झन सुनमा सुगन्धनै हुने भयो। अर्थात् हेराइभन्दा असल व्यक्तित्वको केटो अधिकांश महिलाले रुचाउँछन। तर केहि केटीहरु यस्तापनि हुन्छन ति चाहिं चटक्क शरिर मिलेको सुन्दर केटो देखेपछि भुतुक्कै। केटीहरुलेनै त्यस्तै चाहेपछि जसो जसो बाहुनबाजे उसै उसै स्वाहा भनेझैं गर्नु परेन त केटाहरुले पनि ?त्यसैले धेरै जीवमा अधिकांश भालेहरुका लामा जटा , लामा पुच्छर, शीरबिन्दु, लामा लामा सिङ् , दाह्रा, चहकिला भुत्ला, सुरिलो कण्ठ, बाटुला ठुला आँखा , खुट्टामा ठेला , लामा जुँघा हुने गरेका छन। पोथीहरुले पनि त्यस्तै भालेहरु रुचाउने गरेको पाइन्छ।  वैज्ञानिकहरुकाअनुसार ऋतुकालकाबेला भाले मुजुरले प्रजनन्कालमा निश्चित ठाउँ छान्छन। भाले मुजुरले खुल्ला ठाउँमा पातपतिगर खुट्टाले चलाएर सफा गर्छ र त्यसैमा बसेर कराउँदै पोथीलाई बोलाउँछ। उसले घुमीघुमी थरीथरीका नाच देखाउँछ। पोथीहरुले रुचाउन् भनी सुन्दर प्वाँख फर्काइफर्काइ नाचेर देखाउँछन। तर पोथीहरु भालेले नाँच देखाउनासाथ कहाँ दौडिन्छन र ? उनीहरुपनि थुप्रै भालेका नाँच छनीछानी हेर्छन। धेरै भालेका भाका सुन्छन। भालेको आँखा वरिपरि हुने थोप्ला , खुट्टाका ठेला , शिरबिन्दु र धर्सा नियाली नियाली हेर्छन। भालेको शरिरका हरेक थोप्ला र धर्साको पोथीले तारिफ गर्छन। अन्तमा ठुलो ठेला, लामो शिरबिन्दु, सुरिलो कण्ठ , लामो पुच्छर , चम्किला रंग भएका रवाफिला भाले छान्छन। भालेका सुन्दर प्वाँख र लामो पुच्छर पोथीलाई हेर म कति सुन्दर र हट्टाकट्टा छुभनेर देखाउने प्रमाण हो।  

 पोथीहरुले चम्किलो रंगका भाले रुचाउनाले बिकासको क्रमलाई त्यस्तै चम्किलो रंगको छनौटतिर डोर्याउँछ। यसको अर्थ तिनबाट कोरलिने बच्चापनि बढि आकर्षक हुन्छन।  लामो पुच्छर भएका भाले अझ दक्षसंग त उड्छननै ति सुन्दर पनि देखिन्छन। यो पोथीकालागि महत्वपूर्ण हो किनकि भालेको त्यो गुण पोथीले आफ्ना बचेरामा सार्छे। आकर्षक भाले रोज्ने पोथीका भाले बच्चाहरु पनि आकर्षकनै हुन्छन। ति आकर्षक बच्चालेपनि भविष्यमा धेरै पोथीलाई आकर्षण गर्छन। यस्ता भालेबाट जन्मिएका पोथीहरुसमेत बढि स्वस्थ र प्रजनन्मा बढि सफल हुन्छन। यसरि हरेक पिंढिमा लामो पुच्छर भएका भालेले धेरै पोथीलाई आकर्षण गर्छन। केहि सन्ततीसम्म एवंरितले भालेको पुच्छर लामो हुँदै जान्छ। पुच्छर लामो हुँदै जाँदा धेरै पोथी फेलापर्ने सम्भावनापनि बढ्दै जान्छ (सर्भाइभल इन द वाइल्ड, सेक्सुवल स्ट्राटेजी-टिम हालीडे , अक्सफोर्ड मेलबर्न , अक्सफोर्ड यूनीभर्सिटी प्रेस, १९८०)। यस्ता आभुषणहरु धेरै हुने भाले स्वस्थ र बलिया हुनाले यिनले कम हुनेहरुलाई लडाईँमा पनि सजिलै पछार्छन।    भालेका लामा सुन्दर प्वाँखहरु उसको प्रतिरोध प्रणालीसंग प्रत्यक्ष सरोकार राख्ने शक्तिको संकेत हो। तर एउटा प्रश्न के birds-of-nepal-peacock-dance.jpgउठ्छ भने के लामो पुच्छर र बाटुलो ठुलो आँखा   सेक्सकैलागिमात्रै होला त? एउटा अर्को सम्भावित कारण के हो भने लामो पुच्छर भएका भालेले  सम्भोग धेरै समयसम्म गर्न सक्छन। यस्ता भालेले पोथीहरुलाई बढि सन्तुष्टि दिन सक्छन। तिनिहरुबाट जन्मिएका बच्चा बढि सफलतापूर्वक बाँच्न सक्छन। यस्ता भाले कठिन वातावरणसंग सहज तरिकाले जिउन सक्छन हट्टाकट्टा मानिसहरुलाई कम् जाडो भएजस्तो।  

 अमेरिकाको न्युक्यास्टल विश्वविध्यालयका जीवशास्त्री मारो ओन प्याट्रीले एक हुल भाले मुजुरका आँखाका धब्बा भालेकै पुच्छरका भुत्ला काटेर टालिदिइन। तिनलाई छोडियो अन्य भाले र पोथीको हुलसंगै। त्यसपछि थाहा भयो कि पोथीहरु आँखाको छेउमा धेरै धब्बा हुने भालेतिर बढि आकर्षित भए। अमेरिकाकै अरु केहि बैज्ञानिकहरुले केहि भालेका प्वाँख काटेर बुच्चो बनाएर छोदिदिँदा पोथीहरु त्यस्ता भालेतिर आकर्षित भएनन।     अर्को एउटा प्रश्न के पनि उठ्छ भने मुजुरको पुच्छर एकपछि अर्को पिँढीमा बढ्दै जाने भए कति समयसम्म बढ्दै जान्छ त? सबै प्राणीले अर्को सन्ततीमा आफ्नो अनुवंशिकी सारेर आफ्नो वंश फैलाउन चाहन्छन। आफ्नो श्रृष्टिलाई नाशिनबाट जोगाउने यत्न प्रकृतीले पनि गरेको हुन्छ। त्यसैले निश्चित अवस्थाभन्दा लामो भएपछि त्यसले फाइदा भन्दा उसैको अस्तित्वलाई जोखिममा पार्ने हुँदा एउटा निश्चित बिन्दूमा पुगेर रोकिन्छ।   हुन त यस्ता लामा पुच्छर हुनुमा फाइदैफाइदा मात्रै छैनन। तिनका प्वाँख बर्षेनी झर्छन। त्यो बाध्यतानै हो। प्वाँख उमृदा भालेको धेरै शक्ति खर्च हुन्छ। झन यस्तो लामो पुच्छर भएपछी शत्रुबाट लुक्न धेरै सुरक्षा अपनाउनुपर्छ। रुखमै बस्दापनि शत्रुले टाढैबाट समात्न सक्छन। तर लामो पुच्छर र बिलक्षण प्रदर्शन क्षतीको हिसाबले ब्यक्तिगतरुपमा महँगो भएपनि आफ्नो स्थानिय वासस्थानमा ति छिट्टै छरिएर त्यो घाटा वा जोखिमलाई पूर्तीगर्न सक्षम हुन्छन। नत्र कम गुण भएका र जोखिम नलिनेहरु कि त समय र शक्तिको मुल्य बहन गर्न नसकेर अलि कम सफलता पाउँछन वंश फैलाउन कि त तिनको वंशनै नासिएर जान्छ।   तर पोथीहरु किन मधुर हुन्छन त? यो पनि उत्सुकताकै बिषय हो। पोथीहरुले फुल पारेर वचेरा हुर्काउनुपर्ने हुनाले ति चलाएमान हुँदैनन्। झन मुजुर , तित्रा , बट्टाइ, लुइँचे, कालिज जस्ता बहुपत्नी प्रथाका चराहरुमा त भालेले सम्भोगको काम सकेपछि छोडेर हिँड्छन। यस्ता जातीका पोथीहरुले बच्चा हुर्काउने सम्पूर्ण काम एक्लै गर्नुपर्ने हुन्छ। फुल पारेर बच्चा नहुर्काउन्जेल एउटै ठाउँमा बसिराख्नुपर्छ। त्यसैले चहकिला रंग र लामो पुच्छर भए यिनीहरु शत्रुका आँखामा छिटो पर्छन। त्यसैले तिनको रंग धमिलो खालको हुन्छ। कतिपयका त भएका चम्किला केहि भुत्लापनि प्रजननकाबेला झर्छन। त्यसैले प्रकृतीलेनै पोथीहरुमा यस्तो गुण दिएको हुन्छ। श्रृश्टिलाइ निरन्तरता दिने यो प्रकृतीकै नियम हो।  

तपाइँको प्रतिक्रिया