वन्यजन्तुपनि समलिंगि

ददिराम सापकोटा-


अधिकांश मानिसहरु बिपरित लींगमै आँखा लगाउँछन। अर्थात पुरुषले महिला र महिलाले पुरुष जोडीनै रोज्छन। तर केहि मानिसहरु यस्ता हुन्छन् जो समलींगितिरै आँखा डुलाउँछन। मानिसले अप्राकृतिक भनेको यो समलींगियपन त वन्यजन्तुमा पनि हुने रहेछ। वन्यजन्तु बैज्ञानिकहरुले गरेका पछिल्ला अध्ययनहरुले यहि तथ्य पत्ता लागेको छ। हालसम्म बैज्ञानिकहरुले हजार देखि तिनहजार जातीका वन्यजन्तुको भरपर्दो तरिकाले अध्ययन गरेका छन। हालसम्म भएका अध्ययनहरुका अनुसार ति जातीमध्ये करिब चार सय ५० ले समलींगिय बानी स्पष्ठसंग देखाएको पाइएको छ। बैज्ञानिकहरुले १० प्रतिशत बन्यजन्तुहरु समलींगि हुने बताएका छन*।


अमेरिकामा पाइने बाइसन (चितवन
, पर्सा, बर्दिया लगायतका राष्टृय निकुन्जमा पाइने गौर जस्तो जनावर) , मृग, बाख्रा, सोस (डल्फिन) , सुतुरमूर्ग , जापानी मकाक भनिने बाँदर, हाम्रो नेपालमा पाइने रातो बाँदर (रेसस मङ्की), लंगुरे बाँदर (कतैकतै हनुमान बाँदर पनि भनिन्छ), अफ्रीका महादेशमा पाइने बोनोबो (सानो हुनाले पिग्मी चिम्पान्जी पनि भनिन्छ) भनिने बाँदर लगायत बाज (अङ्रेजी चलनचल्तिको भाषामा स्पेरो हक भनिन्छ) , फ्यालफ्याले (अङ्रेजी चलन चल्तिको भाषामा ब्ल्याक हेडेड गल भनिन्छ) लगायत करिब एक सय तिस प्रजातीका चराहरु समलींगिय हुने बिश्वास गरिएको छ।   जनावरहरुले पनि मानिसलेझै मलद्वार चलाउने, मुखले चुस्ने, हस्त मैथुन गर्ने र खेलाउने , लीग खेलाउने र चुम्बन गर्ने लगायतका कृयाकलाप गर्छन। बोनोबो बाँदरहरुले चाहिँ एक अर्काको यौनांग धस्ने गर्छन। जापानी मकाकहरुमा ९ प्रतिशत , ब्ल्याक हेडेड गलमा २२ प्रतिशत र सुतुरमूर्गमा त झन बिपरित लींगिको भन्दा समलींगिको संख्या बढि हुन्छ**।

जापानी मकाकको भाले जंगली र पाल्तु दुबै समलींगि हुन्छन। तर साथी भने पोथीहरुलाई बनाउने गर्छन। यो जातीमा पाल्तु पोथीहरु मात्रै ऋतुकालका बेलामा मात्र समलींगि भएको पाइएको छ। यो बेला यिनिहरु एक अर्कामाथि चढिरहन्छन। फकाउन आउने भालेहरुसंग पोथीहरु फस्दैनन बरु जबर्जस्ति गर्न लाग्दा जाइलाग्छन। पोथीहरु यौनान्द लिइसकेपछिपनि संगै बस्ने , चर्ने , खेल्ने र टहलाउने गर्छन। भालेहरु चाहिं लुरुलुरु आफ्नो बाटो लाग्छन।

  पाल्तु जापानी बाँदर ( जापानी मकाक) का भाले र पोथी दुबै एक अर्कासित झगडा गर्छन परिचित पोथीसंग संभोग गर्नकालागि। आफ्नो लामो पुच्छरको फाइदा उठाउँदै पोथीले आफ्नै योनीमा रगडेर आनन्द लिन्छे। तर पाल्नु रातो बाँदर (रेसस मंकी) का भालेहरु चाहिँ पोथीसंग भन्दा भाले भाले बिचनै एक अर्काको मलद्वारमा संभोग गर्न रुचाउँछन***।

कुनै जनावरभने जिवनको कुनै एक मोडमामात्रै समलींगि हुने गरेको पाइन्छ। त्यस्ता जनावरहरु पछि फेरि बिपरित लींगतिरै फर्कन्छन। बाइसन र केहि मृग ( Antelop) हरु अधिकांशले उपयुक्त जोडी नपाउन्जेल संगै बस्ने तर जोडी पाउनासाथ हिंड्ने रहेछन। (***)  धेरै मानिसहरु बिपरित लींगको अभावले समलींगि रोजेको भन्ने विश्वास गर्छन तर प्रकृतिमा सबैभन्दा सन्तुलनको स्थितिमा रहेकामापनि समलींगिपन पाइएको छ।

   एउटा अचम्मलाग्दो तथ्य के पत्ता लगाएका छन बैज्ञानिकहरुले भने यस्तो समलींगि कृयाकलापले सन्तान जन्माउन मद्दत पुग्ने गर्छ। ऋतुकालमा यौनको चाहनाले सताइसक्दापनि उपयुक्त जोडी नपाए समलींगिपन देखाउने गर्छन। गाइ , भेडा, बाख्रा, घोरलका पोथीहरु रतिकृयाका लागि तयार भइसक्दापनि भालेहरु नभेटिएमा वा नजिकै भएर पनि तिनले बेवास्ता गरेमा भालेमाथिनै उक्लिएर “कोहि छ ?” भन्ने संकेत दिने गर्छन। पोथीमाथि चढेर भालेलाइ संकेत दिने वा भालेहरु नभएमा पोथीमाथि चढेर देखाउने गर्छन टाढाटाढाका भालेहरुले थाह पाउन् भनेर।  समलींगि जनावरको रगतमा टेस्टोस्टोरन हर्मोनको मात्रा  विपरित लींगतिर आकर्षित हुनेकोमा भन्दा कम हुने बैज्ञानिकहरुले पत्ता लगाएका छन।

  त्यसो त, कतिपयले आफ्नो बंश फैलाउनकालागि समलींगि भएर बस्ने गर्छन केहि समयकालागि। क्यालिफोर्नीया गल भनिने फ्यालफ्याले चराको पोथीले भालेको अभाव हुँदा पोथीहरुसंगै बसेर बचेरा हुर्काउने गर्छन। एउटाले भालेको जस्तो नाच र हाउभाउ निकालेर संगै गुँड बनाएर बस्छन। यस्ता जोडी मध्ये कुनैकुनै केहि बर्षसम्म संगै बस्छन। अधिकांशले भन े अर्को ऋतुकालमा बिपरित लींगको जोडी भेट्टाउने गर्छन****।

  अर्को एउटा महत्वपूर्ण पक्ष के छ भने बिपरित लींगबिचका जोडीहरु शारिरिक संसर्गका हिसाबले बढि प्रभावित हुनाले सम्भोगको काम सकिएपछि तिनले छोडेर हिँड्छन। तर समलींगि जोडीहरुमा भने माया , प्रेम, सहयोग आदानप्रदान बढि गरेको पाइन्छ। त्यसैले समलींगि जोडीहरुमा अंकमाल , उठ्बस, चाट्ने, मुसार्ने र एकले अर्कोलाई साथ दिने कृयाकलाप धेरैबेर सम्म चल्छ। (****) अध्ययनहरुले के देखाएका छन भने ७५ प्रतिशत समलींगिहरुले आफ्नो जोडीलाई अरुसित झगडा पर्दा साथ दिन्छन। जापानी बाँदर (जापानी मकाक) र लंगुरे बाँदरका पोथीहरु समलींगि यौनमा संलग्न भएका बेला नजिक आउनेलाई आक्रमण समेत गर्छन आफ्नो जोडीमा भाँजो हाल्न आएको ठानेर।

   आफ्नो जोडीसग छुट्टिनु पर्दा जनावरलाईपनि मानिसलाइ भन्दा कम्ति मुश्किल पर्दैन। रातो बाँदर, ( रेसस मंकी) र फ्यालफ्याले (ब्ल्याक हेडेड गल) का जोडीमा एकले अर्कोलाई छोडेर जाँदा ज्यादै निराश र दुखी हुने गर्छन। यस्ता एक्लालाई बिपरित लींगको जोदी मिलाइदिन खोज्दा वास्तै गर्दैनन। पुरानो जोडी फर्केर आउँदा निकै खुसि भै रमाइलो गर्छन।

सन्दर्भ सूची:
*(Animal’s fancies: Why members of some species prefer their own sex-homosexuality among animals by Tina Adler. Science News, January, 04, 1997)
** ( Biological Exhuberance:Animal Homosexuality and Natural Diversity-by Bruce Bahemihl, Phd. St. Martin ‘s press, 2000, page 35)

*** (Doctor Tatiana’s sex advice to all creations, Olivia Judson, Henry Holtand Company, Newyork, 2002)**** ( The Natural crime against Nature, An essay in hypertext; by Scott Bidstrup-December 2006 )। 

तपाइँको प्रतिक्रिया