काखिबाट जन्मेका बुद्दको ताईवानमा ३०४० औं जयन्ति

कपिल अधिकारी / ताइपे, ताईवान

030

हामी नेपालीहरूले यहाँ सायद तिन चार पटक मात्र संस्थागात रुपमा मनाएको छौं होला बुद्ध जयन्ति । बुद्धकै देशबाट आएका हामीले यो वर्षपनि मनाउन सकेनौं  । ताइवानमा ४ वटा जति ठूला ठूला बौद्द मन्दिर छन् । यस मध्ये एउटा धेरै ठुलो मन्दिर हो चोंग थाई । ताइवानको मध्य भागमा रहेको यो मन्दिर धेरै ठुलो छ । यहाँ जेन स्कुललाइ आत्मासात गरिएको छ । जेनको अर्थ संस्कृतिमा ध्यान हो । ध्यानलाइ नै जेन भनिएको हो । यहाँ ध्यानलाइ नै मुख्य मानिन्छ  । ताइवान र बाहिर देशमा यो चोंग थाईको ९० भन्दा बढी शाखा रहेका छन् । मुख्य मन्दिरमा मात्र १२०० भिक्षु- भिक्षुनी  बस्छन  । एउटा बुद्धिस्ट अध्यनकेन्द्र छ । मन्दिर १३६ मीटर अग्लो छ । यो ताइवानको सबभन्दा अग्लो र बिस्वकै केहि अग्लो मन्दिर हरु मध्येमा पर्दो रहेछ |

19463_011491_135-002572

यसपालिको बुद्ध जयन्तीमा म पनि गएँ चोंग थाई । एक दोभासे जर्मन  भिक्षुनीको सहयोगले गर्दा केहि कुरा  बुझ्ने मौका मिल्यो । यो मन्दिर चिनबाट आएका गुरु वेई छुएले सन् १९८७ मा  स्थापना गरेका रहेछन । जयन्तिमा उनैले नै सम्बोधन गरेका थिए । यो बिशाल भवन भने सन् २००१ मा मात्र पुरा भएको रहेछ । मन्दिरकै एउटा संग्रहालय छ बगलमै । नजिकै मन्दिरकै  एउटा निजि स्कुल पनि रहेछ । जेन मन्दिरमा ओम मणि पद्मे हुँ अथवा ओम माने पेमे हुँ भनि पाठ नगरिने रहेछ । स्तोत्र धेरै भने मेडिसन बुद्धको पाठ गरिँदो रहेछ ! अनि थान्काहरू कतै देखिन्न । मन्दीरभित्र फोटो खिच्न मनाही रहेछ । त्यसैले यहाँ राखिएका तस्विर सबै ईन्टरनेटबाट तानिएका हुन् ।

070426- 060_640x480

हाम्रोमा बैशाख पुर्णिमामा मनाउने जन्मदिन यहाँ चिनिया क्यालेन्डरको मे को ८ मा मनाउंदा रहेछन । यसपाली पनि १५ हजार जति मानिस थिए । केहि बुद्ध जन्मको स्तोत्र पाठ गरेपछि सानो बालक बुद्ध लाई काठको डाडु जस्तोले पानी खन्याएर नुहाई दिने प्रचलन रहेछ । त्यसपछि  नमस्कार गरेर भेटि रातो खाम राखी चढाउदा रहेछन । बुद्ध आमाको काखीबाट जन्मेको र जन्मनासाथ ९ वटा ड्रागन आई पानीले नुहाई दिएको कथन रहेछ  । त्यसैले बालक बुद्धको वरिपरी ९ वटा ड्रागनले पानी चढाईरहेका थिए ।

2522795-Chung_Tai_Chan_Monastery_Pu_liनेपालमा हामी २५५७ मनाउने जयन्ति ३०४० जयन्ति भनिँदो रहेछ । चिनियाँ कुनै राजाको क्यालेन्डरको आधारमा रे ३०४० वर्ष भएको ! लुम्बिनीमै जन्मेका शाक्य मुनिको जन्म झन्डै ५०० वर्ष पहिले भएको भनि सुन्दा मलाइ ताजुब लाग्यो । नेपालमा जन्मेका बुद्धको जन्म जयन्ति त्यति भब्य भएको देख्दा खुसि लाग्नु स्वाभाविकै हो ।

मन्दिर भित्र ठूला ठूला बुद्धका मुर्ति देख्न सकिन्छ ।  यहाँ दिनको १० हजार जना जति चिनियाँ पर्यटक आनुने रहेछन । भब्य छ चोंग थाई ।

तपाइँको प्रतिक्रिया