वन्यजन्तुमा बलात्कार

-ददिराम सापकोटा महिलाहरु किन बलात्कारका शिकार बन्छन ? एक्लामाथि धेरैले जाइलागेर। शारिरिकरुपमै आफु कमजोर भएर। निशस्त्र अवस्था  अवस्थाकालाई सशस्त्रले जाइ लागेर। अथवा वालवालिका भए फकाएर। जतिसुकै बलियो , कुशल र सशस्त्र भएपनि दश जनाले आक्रमण गरे भने एक्लो सैनिकको केहि लाग्छ र ? त्यसैले यस्तो परिस्थिमा महिलाहरुसंग शरिर सुम्पनुबाहेक अर्को बिकल्प हुँदैन। मानव जिवनमा हुने यस्तो घटना जिवजन्तुमा हुन्छ कि हुदैन होला ? अवस्यै। तर अलि फरक ढंगले।   लामो समयसम्म यौनानन्द लिनकालागि पोथीसंग जोडी भएर बस्छन भालेहरु। यस्ता भालेहरुले आफ्नो बंशपनि धेरै फैलाउँछन। तर यसरी पोथीहरुलाइ दिर्घकालसम्मकालागि अँगालेर बस्ने मौका सबै भालेहरुले पाउँदैनन। कतिपय भालेहरु यस्तो झमेलामा पर्न चाहँदैनन त कतिपय भालेहरु नामर्द हुनाले चाहेरपनि यस्तो मौका पाउँदैनन। कतिपय भाले शरिर हेर्दै मरन्च्याँसे र लोसे देखिन्छन। पोथीलाइ जोगाउनुको साटो अरु भाले देख्नासाथ आफैं दश कोश परैबाट बुर्कुसी मारेर भाग्छन। हार्ने गोरुको छेर्ने दाउ भनेजस्तो। यस्ता छेरुवाहरुसंग पोथीलाई दिन सक्ने केहि हुँदैन। त्यसैले यिनले पोथीहरुलाई आस्वस्त पार्नै सक्दैनन। त्यसैले आफ्नो बंश जोगाउने यस्ता भालेहरुको उपाय लुकी चोरी र बलात्कारबाहेक अर्को हुँदैन। प्रकृतीमा यस्ता जिवहरु धेरै छन। माछा , कछुवा , चरा, चमेरा, बाँदर, गाइ , बाखा लगायत थुप्रै किराहरुमा बलात्कार हुने गर्छ। लिटल ब्राउन भनिने चमेराका भालेहरुले शित निद्रामै रहेका पोथीहरुलाई समेत बलात्कार गर्छन। यो चमेराका भालेहरु पोथीहरुलाई बलात्कार गर्न तिनका वासस्थान खोज्दै हिँड्छन।  

 मानिसहरुमा झैं जिवजन्तुमा पनि एउटा समानता के छ भने जिवजन्तुमापनि प्राय सजिलैसित संभोगको मौका नपाएका र पोथीहरुद्वारा नपत्याईएकाहरुले गर्छन बलात्कार। तर केहि चरामा भने ठ्याक्कै उल्टो हुने गर्छ। मध्य र पूर्वी अफ्रीकामा पाइने ह्वाइट फ्रन्टेड बीईटर भन्ने चराहरुमा विवाहित भालेहरुलेनै बढि बलात्कार गर्छन। यी चरा प्राय दिर्घकालको जोडी बनेर बस्छन। तर पोथी गुँडबाट एक्लै बाहिर निस्किई भने तुरुन्तै बलात्कृत हुन्छे। कहिलेकाहीँ त एउटै पोथीलाई दर्जन भालेले लखेट्छन। भूईँसम्म ओराल्न सकेभने सबै भाले पोथीमाथि चढ्छन। अचम्म त के छ भने प्राय ठिँगा ( Bachelor) भालेहरुनै निर्दोष हुन्छन किनकी यिनले मौकै पाएका हुदैनन। बलात्कार गर्ने भालेहरु झण्डै सबै जसो पोथीसंगका विवाहितहरु हुन्छन।  बाहिर एक्लि पोथी देख्नासाथ यिनले आफ्नी पोथीलाई गुँडमा छोडेर बाहिर निस्किएकी पोथीमाथि दागा धर्छन।     लेसर स्नो गूज भन्ने अर्को चरा हुन्छ। यो ठूलो समुहमा बस्छ। भालेले वरिपरी गुँडमा बसेका पोथीहरुलाई जबर्जस्ति गर्छ। केहिबेरमात्रै एक्लो हुँदापनि छिमेकको भालेले बलात्कारको प्रयास गरिहाल्छ। पोथी एक्लि हुने कारणपनि के हो भने उसको पती अर्को पोथीलाई बलात्कार गर्न दौडिरहेको हुन्छ। कुनै कुनै समूहमा त हरेक पोथी प्रत्येक पाँच दिनमा एक पटक बलात्कृत हुन्छन *। यति धेरै पटक बलात्कृत हुँदापनि ह्वाइट फ्रन्टेड बीइटरमा एक प्रतिशत बचेरामात्रै बलात्कारका कारण जन्मिन्छन। लेसर स्नो गूजमा चाहिँ पाँच प्रतिशत। यस्तो बलात्कारको प्रयास आफ्नै जातीमा मात्रै हुने गर्दैन। गाउँ घरमा हामीले गोरुले भैंसीलाई , कहिलेकाहिं कुखुराको भालेले हाँसलाइ समेत बलात्कार गरेको देख्छौं। कहिलेकाहिँ चाहिँ एउटै गाईलाई दसौं वटा बहर र गोरुले लखेटिरहेका हुन्छन। गाईलाई थकाएर तिनले पालैपालो बलात्कार गर्छन।   कतिपय जातिका भालेहरुले बलात्कारका क्रममा पोथीको हत्या नै गर्छन। माउन्टेन सिप भनिने हिमाली भेडा यस्तै जिव हुन। ऋतुकालकाबेला पोथीलाई थुप्रै भालेहरुले हिमालका चट्टानचट्टानै लखेट्छन। पीडित पोथी भाग्नै नसक्नेगरि नथाकेसम्म लखेटिइरहन्छे। पूर्णरुपमा थकित यस्ता पोथीमाथि थुप्रै भालेहरु चढ्छन। भालेहरु धेरै हुनाले झगडा गरिरहन्छन एक अर्कामा। तर पोथीहरुसँग सँभोग गर्ने मौका भने बिरलै मिल्छ किनकी एउटा भाले पोथीमाथि उक्लनासाथ अर्कोले दाँत र सिङले हानेर गल्हत्याइहाल्छ। यो प्रकृया घण्टौं सम्म जानसक्छ। यसरी थकित भएका पोथीलाई भालेले हिर्काउँछन उठाउनकालागि। यसो गर्दागर्दै कहिलेकाहिँ त पोथीनै मर्छे **  

लुईँचे लगायत धेरै चराका पोथीले समुहको सर्वाधिक भाले रुचाउँछन। त्यसैले बलिया भालेले वरिपरिका थुप्रै पोथी ओगटेर राखेका हुन्छन। तर यो जातिमा कमजोर मानिएका भालेहरुसमेत पोथीभन्दा झण्डै दोब्बर ठुला हुनाले पोथीको मुली भाले नभएको मौका पारेर बलात्कार गरिदिन्छन।

 चरा जातीमा हाँसहरु त झन माहिर नै मानिन्छन बलात्कारकालागि। हरेक वसन्तकालमा निलटाउके हाँस (मालार्ड) हरुले यसैगरि पोथीलाई बलात्कार गर्छन। कतिपयले पोथीलाई छुट्ट्याएर लखेट्ने र उडेपछि संगसंगै पछि लागेर आकाशमै जबर्जस्ति गर्छन। हाँसलाई बलात्कारगर्न यिनको लिंगलेनै प्रेरित गर्छ। भालेहरुको लिंग बोत्तलको मुखटाल्ने काठको बिर्को झिक्ने इस्क्रु  (corkscrew) अर्थात झ्याल ढोका प्वालपार्ने ड्रीलर जस्तो घुम्रीएको हुन्छ।

 अर्जेन्टेनीयन लेक डक भनिने हाँसको लिंग त झन उसको शरिर भन्दापनि लामो हुन्छ। ४२  सेन्टिमिटर लामो उसको लिंग सम्पूर्ण चराजातिमै सर्वाधिक लामो हो*** । उसको लिंग जमिन नाप्ने फिता जसरि बेरिएर बस्छ। संभोगकाबेला त्यो लिंग फितझै फुत्किदै आउँछ। हुनत भालेका यस्ता लामा लिँगले   योनीभित्र छोड्ने विर्य भित्र पस्न नदिई बाहिरै बाट फालिदिने र बलात्कार रोक्ने पोथीहरुकापनि बिभिन्न उपाय र चलाखी छन। 

 सन्दर्भ सूची: – * (Doctor Tatiana’s sex advice to all creations, Olivia Judson, Henry Holtand Company, Newyork, 2002)-* *(Doctor Tatiana’s sex advice to all creations, Olivia Judson, Henry Holtand Company, Newyork, 2002) –

* * * Panis PowerTim Birkhead, BBC Wildlife, April 2002 

तपाइँको प्रतिक्रिया