आर्थिकरुपले आत्मनिर्भर नहुन्जेल नारी स्वतन्त्रता सैद्दान्तिक मात्र

-डा समता प्रसाद महतो

 

नारी समानताको सबैभन्दा महत्वपूर्ण पक्ष अवसरको प्राप्ति हो भन्ने मलाई लाग्छ । हामीले ३३ प्रतिशत आरक्षणको कुरा भन्दापनि ५० प्रतिशतनै अवसर पाउनेगरि व्यक्तित्वको विकास गर्नुपर्छ । ३३ प्रतिशत मागेर आफुले आफैंलाई किन कम आँक्ने? कम नआँकौं तर ५० प्रतिशतनै अवसर पाउनेगरि दायित्व बोक्नेपनि प्रयास गरौं ।”

 

सन् २००३ मा मस्को स्थित नारी निकुञ्ज गठन गर्नुभन्दा अगाडि मस्कोका नारीहरुमा संगठित भएर कामdr-samata-prasad-mahato-musco गर्नुपर्छ भन्ने सोचनै थिएन । नेपाली महिलाहरुको आफ्नो छुट्टै संगठन हुनुपर्छ भन्ने बोध गरेर म, रञ्जना, नीता, स्रिजना, अञ्जना, अनामिका र गीतालगायत हामी मिलेर गठन गरियो । अहिले यो रुसका नेपाली नारीहरुको मात्रै नभएर हाम्रो समुदायकै एक सक्रिय संस्थाको रुपमा स्थापित भइसकेको छ । हाम्रो संगठनको मुख्य उद्देश्य रुसमा बस्ने नेपाली नारीहरुको बिचमा सौहर्दताको बिकास गर्नु, नेपालको भाषा र संस्क्रितिको प्रचारप्रसार एवं प्रवर्धन गर्नु हो । त्यस्तै, नेपालका पिछाडिएका समुदायकालागि कुनै सहयोगको काम गर्नु हो

 

हामीले नेपालका ठूला ठूला चाडपर्व र सांस्क्रितिक अवसरहरुलाई विभिन्न कार्यक्रम मार्फत मनाउने गरेका छौं । चाड पर्व मनाउनुको मुख्य फाईदा के भएको छ भने बिदेशमै, जन्मे हुर्केका हाम्रा छोराछोरीहरुले नेपाली संस्क्रितिको स्वाद पाएका छन् । त्यसोगर्दा नेपालको अतुलनिय सांस्क्रितिक विविधताप्रति गर्व गर्ने प्रव्रित्तीको विकास भएको छ । यस्ता धेरै क्रियाकलाप मार्फत निकुञ्जले नारीहरुलाई घरबाट निस्किएर रचनात्मक काममा योगदान दिँदै आफ्नो व्यक्तित्वको बिकासगर्ने ठूलो मौका दिएको छ ।

 

मलाई के कुरामा सन्तोष छ भने मस्कोका नारीहरुबिच सौहार्दता र एकताको भावना प्रचूर मात्रामा छ जसको श्रेय नारी निकुञ्जलाईनै जान्छ । मेरो अनुभवमा नारी निकुञ्जको सबैभन्दा ठूलो उपलब्धि के हो भने यसले हामीलाई घरबाहिर निस्किएर सामाजिक कार्यमा संलग्न हुने र आफ्नो ब्यक्तित्वको विकास गर्ने सुनौलो अवसर दियो । आज हामी नेपाली नारीका हक-अधिकार, स्वतन्त्रता र समानताका कुरामा बढि जागरुक छौं । हाम्रो संगठनको सक्रियताले  हामी नारीहरुलाई समाजले हेर्ने द्रिष्टिकोण र गर्ने ब्यवहारमा ठूलो परिवर्तन भएको छ । नारी निकुञ्ज नेपाली समाजमा स्थापित हुनु भनेको अन्तत: नेपाली नारीहरुको सम्मानमा ब्रिद्दी हुनु हो भन्ने हामीले बुझेका छौं ।

 

स्वतन्त्रता र समानताको खोजि पहिले आफैंभित्रबाट हुनुपर्छ भन्ने बोध गरेर नै हामीले संगठित हुने अभियानको थालनी गरेका हौं । समानताको सबैभन्दा महत्वपूर्ण पक्ष अवसरको प्राप्ति हो भन्ने मलाई लाग्छ । हामीले ३३ प्रतिशत आरक्षणको कुरा भन्दापनि ५० प्रतिशतनै अवसर पाउनेगरि व्यक्तित्वको विकास गर्नुपर्छ । ३३ प्रतिशत मागेर आफैंले आफैंलाई किन कम आँक्ने ? कम नआँकौं तर ५० प्रतिशतनै अवसर पाउनेगरि दायित्व बोक्नेपनि प्रयास गरौं । व्यक्तित्वको बिकास भनेको योग्यताको ब्रिद्दी हो । योग्य हुन शिक्षाको आवश्यकता पर्छ । नेपाली दिदी बहिनीको अदम्य साहस र संघर्षले समाजमा नारी जातीको कमजोर र अवला छवी अब परिवर्तन उन्मुख छ । तर अझैपनि हामीले हाम्रो क्षमतामा धेरै ब्रिद्दी गर्न जरुरी छ । त्यसैले हामी शिक्षित भए मात्र सक्षम हुन्छौं भन्ने कुरा मनन् गर्दै नेपाली नारीको शिक्षाको अधिकारलाई स्थापित गर्ने कुरामा काम गर्नु आवश्यक छ । शिक्षित नारीले मात्र आर्थिक निर्भरता हाँसिल गर्न सक्छिन् । र त्यो आत्मनिर्भरता नै स्वतन्त्रताको कडी हो । आर्थिकरुपले आत्मनिर्भर नहुन्जेल वा पिता वा पतीमाथिको निर्भरता समाप्त नहुन्जेल नारी स्वतन्त्रताका कुरा सैद्दान्तिक मात्र रहन्छन् । हामीले नेपाली नारीको योग्यता, शिक्षा र आर्थिक आत्मनिर्भरतालाई कसरि ब्रिद्दि गर्न सक्छौं ? यि विषयमाथि यो भेलामा विचार मन्थन हुन जरुरी छ भन्ने मलाई लागेको छ ।

 

स्वावलम्बन र आत्मनिर्भरताको महत्वपूर्ण सन्देश प्रति हामीले हाम्रा छोरीहरुलाई वाल अवस्थादेखिनै सचेत गराउने पहल गर्नुपर्छ । छोरा र छोरीको मानसिकता भनेको सामाजिक संरचना हो । छोरीले आफूलाई कमजोर ठान्नुमा स्कूलमा पाउने सैद्दान्तिक शिक्षा र घरमा दिइने व्यवहारिक शिक्षाले ठूलो भूमिका खेलेको हुन्छ । नारीलाई निर्भर र अवला बनाउने शिक्षामा परिवर्तन आवश्यक छ । त्यसैले हामीले राज्यको शिक्षानीति निर्माण हुने प्रक्रियामै आफ्नो भूमिकाको दाबी गर्नुपर्छ ।

 

आधुनिक नारीवादी आन्दोलनले हाम्रा विविध समस्याप्रति समाजलाई निकै सचेत गराएको भएपनि त्यहाँ अझै केहि भ्रमहरु छन् । कसैमा विरोधकालागि पुरुषको विरोध गर्ने प्रब्रित्ती छ । महिलाले पुरुषमाथि अत्याचार गरेको कथा थोरै सुनिएला तर राज्यको विभेद र उत्पिडनले सिमान्तक्रित बनेको पुरुषपनि पीडक नभएर सामाजिक पीडित हुनसक्छ । त्यस्ता धेरै पुरुषहरुलाई हामीले देख्दै आएका छौं । त्यसैले सम्पूर्ण पुरुष जातिलाई नै शत्रु ठान्ने मानसिकताबाट नारीवादी आन्दोलन मुक्त हुनै पर्छ ।

 

कोहि नारीवादीहरु मात्रित्वलाईनै बन्धन मानेर त्यसबाटै मुक्तिको माग गरिराखेका देखिन्छन् । त्यस्ता अतिवादी धारबाट मुक्तहुँदै नारीवादी आन्दोलनको चाहना केहो त्यसमा स्पष्ठ हुनु जरुरी छ । के हामी पुरुष बन्न चाहिरहेका छौं ? वा नारीको सुन्दरता, कोमलता, आत्मियता, मात्रित्व आदि उत्क्रिष्ट प्राक्रितिक देनलाई कायम राख्दै पुरुष बन्नतिर नलागी परिवारको दायरामा मात्र सिमित नभएर समाजमा आफ्नो स्थान र पहिचान निर्धारण गर्ने ?

 

नारीहरुलाई पुरुषहरुको मञ्चमा जान लालसा हुनु वा आफुलाई बोलाएर सम्मानित गरिएन भनेर चिन्तित हुनुभन्दा हामी आफैं हाम्रो मञ्च बनाऔं र बौद्दिक र योग्य महिलाहरुलाई बोलाई चिन्तन गरौं न । त्यहाँ हामी योग्य पुरुषहरुलाई आमन्त्रित गरेर सम्मान दिँदै एउटा नैतिक शिक्षापनि दिन सक्छौं । हामीले यस्तो गर्दै जाने हो भने पुरुषहरुलेपनि त्यहि सिक्ने छन् । अब हामीले अरुले के दिन्छन्, कति आरक्षण प्रदान गर्छन्, सम्मान गर्छन् कि गर्दैनन् भन्नेतिर नलागी आफैं आफ्नो व्यक्तित्व, क्षमता र योग्यताको व्रिद्दिमा जोड दिँदै अगाडि बढौं ।

 

अधिकांश नेपाली नारीमा घरबाट निस्किन नै हिच्किचाहट देखिन्छ । दायित्व बहन गर्ने त्रास भेटिन्छ । त्यो हीनताबाट मुक्त नभएसम्म हामीले सामाजिक समानताको कुरा गर्नै सक्दैनौं । यूरोपको नारीवादी आन्दोलन र जिवनशैलीले हामीलाई केहि मात्रामा मार्गनिर्देशन गरेको छ । तर नेपाली नारीको अभियानमा आफ्नै मौलिकता हुनुपर्छ । हाम्रो परम्परागत, सांस्क्रितिक धरोहरको अतुलनियतालाई हामीले बिर्सन मिल्दैन । बरु यिनै विविध खुला गतिबिधी (exposure) बाट सिक्दै सक्षम बन्नेतिर लाग्नु यूरोपमा बस्ने आजका नेपाली नारीहरुको दायित्व हो । आजको कार्यक्रमलाई मैले यहि अभियानको थालनीको रुपमा लिएकि छु ।

 

(मस्कोस्थित नारी निकुञ्जकी अध्यक्ष डा समता प्रसाद महतोले अन्तर्राष्ट्रिय महिला दिवस मार्च ८, २००९ का दिन पेरिसमा आयोजित प्रथम यूरोपस्तरिय महिला सम्मेलनमा ब्यक्त गरेका भनाईको संपादित अंश-नेपालप्लस डटकम)

 

 

 

 

 

तपाइँको प्रतिक्रिया