सगरमाथा आरोहणका दूर्लभ तस्विर
आरोहण आफैंमा रोमाञ्चक यात्रा । चुनौतिपूर्ण, साहसिक, कौतुहलतापूर्ण, जटिल, खर्चिलो र आनन्ददायीपनि । झन विश्वकै सर्बोच्च शिखर सगरमाथाका बारेमा त यस्त कौतुहलता र चुनौति अनि चाख र चासो कति छन् कति । ति झ्यांगिँदा छन् । आरोहणको संख्या जति बढोस्, अहँ त्यसको सगरमाथाको कौतुहलता घट्दो छैन । र छैन पूर्णपनि । बरु बढ्दो छ । यो बिदेशीकालागि त छ नै, हामी नेपालीकालागिपनि कम छैन । त्यसैले आज मैले सगरमाथा आरोहणका केहि तस्विर राखेको छु । यि सबै तस्विर नेशनल ज्योग्राफीका हुन् । यो तस्विरमा काठमाडौंबाट ल्याइएका आरोहणका उपकरणहरु बोकेर चौंरीहरु माथि उक्लिँदै गरेका हुन् ।
मौसमले साथ दिन थालेपछि सगरमाथाको चुचुरो ताक्दै उक्लिनेहरुको ताँती यस्तै हुन्छ, कमिलाको जस्तो । यसमा करिब एक सय आरोहीहरु छन् ।
मौसम जब उपयुक्त हुन्छ तब ल्होत्से हिमाल चढ्नेहरु दिनमा करिब दुई सय हुन्छन् । ल्होत्से हिमालपनि सगरमाथाकै छेउमा पर्छ ।
सगरमाथाको माथिल्लो आधार शिविरमा घाईते आरोहीलाई उद्दार गरि तल्लो शिविरमा छोडेपछि फेरी बाँकिलाई लिन उड्दै गरेको हेलिकोप्टर ।
आरोहीकालागि जमेको हिउँ फोरेर बाटो बनाउँदै एक शेर्पा ।
सगरमाथामाको चुचुरो पुग्नु अघिनै जमेको हिउँ । यो वर्ष तल्लो आधार शिविरसम्मनै हिउँ जमेको आरोहीहरुले बताएका छन् ।
आइडिन इर्मार्क भनिने बेलायती नागरिक साईकल बोकेर आधार शिविरमाथि उक्लिँदै । यसरि साईकलमा सगरमाथाको चुचुरो वा आधार शिविरसम्म पुग्न निषेध छ । तर पश्चिमेलीहरु यसरि लुकिचोरी जाने गर्छन् ।
सन् १९२४ मा गरिएको सगरमाथा आरोहणको टोली ।
सन् १९६३ मा आरोहण गर्दा थोमस एस हर्न बेनले लगाएको अक्सिजन मास्क । अहिले यसको आकार, तौल, तरिका सबै बदलिएको छ ।
आधार शिविरमा ब्यायाम गर्दै एक पत्रकार र एक फोटोग्राफर ।
नेशनल ज्योग्राफिकका दुई पत्रकार आधार शिविरमा बसेर न्युज अपडेट गर्दै ।
आरोही र आफ्ना निम्ति खाने कुरा र अक्सिजन सिलिन्डर बोकेर आधार शिविरतिर लाग्दै शेर्पाहरु ।
उद्दारका लागि नाम्चे बजारमा हेलिकोप्टर कुरेर बसेका दुई आरोही कम्प्युटरमा समाचार हेरेर समय कटाउँदै ।
खुम्बु हिमनदीको छेउबाट देखिने द्रिष्य ।
लेक लागेका एक आरोहीलाई माथिल्लो भागबाट पहिलो आधार शिविरतिर डोरीले बाँधेर घसार्दै शेर्पा र उनका सहयोगी ।
खुम्बु आइसफल तिर भर्याङ हालेर जाँदै शेर्पा ।
एक जना बेलायती आरोही ओर्लिँदै ।
भूउपग्रबाट देखिएको सगरमाथा र त्यस वरिपरिको हिमाली द्रिष्य ।
सगरमाथाको उचाई नाप्ने बेलायती नागरिक एभरेस्ट । यिनले भारतको दिल्लीबाटै सगरमाथाको उचाई नापे र त्यसपछि एभरेस्ट भन्दै उनैको नाममा सगरमाथाको नाम राखियो ।

























