जैविकविविधता लोप हुने क्रम ५० वर्षमा सर्वाधिक

विश्वभरीका प्रमुख जीववैज्ञानिकरुले अहिलेकै अनुपातमा मानव अतिक्रमण जारी रहे पृथ्वीका जीवजन्तुहरु एक हजारसम्मका दरले नासीने बताएका छन। यसबाट मानवजीवनपनि अछुतो नरहने चेतावनी समेत दिइएको छ।  मिलेनीयम इकोसिस्टम एसेस्मेन्ट (हजार वर्षे जीव परिवृत्ती पद्दतीको लेखाजोखा भन्न सकिन्छ नेपालीमा) भनिने उक्त रिपोर्टका अनुसार विश्वका सम्पूर्ण चरामध्ये आठ भाग , सम्पूर्ण स्तन्धारी मध्ये पाँच भाग र सम्पूर्ण उभयचर मध्ये तीन भाग हाल लोप हुनसक्ने जोखिममा छन।    यो रिपोर्ट तयार पार्नकालागि ९५ देशका तिनसय ६० जना वैज्ञानिकहरुले अनुसन्धान गरेका थिए। यो अनुसन्धानकालागि संयुक्त राष्ट्रसंघको वातावरणीय इकाई (युनेप) , विश्व वन्यजन्तु कोष , बर्डलाइफ इन्टरनेशनल, वेटल्याण्ड इण्टरनेशनल जस्ता प्रसिद्द संस्थाकोको संलग्नता थियो। ति वैज्ञानिकहरुले शिलाभाव (फोसिल) को अध्ययनगर्दा जीवहरु सयदेखि हजारको दरले हराइरहेको पत्ता लगाए। यतिधेरै प्रजाती यती तिब्ररुपमा हराउँदा मानव अस्तित्वनै जोखिममा पर्ने चेतावनीपनि उनीहरुले दिएका छन।  

“गएको ५० वर्षमा मानव इतिहासमै सबैभन्दाबढि जैविकविविधतामा परिवर्तन आएको छ। अहिलेको अवस्था , काम र योजना हेर्दा यो स्थिती कयमै रहने देखिन्छ” बेलायतको लण्डनस्थित ईन्स्टिच्युट अफ जोलोजीको विज्ञान शाखाका निर्देशक डा. जर्जीना मास भन्छन ” भविश्यका मोडेलहरुपनि यति अनिश्चित छन की आगामी सय वर्ष आगाडी बढ्दा हामीले एक हजारबाट १० हजार गुणामा लोप भएको देख्ने छौ”।  वैज्ञानिकरुले के पनि औंल्याएका छन भने जैवीकविविधताले दिने सबैखाले सेवाको लेखाजोखा मनिसहरुले गर्दैनन। किनकि सबैखाले सेवा दृश्य हुदैनन् र तिनलाई सधैँ आर्थिक फाइदासङ्ग तुलना गरिरहन पनि सकिन्न। कतिपय सेवा स्थानिय हुन्छन। उदाहरण प्रशस्तै दिन सकिन्छ। घर बनाउनकालागि काठ , इन्धनको रुपमा दाउरा , आहाराको रुपमा माछा , लूगा सिलाउनका लागि रेशाहरु जैविकविविधतालेनै दिन्छ। अर्को तहमा भन्नु पर्दा पोषण तत्वको पूनर्ताजकिकरण गर्छ ; परगसेचन गराएर लाखौ विरुवा उमार्छ ; मौसम नियन्त्रण गर्छ। हावा र पानीलाइ शुद्दिकरण गर्छ। यि जैवीकविविधताले उपलब्ध गरएका नदेखिने सेवा हुन। तर यि सेवा भएनन भने मावनजीवन ढल्ने छन। हामी प्रकृति विनासको अन्तिम अवस्थासम्म पुगिसकेका त छैनौ तर बढ्दो जनसङ्ख्या र त्यसले प्राकृतिक स्रोत दोहन गर्ने उच्च दरले गर्दा जीव परिवृत्ती पद्दती (इको सिस्टम) र त्यस वरिपरिका जैविक तत्वका धेरै वस्तु प्रयोग गरिएको छ।

तपाइँको प्रतिक्रिया