शुभकामना कार्यक्रममा स्मारक र नेपाल हाउसकै रडाको
● सन्तोष न्यौपाने / बेल्जियम
जब परयो राति तब बुढी ताति भनेझै एन आर एन बेल्जियम लगायतका संस्थाहरु चुनाव नजिकदै गर्दा तात्न थालेका छन । अबको केहि महिनाहरु बेल्जियममा नेकपा एमाले निकट नेपाली लोकतान्त्रिक मचं, नेपाली काँग्रेस निकट जन सम्पर्क समिति बेल्जियम र सबै संस्थाहरुको साझा संगठन भनिने एन आर एन बेल्जियमको चुनाव हुन गइरहेको छ । राजनैतिक संस्थाहरुमा जे जस्तो भएपनि सबै साझा संस्था भनिने एन आर एनको चुनावले भने यसपालि बेल्जियमबासिमा त्यति महत्व पाउला जस्तो देखिँदैन ।
गत निर्वाचनमा आआफनो पार्टीको अवधारणा सहित उम्मेदवारी दिएर विजयी बने । तर त्यो विजयी शब्दमा मात्रै सिमित रहन पुग्यो । आफुले बोलेका ९० प्रतिशत कुराहरु पुरा गर्न असमर्थ रहे । यहाँ वैधानिक हुन खोज्नेहरुका समस्या ज्युँ का त्युँ रहे । सुपुर्दगी हुनेहरुका लागि पहलको नाममा नाटक मात्रै भए । रोक्न सक्ने हैसियत कसैको भएन । ति वाध्य हुँदै स्वदेश फिर्ता भए ।
अन्य वैधानिक भएकाहरु र स्थायी बसोबास गरिरहेका नेपालीहरुको लागि उपलब्धि मुलक कार्य गर्ने भनिएता पनि त्यो बोलिमा मात्रै सिमित रहेको छ । अर्को तर्फ नेपाल हाउस निर्माण पनि त्यतिकै थन्किएको छ । जयन्तु संस्कृतमले थालेको अभियानलाई एन आर एनले नै धुलोमा मिलाएदिएको आयोजकको आरोप छ ।अर्को तर्फ इप्पर स्मारक निर्माणमा पनि राजनैतिक देखि जातीय रुपमा उठेका आवाजले विक्षिप्तै बनायो जसले गर्दा अहिलेसम्म कुरामा मात्रै सबथोक सिमित रहिआएको छ ।
कुरा जे भएपनि समस्या जे भएपनि समाधान गर्ने र मिलेर जाने हो भने सबैकुराहरुको र्निक्यौलमा पुग्न त्यति बेर लाग्दैन । तर एन आर एन बेल्जियमका पदाधिकारिहरुको ताल देख्दा लाग्छ, उनीहरुको काम कुनै कार्यक्रममा जानु, आतिथ्यता ग्रहण गर्नु र जाने नजाने पनि भाषण गर्नु शिवाय केहि छैन ।
यसै क्रममा अर्को प्रसगं सुरु गरौ । नयाँ वर्ष २०७० सालको शुभकामना मन्तब्य कार्यक्रममा उपस्थित केहि एन आर एन बेल्जियमका ब्यक्तित्वहरुको विचार बाट । कार्यक्रमको आयोजना नेपाली जन प्रगतिशिल मंच बेल्जियमका सुरेन्द्र भुसालले गरेका थिए । कार्यक्रमको मुख्य उद्देश्य चाहिँ गत २ वर्षमा जे भएपनि अब एन आर एन लाई नयाँ तवरले लैजानुपर्ने, सबै मिलेर जानुपर्ने, नेपाली समाजलाई स्वच्छ तवरले निर्माण गर्नुपर्ने विषय रहेछ । तर त्यहाँ यो विषयमा भन्दा पनि नेपाल हाउस र इप्पर विषयमै बढि चर्चा हुन पुग्यो । हुँदाहुँदा कार्यक्रममा सानोतिनो होहल्लानै भयो । त्यो माहौलले भन्दै थियो, एन आर एन बेल्जियम सधै यस्तै हो । चुनावको बेला मिले जस्तै गर्ने पछि उस्तै ।
उक्त कार्यक्रममा कसले के भने त जस्ताको त्यस्तै
पि जि शेर्पा
नेपाल हाउसको सन्दर्भमा तपाइहरु खुल्ला भएर जानुस । यसमा मैले पण्डित संरक्षक राख्ने कुरामा विरोध गर्या छु । वास्तवमा पण्डित र राजदुतलाई संरक्षक राख्नुपर्दछ भन्ने कुरालाई हुन्न भनेको छु । किनभने नेपाल सरकारले एक पैसा खर्च नगर्ने अनि संरक्षक पाउनुपर्ने ? त्यसको सट्टामा चिज कुमारलाई संरक्षक राख्नु पर्दछ । उसले २५ हजार युरो दिएको छ । जसले दिन्छ त्यसलाई राख्नुपर्दछ । इपरको इस्यूलाई हामी कसैले हल्का रुपले लिनु हुँदैन । इपर अध्ययन समितीका पदाधिकारीलाई एन आर एनले सिफारिस गरेको भन्ने हल्ला फिँजाइएको छ । यो अध्ययन टोलीमा रविन्द्रमान श्रेष्ठ र मलाई त्यो समयमा कसैले जानकारी समेत गराएको थिएन । इपर स्मारक बनाउने कुरामा हामी कोहीमा पनि दुई मत छैन । तर त्यहा गुरुङ, मगर, लिम्बू र राइइहरुले उल्लेख्य सहादत प्राप्त गरेका छन भने तमु समाजको संयोजकत्वमा स्मारक बनाउने योजना अन्यलाई किन आपत्ति ? के तमुहरु नेपाली होइनन ? इपरको बिषयमा एन आर एनको खासै कुनै योगदान छैन । त्यसैले एन आर एनले यो मुद्दालाई छोड्दा बेल्जियमको नेपाली समाजमा संस्थाको इज्जत बढ्नेछ । निकट भविश्यमा नै हुन गैरहेको एन आर एनको चुनावमा सबै नेपालीलाई समेट्न सक्ने सामाजिक प्राणीको चयन हुनु महत्वपूर्ण हुनेछ ।
अर्जुन कुमार श्रेष्ठ
यो नव वर्ष शुभकामना आदान प्रदान कार्यक्रमले ति सबै मन मुटावका तँछाडमँछाडहरु चाहिँ मेटियोस् र आगामि दिनमा तपाई हामीसंग सौहार्द रुपमा अगाडि बढन सकौं । अहिले अर्को कुनै देशमा गएर बेल्जियमको एन आर एन भन्नलाई पनि हामीलाई तिक्तता भइरहेको छ ।
राधाकृण्ण अधिकारी
एन आर एनलाई राजनिति, जातियता, धार्मिकता र क्षेत्रियताबाट अलग गराएर विशुद्ध गैर आवासिय नेपालीहरुको साझा संस्थाको रुपमा खडा गर्नुपर्दछ । विशुद्ध समाजसेवी एन आर एनको उम्मेदवार गराउनुपर्दछ । मैले बुझे अनुसार एन आर एन प्रति धेरैको चाखनै छैन । बुझेकै मान्छेले मैले सदस्यता लिन्न भनेका छन । अब यसको सोझो अर्थमा पैसावालाले गर्ने राजनिति एन आर एन हो भन्ने बुझिन्छ । चुनावमा उम्मेदवारको शुल्क बढाउ जुन शुल्कले हरेक सदस्यको सदस्यता शुल्क समेटोस । जसले भद्रगोल कम हुन्छ । मेरै सक्रियतामा जयन्तु संस्कृतम द्धारा महायज्ञ कार्यक्रम गरि नेपाल हाउस बनाउने प्रोजेक्ट स्थापना भयो । तर २ वर्ष भयो अझै त्यो प्रोजेक्ट तुइराखेको छ । यसमा सबैभन्दा ठुलो दोष यहाँ राजनिति का साथै समाजसेवि हुँ भन्नेहरुको छ । गरे पनि तिनैले बिगारे पनि तिनैले । यदि कुनै काम पछि बिगार्न छ भने पहिले किन गर्ने ? नेपाल हाउसको लागि जुन साथिले सहयोग गनुभयो पछि गएर तिनैहरुले पुरै एन आर एनलाई जिम्मा दिउँ भनेर लागे । तत्तपश्चात नेपाल हाउस प्रोजेक्ट असफल भयो ।
अर्को दोस्रो कुरा इप्पर सम्बन्धमा दुख लागेको छ । इप्परमा नेपालको तर्फबाट सबैभन्दा ठुलो ब्यत्ति आएको र कार्यक्रम गरेको भनेको हामीले हो । सुजाता कोइराला बेल्जियम आउँदा मेरो साथि पुर्ण तिमिल्सिनासित सल्लाह गरेर यो काम गरेका थियौ । सबै संस्थाबाट पर्नेगरि एउटा समुह बनाइयो । महेश थापा त्यहि बस्ने भएर उसलाई सचिव बनाइयो । इप्परको जुन अहिले स्मारक बनाउने भनिएको छ । हो तमु समाजले सुरु देखि धेरै कार्यक्रम गरयो । त्यो मान्छु । तर अहिले इप्पर कार्यक्रममा जुन हामीले सुजाता कोइराला बोलाएर गरेको कार्यक्रमको कुनै नाम नै छैन ।
महेश थापाजिले मेरो नेतृत्वमा यस्तो कार्यक्रम भएको थियो भनेर लेख्नु भाको छ । स्पस्ट कुरा भन्नुपर्दछ । तपाईहरुसंग कुनै पनि रेकर्ड छ भने भन्नुस नेपालको पररास्ट्र मन्त्रि जस्तो उपल्लो स्तरको कार्यक्रममा गरेको छ । पक्का पनि छैन । तपाइहरुले स्मारकको कुरा गर्नुहुन्छ । तपाइहरु समितिमा हुनुहुन्छ । हामी छैनम । हो मैले मान्छु यो भन्दा अगाडि तमु समाज लगायत थुप्रैले सुरु गरयो होला । तर त्यो क्षेत्रमा हामीले काम त गरयौ नि । हाम्रो नाम कहि कतै पनि छैन । भनेको अर्थ के भने बेल्जियममा खिचातानि छ । त्यहाँ राजनैतिक, जातियता, धार्मिक या क्षेत्रियताले असर गरयो । हो मैले भनेको यो प्रक्रियालाई अब हामिले ब्रेक गर्नुपर्दछ ।
लिलाधर पन्त
यो बेल्जियमको समाजलाई बेल्जियममा राम्रो पहिचान गराउनको लागि लागिपर्नुपर्दछ । हामी हामी बिचमै नेपाली समुदाय भित्रै एक आपसमा जुन खुटटा तान्ने अथवा कसैलाई माथि उठन नदिने, सबैभन्दा आफु अगाडि बढने प्रवृत्ति छ , त्यो प्रवृत्तिमा ह्रास आओस । नेपाली समाज बेल्जियम भन्ने भावना जागृत होस भन्ने चाहन्छु ।
जानकि गुरुङ
मेरो आफ्नै अनुभव २ वर्ष करिब बित्न लागिसकेको छ । म अझै पनि यो नेपाली समाजलाई के भन्न चाहन्छु भने एन आर एन एउटा साझा संगठन भएको हुनाले साझा विषयहरुमा तपाइहरु स्पस्टताका साथ बोल्नु पर्दछ । मलाई देख्ने बित्तिकै सबैले भन्छ, यो कांग्रेसकै छोरी हो कांग्रेशीनै हो भनेर । तर पनि एन आर एनको विषयमा एन आर एनमा प्रवेश गर्दै गर्दा मैले कहिल्यै पनि आफनो कलरलाई देखाउन चाहिन । आगामि चुनावहरुमा तपाइ हामिहरु बसेर मात्र एकछिनको लागि शुभकामना दिएर एकछिनको लागि भावना मिलाएर भागवण्डामा गयो भने अब हामिलाई यो सिंगो समाजले तपाइ हामीहरुलाई पत्याउँदैन । त्यसैले अझैपनि २, ३ महिना समय छ । तसर्थ हामी सबै
मिलेर स्पस्टताका साथ लागेर एउटा टुंगोमा लाग्न सकेनौ भने ठुलो जमातले हामीलाई प्रश्न चिन्ह खडा गर्छ ।
पुर्ण तिमिल्सिना
नेपालबाट आएकि सुजाता कोइरालालाई इप्पर लिएर गयौ । यो नै नेपाल सरकारको तर्फबाट पहिलो पटक मन्त्रिस्तरिय भ्रमण थियो । दुतावासका मान्छे फोटो खिच्न परिवार घुमाउन गयो होला । तर कुनै पनि संघसंस्थाले त्यहाँ आधिकारिक रुपमा काम गरेको पनि छैन । तर अहिले त्यो आधिकारिक कामलाई लुकाइयो यहाँ । त्यति बेलैमा दिदिले स्तम्भ बनाउन राजदुतलाई प्रक्रिया अगाडि बढाउनुहोस भनेर निर्देशन दिनुभएको थियो । त्यसपछि मात्रै स्तम्भको कुरा आएको हो । अझै अर्को कुरा प्रमेश हमालले हिउँ परेछ नजानुहोस भन्दै राजनितिकरण गर्न खोजेका थिए । तर कोइराला हिउँ परेनि जान्छु भन्दै जानुभएको थियो । तर अहिले अँएर सबै राजनितिकरण भयो । त्यो कार्यक्रम गर्ने मान्छेलाई कहिँपनि सम्झिएन । हामीपनि माग्न गएनौं । किनकि हामीलाई त्यो कार्यक्रम मार्फत चिनिनु छैन ।
सुरेन्द्र भुषाल
इप्परको सवालमा एन आर एनको मातहतमा काम गर्दा उपयुक्त हुन्छ । मैले पनि पहिला तमु समाजलाई दिँदा हुन्छ भनेकै हो । तर पछि त्यहाँ राजनैति ग्रुपले बोकिदिएर चल्यो भन्ने हामिलाई लाग्यो है । त्यहाँ हाम्रो डयासहरुले चलाएर उनिहरुले जे भाषा बोल्यो त्यहि भाषा बोलिदिने । त्यो त मिलेननि त । सबै नेपालीहरु आएर मिलेर गरम न त भन्ने कुरामा लुक्न थाल्ने । अनि त्यहाँ यसरि देख्दा एउटा समुहको राजनिति हुन्छ भनेपछि यो चाहि एन आर एनले गर्दा बेस हुन्छ भनेपछि मैले पनि पहिले बोलेको भाषा फेरेकै हो । तमुहरु धेरै लडेका छन । गर्छन भन्ने भाथ्यो । अब हामी नेपालीहरु हौं भन्ने बुझदा त नेपाली जसले गर्दा नि भयो नि त । त्यसरि जाउँ भन्ने मेरो भनाइ हो । अर्को नेपाली समाज भनेको छुटटै हो र राजदुतावास भनेको प्रशासनिक क्षेत्र । तसर्थ हाम्रो समाजको दुख सुखको गफमा हामीले नबोलाएकै हो उहाँलाई ।




