खाग तस्करको सन्जाल चितवनदेखि काठमाडौसम्म

हरिप्रसाद पोखरेल/चितवन
गएको साउनयता शाही चितवन राष्ट्रिय निकुञ्जअर्न्तर्गतका जंगलमा मात्र आठवटा गैंडा मरेको पाइएको छ। जसमा चोरी शिकारीबाट छ वटा , एउटा भासमा परेर र अर्को कालगतीले मरेका छन्। मरेका गैंडामध्ये भाले दुईवटा र बाकी पोथी छन्। निकुञ्जका प्रमुख संरक्षण अधिकृत टीकाराम अधिकारी चोरीशिकारी गर्नेहरूले गाउ का सामान्य मानिसलाई प्रयोग गरेको बताए।
 
यो आर्थिक वर्षा पहिलोपटक असोज २८ गते पूर्वी क्षेत्रको मचान वाइल्डलाइफ रिसोर्टनजिक टाइगर टप्स मचाननजिकै शिकारीहरूले गैंडा मारेका थिए। त्यसको लगत्तै असोज ३१ गते टेम्पल टाइगर घोलमा , मंसिर २३ गते बरन्डाभारमा , माघ १ गते टाइगर टप्समा , माघ २५ गते लग्न तालमा , चैत २३ गते नन्दन तालनजिकै , बैशाख १८ गते बरन्डाभार लगायतका ठाउँमा गैंडा मरेको अवस्थामा भेटिएका थिए। यसैगरी माघ र फागुनमा कालगतीले गैंडा मरेको पाइएको निकुन्जले जनाएको छ। गैंडा चोरीशिकारी गर्नेहरू यसका लागि ठूलो गिरोहका रूपमा परिचालित भएको अधिकृत अधिकारीको दाबी थियो। निकुञ्जवरिपरि हतियारसहित ठूलो समूह परिचालित छ ‘, निकुञ्जका प्रमुख संरक्षण अधिकृत अधिकारी भन्छन्- चोरीशिकार गर्नेहरूले गाउ का र्सवसाधारणलाई प्रयोग गरेका छन्। उच्चपदस्त व्यक्तिहरू नै गैंडा चोरीशिकारीमा लागेको जानकारी निकुञ्जलाई प्राप्त भए पनि आवश्यक प्रमाणको अभावमा उनीहरूलाई कारबाही गर्न नसकिएको अधिकारीले बताए।
 
गैंडाको खाग अन्तर्राष्ट्रिय बजारमा बढी मूल्यवान भएकाले शिकारीहरूले पैसाको लोभमा गैंडा मारी यसका खाग र अन्य वस्तु विदेश लैजाने गर्दछन्। थाइल्यान्ड , कोरिया , चीनमा लगी यसको अवैध व्यापार गर्नेहरू बढी रहेको पनि अधिकारीले जानकारी दिए। तातोपानी भन्सारबाट तिब्बत हु दै चीनसम्म अवैध व्यापार गर्ने गिरोह काठमाडौंमा रहेको पनि अधिकारीले खुलासा गरे। उनी भन्छन्- तीन महिलासहित १० जनाको समूह काठमाडौंमा बसी यो कार्यमा लागेका छन्। आवश्यक प्रमाण जुट्नासाथ हामी उनीहरूलाई कारबाही गर्र्छौं।
 
विद्यमान द्वन्द्वका कारण भने गैंडालगायतका वन्यजन्तु संरक्षण गर्न नसकिएको दाबी अधिकृत अधिकारीको थियो। उनका अनुसार हालै मात्र वन संरक्षणमा हिडेका चारवटा मोटरसाइकल माओवादीले लुटेका छन्। निकुञ्ज संरक्षणका लागि राखिएको सेनाको ३३ वटा पोस्टमध्ये हाल १० वटा मात्र निकुञ्जमा रहेको छ। गत वर्ष२२ वटा गैंडा मारिएका थिए। जसमध्ये १३ वटा गैंडा खागका लागि तस्करहरूले मारेको निकुञ्जले जानकारी गराएको छ।
वन्यजन्तु संरक्षणका लागि निकुञ्जले यतिखेर युवा जागरण अभियान चलाएको छ। २० वटा युवा समूह हाल यसमा परिचालित छन्। गत वर्षसम्पन्न गैंडा गणनामा ५ वर्षघिभन्दा निकै कम पाइएको थियो। त्यस अवधिमा ९४ वटा गैंडा चोरीशिकारीबाट मारिएपछि निकुञ्जले संरक्षण कार्यमा र्सतर्कता अपनाएको हो। सन् २००० मा सम्पन्न गणनामा पा च सय ४४ वटा गैंडा भएकोमा गत वर्षतीन सय ७२ मात्र निकुञ्जमा भेटिएका छन्।
गएको वर्ष ८८ जना गैंडा शिकारीको अभियोगमा समातिएका थिए। बैशाख २२ गते मात्रै शाही चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले चार जनालाई गैंडाको खाग चोरीतस्करी गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाएको छ। स्रोत: दृष्टि साप्ताहिक , काठमाडौ ,जेष्ठ ०२ , २०६२ 

तपाइँको प्रतिक्रिया