ज्यान जोगाउन तस्करको धन

जङ्गी अड्डामा बसेर लोकतान्त्रिक आन्दोलन दबाउन लागि परेका अपरेशन हेर्ने सहायकरथी रणध्वज लिम्बूले ज्यानमाथिको खतरा न्यूनीकरणका नाममा तस्करको गाडी प्रयोग गरेको खुलासा भएको छ। गैंडाको खाग ओसार-पसार कार्यमा संलग्न अपराधी टासी लामा हाल जेलमा छन् , तर उनको कालो सिसा भएको महङ्गो भिटारा जीप विगत केही समयदेखि जर्साबको सेवामा थियो। यो गाडीमा महासेनानी हरि बस्नेतसमेत सवार हुने गरेको पाइयो। तस्करको गाडीभित्र जर्नेली अनुहार खुल्ने डरले लोकतन्त्र घोषणा भएको तेस्रो दिन अर्थात् वैशाख १४ गतेका दिन ड्राइभर लगाएर गाडी सुटुक्क वन विभागको जिम्मा लगाइएको छ , जबकि मुद्दा चलेको कारण गाडी अदालतको संरक्षणमा हुनुपर्थ्यो।


कर्तुत खुल्ने डरले गाडी बुझाए पनि तस्कर लामास गै पक्राउ गरिएको ६० लाख रुपिया को अत्तोपत्तो छैन , न त बरामदी मुचुल्कामा नै देखाइएको छ। यो रकम राज्यकोषमा दाखिला नगरी चप्काउनेहरुमाथि कारबाहीको माग हुन थालेको छ। यसैबीच , पोहोर पिली आक्रमणमा परी आफ्नो ज्यान नगुमाएबापत सैनिक हिरासतमा रह दै आएका प्रमुख सेनानी राजु देवकोटाको पदोन्नति एक वर्षा लागि रोक्का गरिएको छ भने पोखरा निवासी पूर्व प्रमुख सेनानी डिल्ली बा स्तोलाका छोरा क्याप्टेन विनयलाई सजाय स्वरुप लप्टनमा झारिएको छ ।

स्रोत:  जनआस्था साप्ताहिक, काठमाडौं, बैशाष २७, २०६३

तपाइँको प्रतिक्रिया