एन आर एनमा यसरि घुस्यो आधिकारिक रुपमै राजनिति
● देशभक्त खनाल / बेल्जियम
हुन त एन आर एन गैह्र राजनितिक संस्था भनिन्छ । त्यसो भनिएपनि राजनिति हुँदै नभएको त थिएन । भरमार हुन्थ्यो । तर आधिकारिकरुपमै राजनिति घुसेको भने थिएन । अर्थात राजनितिक पार्टीका नेतालाई एन आर एनकै नाममा, एन आर एनकै आयोजनामा राजनितिक बहस गराएर सिधै राजनिति गर्ने थलो भने बनाईेएको थिएन । तर अब भने एन आरमा राजनितिलाई बकाईदा आधिकारिक रुपमै घुसाईेको छ । कसले घुसायो होला यो ? एन आर एनमा बिक्रिति घुसाउने बेल्जियमबाट शुरु भएको हो भन्ने आरोप लगाउँथे । यो राजनितिलाईपनि एन आर एन बेल्जियमलेनै घुसाएर आधिकारिकता दिएको हो । अर्थात एन आर एनका अन्य सदस्यका आँखामा भने एन आर एन बेल्जियमले अर्को बिक्रितिको शुरुवात गरेको हो । यो राजनिति घुसाउने मुख्य भूमिका एन आर एन बेल्जियम अध्यक्ष जानकी गुरुङ र महासचिव शिव बरुवालले गरेका हुन् । भलै यसबारे एन आर एन बेल्जियममा छलफल भएर हो वा होइन स्पष्ठ भएको छैन । राजनिति घुसाउनु पर्छ भनेर सल्लाह दिनेमा सल्लाहकार युवराज गुरुङ र आइ सिसी ससद्य अर्जुन श्रेष्ठपनि पक्कै थिए ।
मार्च १८ का दिन एक्कासि यहाँका नेपालीहरुले खबर पाए, ‘संघियता संवन्धी बहस हुने रे । आयोजक एन आर एन बेल्जियम रे । त्यसकालागि मुख्य अतिथि थिए, नेपाली कांग्रेस प्रवास बिभागका संयोजक अर्जुन जोशी । त्यसपछि अर्का बक्ता नेकपा एमालेका एमालेका केन्द्रिय नेता परशुराम मेघी गुरुङ । उनीहरुले एन आर एनको बकाईदा ब्यानरनै बनाएर राजनितिक बस चलाए । त्यहाँ नेपाली कांग्रेसका जोशी र एमालेका गुरुङले चर्को सित राजनितिक बहस गरे । यो बहसमा बेल्जियमका सबैजसो राजनितिक दलका भात्रि संगठनहरुलाई निम्ता गरियो । संघ संस्थाका प्रतिनिधीहरु टनाटन राखेर नेपालमा संघियता, कस्तो संघियता, पहिचान सहितको संघियता कि पहिचान बेगरको ? यस्ता विषयमा धेरैले बहस गरेर एन आर एन मा अब राजनितिक मुद्दा भित्रिएको आधिकारिकता दिए ।
तर अचम्म के भने यो भन्दा पहिले एनआरएन वेल्जियममा राजनिति भयो भन्दै खुब हल्ला गरिन्थ्यो । गैरराजनीतिक संगठन भन्थे । तर १८ मार्चको कार्यक्रम आयोजनाले कम्तिमा एन आर एन बेल्जियम अब गैह्र राजनितिक संगठन रहेन भन्ने पुष्टि गराएका छन् । विशुद्ध राजनीतिक वहशको कार्यक्रम एन आर एनकै लोगोमा गराएर । अझ अचम्म त के भने पहिले पहिले यिनैले एन आर एनमा राजनिति भयो भन्दै कराउँथे । तर अहिले तिनैलेनै राजनितिक कार्यक्रम गराए । यसरि हेर्दा आफ्नो स्वार्थ पर्दा एन आर एनलाई राजनितिक संगठनका रुपमा पनि लैजान हुने । तर अरुले चाहिँ यो संस्थामा बसेर राजनितिक बहस गर्न नहुने रहेछ भन्ने हैकमबादी शैलीपनि देखिएको छ ।
किन यो बेला राजनिति हुले त एन आर एनमा यतिखेर ? एकिक्रित नेकपा माओवादी, नेकपा-माओवादीले त राजनितिक कार्यक्रम गर्दै आएकै थिए । पछिल्लो समयमा नेकपा एमाले र नेपाली कांग्रेसबाट अलि बढि समर्थक बाटो छोडेर संघिय समाजवादी पार्टीमा हिँडे । हिँड्नत केहि मानिस नेकपा-माओवादी, एकिक्रित माओवादी र राप्रपा बाटपनि हिँडेका हुन् । तर एमाले र नेपाली कांग्रेस छोड्नेको मेलो अलि बेशी भयो ।
त्यहाँ आङकाजी, अशोकराई लगायतका नेता आएर बहस चलाए, पहिचान सहितको संघियताका पक्षमा । तर नेपाली कांग्रेस र एमालेका तर्फबाट दह्रोसित बहस गर्ने कोहि देखिएन । बेल्जियममा खिईएको सांगठनिक अवस्थामा संघियताका विषयमा आफ्नो पार्टीको धारणा सार्वजनिक गर्नुपर्ने भयो । अरु कार्यकर्ता भाग्नबाट रोक्न सकिन्छ कि भनेर । अन्य मोर्चाबाट त्यस्ता कार्यक्रम गर्नु भन्दा एन आर एन बाट गरे बढि आकर्षण होला भन्ने भ्रमले त्यसो गरिएको हो । यता नेपाली कांग्रेस हुँ भन्ने जानकि गुरुङ एन आर एन बेल्जियमकि अध्यक्ष । उता एमालेका शिव बरुवाल एन आर एन बेल्जियमका महासचिव । एन आर एन अनतर्राष्ट्रिय समन्वय समितिका सदस्या अर्जुन श्रेष्ठ पनि एमालेकै भए । आफ्नै हात जगन्नाथ भने झैं यिनीहरुले एन आर एनलाई आफ्नो राजनितिक स्वार्थकालागि दुरुपयोग गरे । एन आर एनमा राजनितिलाई घुसाए । बिक्रित बनाए ।
अब यसको असर विश्वभरि पर्न सक्छ । राजनिति भएपनि आधिकारिक रुपमा एन आर एनको ब्यानरमुनी राजनिति हुने गरेको भने थिएन । अब एन आर एन बेल्जियमले गर्न हुन्छ भने हामीले किन हुन्न भन्दै अन्य देशमापनि यो राजनिति घुस्न सक्छ पक्कैपनि । र अब राजनितिक कार्यक्रम गर्नैकालागिपनि एन आर एन बेल्जियममा तानातान, बिक्रित झैझगडा, खोसाखोस हुन सक्छ । अन्य पक्षलेपनि अब एन आर एन बेल्जियममार्फत राजनितिक कार्यक्रम आयोजना गर्न थाल्ने छन् । त्यसले एन आर एन बेल्जियमलाई झन बिबादमा तान्ने छ । यस्तो पराक्रम गरेबापत एन आर एन बेल्जियमको अध्यक्ष भएपछि बखेडा मात्रै निकालेर इत्तिहास कायम गरेकि जानकि गुरुङलाई अझ धेरैले धन्यावाद दिने छन् । युवराजजीको रेस्टुरेन्ट अझ बढि चल्ने छ बैठकै बैठक आयोजना गरेर । अर्जुन श्रेष्ठ एन आर एनको अझ ठूलो पदमा पुग्लान् सायद यस्तो राम्रो काम गरेबापत । सबैलाई बधाई !
(फोटो-युवराज गुरुङको फेसबुकबाट)
तलका ब्लगपनि हेर्नुस्
लौ हेर्नुस् ‘आक्रमणकारी महिला डन’ र आक्रमणको पूर्ण बिवरण
यसरि गरेका थिए आक्रमणको दुस्प्रयास (भिडियो ब्लग)
एनआरएन वेल्जियमको राजनीतिक अन्तर्रकृया र यसले उठाएका सवालहरु
एन आर एनको सदस्यतानै खारेज गरिदिने धम्की, संस्थाको वेभसाईटपनि बेचेर खाएको आरोप
बेल्जियममा झुठको पर्दाफास जारि, जंगबहादुर शैलीमा पत्रकारलाई उर्दी
एन आर एन बेल्जियमको झुठको पर्दाफास






