आफ्नै मामाघर जान नपाउने यो कस्तो कानुन ?

सुनीता रोक्का, हंगेरी

 

 women-programme-8-march-2009-071महिलाका सन्दर्भमा फर्किएर हेर्दा हंगेरीमा हाल जम्मा सात जनामात्रै नेपाली महिला हुनुहुन्छ । त्यसमध्ये एक नेपाली महिलाको तिब्बती नागरिक, एक महिलाको हंगेरियनसँग बिवाह भएको छ । एक जना महिला वातावरण विषयमा स्नातकोत्तर गर्दै हुनुहुन्छ । बाँकि महिला ग्रिहीणीकारुपमा हुनुहुन्छ । ति महिलाहरु बिवाह पश्चात पतीको बाटो पछ्याउँदै आइपुग्नु भएको हो । त्यहाँ रहेका हामी नेपाली महिलाहरुलाई हंगेरियाली भाषा र रोजगार नपाइने समस्या छ । किनभने यूरोपेली मूलुक भैकनपनि हंगेरी एक गरिब मुलुक हो । त्यहाँ रोजगारीका अवसरहरु बिरलै उपलब्ध छन्

 

तिब्बती नागरिकसँग बिवाह हुने महिलाको नयाँ बच्चा जन्मिएको छ । तर उहाँको बच्चाले आमाका नामबाट नेपाल जान पाइरहेको छैन । उहाँलाई आफ्नो बच्चा लिएर नेपाल जान मन छ । उहाँको पती तिब्बती नागरिक भएकोले नेपाल सरकारले उहाँलाई नेपाल जाने अनुमती दिँदैन । पतीकै कारणले आमाले समेत आफ्नो बच्चालाई साथमा लिएर नेपाल जान पाउनु भएको छैन । किनभने नेपालको कानुनले बिदेशीसित बिहे गरेका नेपाली महिलाका बच्चाहरुलाई राहदानी दिँदैन । जसले गर्दा बच्चाकालागि मामाघर के हो भन्ने कुरासमेत थाह नहुने भएको छ । तर घरमा बच्चाभने नेपाली संस्कारमा हुर्किरहेको छ । नेपाली भाषापनि सिकिरहेको छ । त्यसैले म यस सम्मेलनमार्फत महिला भएका कारणले स्रिजित यस्तो बिभेदकारी नागरिकता संबन्धि कानुन सरकारले हटाओस र गैह्र आवासिय नेपाली संघलेपनि यो समस्यालाई गंभिरतापूर्वक सोचोस भन्ने आग्रह गर्छु।

 

(मार्च ८ का दिन पेरिसमा आयोजना गरिएको प्रथम यूरोप स्तरिय नेपाली महिला सम्मेलनमा ब्यक्त गरिको मन्तब्यको सम्पादित अंश-नेपालप्लस डटकम)

 

 

 

(साथीहरु सबै प्रतिक्रिया हेर्दा मलाई के लाग्यो भने हामी यो लेखका बारेमा अलि स्पष्ठ भएनौं । तपाई हामीहरु अलि स्पष्ठ के कुरामा हुनुपर्‍यो भने लेख लेख्दैमा त्यो लेख्ने ब्यक्तिलाईनै परेको हो भन्ने सोच्नु भएन । सुनीताजी आफैंलाई परेको होइन । उहाँको त एकजना नेपाली चिकित्सक सँगनै बिहे भएको छ । उहाँले त खाली हंगेरीमा भएको घटना उठाइदिनु भएको हो । र हामी सबै के स्पष्ठ हुनुपर्‍यो भने हाम्रो अन्तरिम संबिधानकोपनि प्रताबनामै “महिला र पुरुष समान हुन्” भनेको छ । तर कानुनले समान गरेन । किनभने यदि नेपाली केटीले तिब्ब्ती केटा सित बिहे गर्‍यो भने त्यसबाट जन्मेको बच्चाले पासपोर्ट नपाउने तर यदि नेपाली केटाले तिब्बती केटी बिहे गर्‍यो भने चाहिँ उसबाट जन्मेको बच्चाले पासपोर्ट पाउने रहेछ । त्यहि भएर त्यहाँ बिभेद भयो भन्न खोजिएको हो । नेपाली केटीले तिब्बती केटासित बिहे गर्दा उ बाट जन्मेको बच्चाले नपाउने हो भने नेपाली केटाले तिब्बती केटीसित बिहे गर्दापनि त नपाउनु पर्ने हो नी होइन र ? लेख अलि स्पष्ठ भएन होला। तर उहाँले उठाउन खोज्नु भएको मुख्य कुरा चाहिँ यो हो। के यस्तो बिभेद हुनु ठिक हो त ?-नेपालप्लस डट कम)

तपाइँको प्रतिक्रिया