एन आर एनको सदस्यतानै खारेज गरिदिने धम्की, संस्थाको वेभसाईटपनि बेचेर खाएको आरोप
सदस्यता स्वरुप उठाएको रकम झ्वाम पार्ने । बैंकमा दाखिला नगर्ने । ठूला ठूला करोडौंका योजना बनाउने तर खाता शुन्यमा राख्ने । संस्थाको पैसो बाँडीचुँडी खर्च गर्ने । ठाउँ कुठाउँ मानिसलाई धम्काउने । संस्थागत हितका काम गर्न हैन झन डनहरु पाल्ने, उक्साउने । यसो गर्यौं र उसो गर्यौं त भन्ने तर देखिने, भेटिने र महसुस गर्न सकिने काम शुन्य । आफ्नो सोच बिपरित कसैको तर्क र भनाई आए जंगबहादुर शैलीमा कारवाहीको धमास दिने । एन आर एन बेल्जियमको अहिलेको कार्यकालका पराक्रम हुन् यी । हो, यिनै बेतिथि बिरुद्द बोल्ने, लेख्ने, स्वार्वजनिक गर्यो भने अहिले एन आर एन बेल्जियमले आफ्नै सदस्यलाई निकाला गर्ने भन्दै पत्र काट्न थालेको छ । एन आर एन बेल्जियका सदस्य तथा एन आर एन मेडिया टास्क फोर्सका सदस्यसमेत रहेका कृष्णप्रसाद रेग्मीलाई एन आर एन बेल्जियका बेथिति, गलत काम र मनपरीका बिरुद्द बोलेको, लेखेको भन्दै कारवाहीको धम्किसहितको पत्र काटिएको छ । पत्र एन आर एन बेल्जियमकि अध्यक्ष जानकि गुरुङ र महा सचिव शिव बरुवालको नाममा जारि गरिएको छ ।
हाँस्यास्पद त के छ भने रेग्मीलाई गोप्य भन्दै पठाएर एन आर एन बेल्जियमले ढाँट्दै यो पत्र अन्य ब्यक्तिलाइपनि पठाएको थियो । ईमेलबट पठाउँदा ईमेलको बाक्सामा बिसीसी भन्ने अपसनबाट पठाइएको थियो । त्यसरि बिसीसी गरेर पठाउँदा प्राप्त कर्ताले ककसलाइ पठाएको हो भनेर देखिँदैन । तर एन आर एन बेल्जियमले त्यसरि ढाँटेर पत्र पठाएका मध्ये एक अर्काबिच यो पत्रबारे चर्चा चलेपछि ढाँटेर पठाएको पत्तो पाएका हुन् । नेपालप्लसमा राखिएको यो पत्र त्यहि बिसीसी प्राप्तकर्ता मध्ये एकले नेपालप्लसलाई पठाएका हुन् । अझै बेइज्जत पूर्ण काम त उनीहरुले यहि पत्र पत्रकार महेन्द्र पौडेललाईपनि पठाएका रहेछन् । नेपालप्लसले उनीसित सम्पर्क गर्न खोज्दा हुन सकेन । तर नेपालप्लसको बेल्जियम स्रोतका अनुसार महेन्द्र पौडेललाईपनि पत्र काटिएको भनिएपनि कृष्णप्रसाद रेग्मीलाइ काटिएको पत्रनै पठाइएको छ । यस पत्रबारे पौडेलले एन आर एनको केन्द्रिय कार्यालयलाई जानकारि दिईसकेका छन् । पत्रबारे पौडेललाई सम्पर्क गर्न खोज्दा आज सम्पर्क हुन सकेन ।
तर महेन्द्र पौडेलले आफ्नो फेसबुकमा यस्तो उल्लेख गरेका छन्- एनआरएन अन्तरगतका केही देशले पारदर्शिता र संस्थालाई राम्रो मात्र होइन हाम्रो बनाउनु पर्दछ भनेर कलम चलाएका मानिसहरुलाई पत्र काट्ने, सदस्यता खारेज गर्ने जस्ता कृयाकलाप भइरहेको सुन्नमा आएको छ र पत्र काट्ने परिषदले मलाई मेरो नाममा पनि इमेल पठाएको तर एकजना दाइको पत्र एट्याच्च गरी मेरो इमेलमा हालिदिएवाट उक्त व्यक्तिले उहाँको अवमुल्यन गरेको हो वा वा त्रुटी हो वुझन् सकिएन ।’
एन आर एन बेल्जियमले कृष्णप्रसाद रेग्मीसित कुनै सल्लाहनै नगरि जंगबहादुर शैलीमा दुई दिनको समय राखेर पत्र काटेको रहेछ । ‘तुरुन्त स्पष्ठीकरण दिन आउनुस् ‘ भन्दै । रेग्मीले त्यसलाई अस्विकार गरेछन् । बरु केहि प्रश्नहरु लेखेर एन आर एन बेल्जियमलाई जवाफ दिएछन् । त्यसपछि त उनलाई तपाईको सदस्यतानै रद्द गरिदिन्छौं भन्ने धम्किसहित अर्को पत्र पठाईएछ । आफ्नो पत्रमा उनले केहि गम्भिर प्रश्नहरु उठाएका छन् । आफुलाई मन नपर्नासाथ, आलोचना गरेर लेख रचना प्रकाशित हुनासाथ बाटोघाटो डनहरु पालेर थर्काउने र जंगली शैली अपनाउने एन आर एन बेल्जियमका पदाधिकारीहरुप्रति उनले दिएको जवाफमा भनेका छन् ‘लेख्ने व्यक्तिले सहि लेख्यो या लेखेन यो छुट्टाउने र निर्यण गर्ने निकाय कार्यसमिति हुनै सक्दैन । हाम्रो अभियानमा कसैको लेख र टिप्पणीले असर पुराएको महसुस भएमा त्यसलाइ सुधार्न र प्रष्ठ पार्न संस्थाले मर्यादित र शिष्ट व्यवहार प्रदर्शन गर्नु पर्छ । एन आर एन वेल्जियमका वारेमा कसैले त्यस्तो केही लेख रचना र टिप्पणी सहि र गलत छुट्टाउने संम्वन्धित निकाय छन । कानूनी कठघरामा उभ्याउने निकायहरू छन । कानून कार्यन्वयन गर्ने निकायहरू छन । त्यता तिर नलागि नेतृत्वले विवेक गुमाउँदा त्यसका हजारौं सदस्यको मनमा चासो र चिन्ता त भै हाल्छ भन्ने हेक्का राख्नु पर्छ ।’
एन आर एन बेल्जियमका रहेका कमजोरी, सदस्यले निको नमानेका कुरा र गुनासा आफुमाथि थोरेर बच्न खोजेको भन्दै एन आर एन बेल्जियमको तिखो आलोचना गरेका छन् । उनले एन आर एन बेल्जियमका पदाधिकारीहरुनै बरु कुनै दल र झुण्डको पछाडि लागेको आरोपपनि लगाउँदै भनेका छन् ‘एनअारएन वेल्जियमसंग मेरा पनि थुप्रै गुनासाहरू छन । तपाइहरूका कृयाकलापलाइ लिएर सदस्यहरूले निको नमानिरहको अवस्था त्यसको भार कृष्णप्रसाद रेग्मीलाइ थुपार्ने जुन दुस्साहस गरिरहुन भएको छ त्यो , यो नेपाली समाज र समग्र एन आर एनकै हितमा छैन । तपाइहरू सवैलाइ ज्ञात भएकै हो म तपाइहरू जसरी एन आर एनको अभियानमा लागेर नेपालको कुनै पनि दल वा झुण्डसंग आवद्द पनि छैन र हुने पनि छैन । नेपाल र नेपाल प्रतिको मेरो आस्थामा चोट पुराउने तपाइहरूको नियत नवनोस । त्यसैले म तपाइहरू सवै कार्यसमितिका साथीहरूलाइ के अनुरोध गर्न चाहन्छु भने लहलहैमा लागेर, हचुवाका भरमा तपाइहरूलाइ लागेका कालो धव्वा कृष्णप्रसाद रेग्मीलाइ सार्ने र थोपर्ने चेष्टा नगरिदिनुहोला । यसैमा हामी सवैको कल्याण हुने छ । कथमकदाचित त्यस्तो प्रयास भएमा त्यसवाट निस्कने सवै परिणामको जिम्मेवार स्वंय यो समिति र यसका नेतृत्व हुनेछ ।’
एन आर एन बेल्जियमका पदाधिकारीहरु मध्ये केहि अझ धेरै अनियमितता र अनैतिक कार्यमा संलग्न भएकोपनि उनले दिएको स्पष्ठीकरणले बुझाउँछ । आफ्नो सदस्यता खारेज गर्ने धम्किको जवाफ दिँदै उनले भनेका छन् ‘तपाइले मेरो सदस्यता निलम्वन गराएर एन आर एन वेल्जियमको अभियान पुरा गराउनु हुन्छ भने गरिदिनुस । तर कति जनाको सदस्यता निलम्वन गराउँदै हिड्नु हुन्छ महोदय । तपाइका अन्य गैर जिम्वेवारी र अनैतिक कार्यको रेकर्ड सार्वजनिक गरिरहनु नपरोस ।’
उनले एन आर एन बेल्जियमकी अध्यक्ष जानकी गुरुङ र उनी जस्तै कुबुद्दी भएका केहि बुकुलुण्ठुकहरुले गर्दा गैह्र आवाशिय नेपाली संघको अभियानमा सकारात्मक धारण बनाउन बेल्जियमबाट नसकिएको सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गर्दै भनेका छन् ‘वेल्जियममा रहेको एनआरएन वेल्जियम की अध्यक्ष र उनी जस्तै कुवुद्दी भएका केही वुकुलुण्ठुकहरूका कारण गैरआवासीय नेपाली संघको अभियानमा वेल्जियममा रहेका नेपालीहरूको सकारात्मक धारणा वन्न र बनाउन सकिएन । सस्थाको सदस्यताको पैसा समेत हिनामिना गर्ने । सस्थाको वेवसाइट समेत वेचेर खाने यस्ता गैरजिम्मेवार नेतृत्वमा रहेको संस्था सुधारमा विभिन्न क्षेत्रमाबाट निरन्तर प्रयास भैरहेको हो। हजारैा पटक सचेत गराइएको हो । तर गधालाइ लिरिल साधुनले धोएर कहाँ गाइ बनाउन सकिँदो रहेछ । गधा गधा नै हुँदो रहेछ प्रभु । सकिएन ।
कृष्णप्रसाद रेग्मीले एन आर एन बेल्जियमलाई दिएको जवाफ हेर्नुस्
अध्यक्ष जी
NRN Belgium
एनआरएनले मेरो नाममा पठाएको सन्दर्भमा तपाइहरूले उठान चाहानु भएको विषय र प्रशंग के हो ? कुन चाहिँ विषयमा तपाइहरूले मेरो साथ र सहयोग खोज्नु भएको हो पत्रमा स्ष्ट नभएको र पत्रको समयावधी एकदमै कम (दुइ दिनको समय राखेर काटिएको पत्र) भएका कारण समय व्यस्थताका कारणवाट तपाइहरूको निर्धारित स्थान र समयको वैठकमा उपस्थित हुन नसक्ने जानकारी गराउछु । एनआरएनको मिडिया टाक्सफोर्समा वेल्जियममावाट मैले प्रतिनिधित्व गरिरहेको अवस्थामा एनआरएनका सम्वन्धमा मिडियावाजी भैरहँदा तथा एनआरएनको जिम्मेवार तहमा रहेर धैर्यता गुमाउने सम्मका कृयाकलाप गर्नुभन्दा मिडिया टाक्सफोर्सका माध्यमवाट यस्ता समस्याहरूका वैज्ञानिक समाधान गर्न लाग्नु उत्तम होला । एनआरएनको यो अभियान हाल सम्म हामीहरू मिडियाका कारण जहाँ छौं त्यो सवै मिडियाकै देन हो भन्ने हेक्का हामीले विर्सनु हुँदैन । कसैले नकारात्मक लेख र टिप्पणी गर्यो भन्दैमा समग्र एनआरएनको अभियानमा असर पर्यो भन्ने तिर नलागेर हामीले एनआरएनको यो अभियान र शाख संचय गर्न कृयाशिल भैरहेका छौं कि गुमाउनतिर तपाइहरूको कार्यसमितिले गम्भिर भएर सोचोस भन्ने चाहान्छु ।·
लेख्ने व्यक्तिले सहि लेख्यो या लेखेन यो छुट्टाउने र निर्यण गर्ने निकाय कार्यसमिति हुनै सक्दैन । हाम्रो अभियानमा कसैको लेख र टिप्पणीले असर पुराएको महुशुष भएमा त्यसलाइ सुधार्न र प्रष्ठ पार्न सस्थाले मर्यादित र शिष्ट व्यवहार प्रदर्शन गर्नु पर्छ । एनआरएन वेल्जियमका वारेमा कसैले त्यस्तो केही लेख रचना र टिप्पणी सहि र गलत छुट्टाउने संवन्धित निकाय छन । कानूनी कठघरामा उभ्याउने निकाय हरू छन । कानून कार्यन्वयन गर्ने निकायहरू छन । त्यता तिर नलागि नेतृत्वले विवेक गुमाउदा त्यसका हजारौं सदस्यको मनमा चासो र चिन्ता त भै हाल्छ भन्ने हेक्का राख्नु पर्छ ।
नेतृत्वको अविवेकशिल र अदुरदृष्टीकै कारण वेल्जियममा एनआरएन प्रति साधरणसदस्य तथा आम जनताको सोचाइमा परिवर्तन भैरहेको छ यो सोचाइमा ल्याउन अझै पनि तपाइहरूको कार्यसमितिले शसक्त पहल गरोस ।
वेल्जियमका सदस्यहरूलको अहिले पनि एउटै चाहाना छ एनआरएनले गर्ने सक्ने धेरै कामहरू छन । गर्न सक्ने काम गरेन गर्न नसक्ने र अपरिपक्क हुने कामहरूमा समय वर्वाद गर्यो र यसको कार्यकाल विना उपलव्धी गुमायो भन्ने आम भावनाको कदर गर्न ढीलै भए पनि पहल गरोस मेरो चाहाना छ ।
तपाइहरूले मलाइ पत्र काट्नु अघि एक पटक गम्भिर भएर सोचिदिनुस त यो नेतृत्व तयार गर्न मेरो कस्तो भूमिका थियो ? मेरै समेत सक्रीय सहाभागीमा निर्मित यो नेतृत्वले म प्रति उनुदार हुनु कति न्याय संगत? । राम्रो कामको जस केही भए अाफै लिन खोज्नु अनि थप वाँकी कृष्णप्रसाद रेग्मीलाइ थोपरेर चोखो वन्ने प्रयास यो समितिको नेतृत्ववाट हुनु भत्सर्ना युक्त त छदैछ र यसले वेल्जियमको यो नेपाली समाजमा एनआरएनको वाँकी वचेको छवीलाइ समेत धमिलाइदिएको छ । यता तिर यो वैठकको ध्यानाकर्षण होस ।
एनआरएन वेल्जियमसंग मेरा पनि थुप्रै गुनासाहरू छन । तपाइहरूका कृयाकलापलाइ लिएर सदस्यहरूले निको नमानिरहको अवस्था त्यसको भार कृष्णप्रसाद रेग्मीलाइ थुपार्ने जुन दुस्साहस गरिरहुन भएको छ त्यो, यो नेपाली समाज र समग्र एनआरएन कै हितमा छैन । तपाइहरू सवैलाइ ज्ञात भएकै हो म तपाइहरू जसरी एन आर एनको अभियानमा लागेर नेपालको कुनै पनि दल वा झुण्डसंग आवद्द पनि छैन र हुने पनि छैन । नेपाल र नेपाल प्रतिको मेरो अास्थामा चोट पुराउने तपाइहरूको नियत नवनोस । त्यसैले म तपाइहरू सवै कार्यसमितिका साथीहरूलाइ के अनुरोध गर्न चाहान्छु भने लहलहैमा लागेर, हचुवाका भरमा तपाइहरूलाइ लागेका कालोधव्वा कृष्णप्रसाद रेग्मीलाइ सार्ने र थोपर्ने चेष्टा नगरिदिनुहोला । यसैमा हामी सवैको कल्याण हुने छ । कथमकदाचित त्यस्तो प्रयास भएमा त्यसवाट निस्कने सवै परिणामको जिम्मेवार स्वंय यो समिति र यसका नेतृत्व हुनेछ ।
त्यसैले,
यो समाजलाइ कता तिर लैजान र कसरी समृद्री वनाउने तपाइ हाम्रै हातमा छ । एकले अर्कालाइ धारे हात लगायर कोही पनि सफल र सम्रद्री हुनै सक्दैन । वेल्जियमको हाम्रो नेपाली समाजमा एनआरएनको यो अवस्थाप्रति सचेत भएर अगाडी बढ्न बढाउन अझै पनि यो समिति सफल होस भन्ने चाहन्छु । सहमति, सहअस्तित्व र सहकार्य विना संस्था सफल पार्न सकिँदो रहेनछ भन्ने त देखियो त । अब पनि कुवुद्दी तिर लागियो भने वेल्जियमको नेपाली समाज प्रति गम्भिर अपराध हुने छ । त्यसकारण एनआरएनका विषयमा म हिजो पनि आशावादी मान्छे हो र अहिले पनि छु र भोली पनि रहिरहने छु । तर गलत कार्यशैली र गलत प्रकृयाका बिरुद्द मलाइ माफ गर्नुस तपाइहरू कसैलाइ पनि सहयोग र साथ दिन असमर्थ छु । त्यसकारण यस्ता अभियानमा सहयोगको अपेक्षा नगर्नुहोला । तर नेपाली समाजको उन्नती प्रगति तथा लक्ष हासिल गर्ने सवालमा कृष्णप्रसाद रेग्मी यसको स्थापनाकाल देखीनै निरन्तर उत्तिकै सक्रीय छ ।
तसर्थ यो वैठकमा उपस्थित हुन मेरो समया अभाव र विषय वस्तुका अज्ञानका कारण असमर्थता जनाउँदै, निकट भविष्यमा समय मिलाएर तपाइहरूसंग केही गुनासाहरू / केही सल्लाहहरू भए एक आपसमा वसेर साटासाट गर्ने नै छु ।
धन्यवाद ।
कृष्णप्रसाद रेग्मी
BORGERHOUT
0484727615
[email protected]
सामाजिक सञ्जाल फेस बुकमा ब्यक्त रेग्मीका भनाई
यसरी पठाएको पत्रको जवाफ प्रति रवैया देखाउदै अध्यक्ष महोदयले २४ मार्चमा अर्को पत्र पठाउनु भएको छ र पत्रमा भन्नु भएको ‘म तपाइलाइ सदस्यवाट निलम्वन गरिदिन्छु ।’ अध्यक्ष जीको नेपाल हाउस बनाउने र इपरमा स्तम्भ बनाउने काम पुरा भएर फुर्सद पाउनु भएको हो की के होला ? तपाइले मेरो सदस्यता निलम्वन गराएर एनआरएन वेल्जियमको अभियान पुरा गराउनु हुन्छ भने गरिदिनुस । तर कति जनाको सदस्यता निलम्वन गराउँदै हिड्नु हुन्छ महोदय । तपाइका अन्य गैर जिम्वेवारी र अनैतिक कार्यको रेकर्ड सार्वजनिक गरिरहनु नपरोस । अहिलेलाइ यति नै ।
———————————————-
वेल्जियममा रहेको एनआरएन वेल्जियम की अध्यक्ष र उनी जस्तै कुवुद्दी भएका केही वुकुलुण्ठुकहरूका कारण गैरआवासीय नेपाली संघको अभियानमा वेल्जियममा रहेका नेपालीहरूको सकारात्मक धारणा बन्न र बनाउन सकिएन । सस्थाको सदस्यताको पैसा समेत हिनामिना गर्ने । संस्थाको वेवसाइट समेत बेचेर खाने यस्ता गैरजिम्मेवार नेतृत्वमा रहेको सस्था सुधारमा विभिन्न क्षेत्रमा बाट निरन्तर प्रयास भैरहेको हो । हजारौं पटक सचेत गराइएको हो । तर गधालाइ लिरिल साधुनले धोएर कहाँ गाइ बनाउन सकिँदो रहेछ । गधा गधा नै हुँदो रहेछ प्रभु । सकिएन ।





