पोथी बास्ने देश झन सम्पन्नशाली

-शेर ब. छन्त्याल / बेलायत
DSC_0156
बेलायतमा १०३ औं अन्तररास्ट्रिय महिला दिवस ९ मार्चका दिन नेपाल आदिवासी जनजाति महिला महासंघको बिशेष आयोजनामा भब्य रुपमा सम्पन्न गरेको छ । बेलायतका प्राय सबै शहरबाट बिभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु उपस्थित  कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय महासचिव आङ काजी शेर्पा प्रमूख अतिथी रहनु भएको थियो ।
DSC_0200-1024x570
बिभिन्न संघ संस्थाका प्रमूख प्रतिनिधिहरुलाई आतिथ्य ग्रहण र खादा वितरण लगत्तै नेपाल आदिवासी जनजाति माहिला महासंघ बेलायतकी कमला थापा, केन्द्रीय महासचिव आङ काजी शेर्पा र महासंघ बेलायतका श्रीप्रशाद लिम्बुले संयुक्त रुपमा पानसमा बत्ती बालेर औपचारिक कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । उद्घाटन सँगै नेपालको राष्ट्रिय गीत र धुन बज्दा उपस्थित सबैले उठेर साथ दिएका थिए ।
DSC_0209
उपस्थित पाहुनाहरुलाई  नेपाल आदिवासी जनजाति माहिला महासंघ बेलायतकी उपाध्यक्ष बिमला राइले स्वागत गर्नु भएको थियो । प्रतिनिधि वक्ताहरुले महिला र महिलाका समस्याहरु बारे बोल्दै विभिन्न खाले हिंसाहरू निरन्तर रूपमा भोग्दै आएका बिषयहरुमा प्रस्ट पार्दै मानसिक र शारीरिक रूपमा महिला हिंसाका घटनाहरू मात्र नभएर बलात्कारको यातना सहित हत्या समेत गरेका घटनाहरू श्रृंखलाबद्ध तरिकाले सार्वजनिक भईरहेका बिषयहरुमा समेत व्यापक चर्चा गरेका थिए । बक्ताहरुले बोल्ने क्रममा नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्षले महिला माथि गरिने सबैखाले शोषण, दमन र दुर्व्यबहार विरुद्धको हरेक कृयाकलाप र आवाजहरुमा पूर्ण साथ र समर्थन रहने प्रतिबद्धता जाहेर गर्नु भएको थियो ।

DSC_0129
कार्यक्रमका प्रमूख बक्ता आङ काजी शेर्पाले “तपाईंहरु पोथी बासे अलछिना लाग्छ, अशुभ हुन्छ । जहाँ पोथी बासेको सुन्नै नचाहने मुलुक छोडेर रोजगारी र अवसरको खोजी गर्दै ‘पोथी बासे देश सम्पन्नशाली बन्छ’ भन्ने देशमा हुनुहुन्छ । जुन देशमा महारानी एलिजावेथ र मार्गरेट थ्याचर जस्ता महिलाहरुले मुलुक हाँकेका छन । देशलाई विश्वको सामू नमुना बनाएका छन । यहाँ हरेक लिङ्ग, जातजाति र वर्गको सम्मान गरिन्छ । हिन्दू धर्मले महिला वर्गलाई गर्ने लैंगिक असमानता र राजनीतिक रुपमा गरिने भेदभाव केवल बाहुनहरुले कब्जा जमाएको शासनमा मात्र हुन्छ । त्यसैले तपाईंहरु सबैले यहाँको उदाहरण बाट शिक्षा लिएर देशको मुहार फेर्न शसक्त रुपमा प्रस्तुत हुनुपर्दछ । अन्यथा जातजाति, धर्म र लिंङको आधारमा सधैं शोषण दमनको शिकार हुनु पर्नेछ ” भन्दै महिलाहरु जाग्नु पर्ने विचार ब्यक्त गर्नु भएको थियो । साथै नेपालमा प्रयोग गरिने उखानहरु ‘नहुनु भन्दा कानो मामा मात्र होइन अब नहुनु मामामाइजु भन्दा काना मामामाइजु’ हुनुपर्दछ भन्दै गर्दा हलमा उपस्थिहरुले ताली बजाएका थिए ।
DSC_0145
कार्यक्रमको अन्तमा कमला थापाले आज हाम्रो दिवस हो तर हामी खुशी हुनुपर्ने दिन होइन किनकी देशमा महिला प्रति गरिने विभेदहरु बिभिन्न नाममा जस्तात्यस्तै विध्यमान छ । त्यसले हामी महिलाहरुले आफ्नो अधिकारको लागि आँफै सचेत र एकजुट भएर संघर्ष गर्नु आजको आवश्यकअता हो भन्दै उपस्थित सबैलाई धन्यवाद दिएर  पहिलो चरणको कार्यक्रम समापन गर्नु भएको थियो ।
DSC_0190
दोस्रो चरणमा ‘नेपालको वर्तमान राजनैतीक अवस्था र बेलायातवासी जनजातिको भूमिका’ बिषयक अन्तरकृया कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ, बेलायतले आयोजना गरेको थियो । नेपालको राजनीतिक अवस्थाका बारेमा सोधिएका प्रश्नमा संघीय समाजवादी पार्टीका केन्द्रीय सदस्य आङ काजी शेर्पाले जवाफ दिनु भएको थियो । अन्तरकृया कार्यक्रममा बेलायत छन्त्याल संघका तर्फ बाट क प्रशाद छन्त्यालले निकै सटिक र बिषयबस्तु संग सम्बन्धित रहेर प्रश्न गर्नु भएको थियो भने बेलायतमा रहेका सबै संघसंस्थाका प्रतिनिधिहरुले आ- आफ्ना जिज्ञाशा राखेका थिए । कार्यक्रमको राम्रो पक्ष उपस्थित सबैले अन्त सम्म अनुशासित भएर साथ दिएका थिए । कार्यक्रम संचालन र प्रस्तुतीमा महासंघकी महासचिव बिमला सुब्बाको  सबलता उत्तिकै झल्किएको थियो ।

तपाइँको प्रतिक्रिया