बढ्दो तापक्रम, ताप्केको भ्यागुतो, हाम्रो नियति

-ददिराम सापकोटा-
बेस्सरि पानी तातेको ताप्केमा एउटा भ्यागुता राखिदिँदा के गर्ला
? सहन नसकेर छ्ट्पटिन्छ। तत्कालै उफ्रीएर भाग्ने कोसिस गर्छ। तर चिसो पानीको ताप्केमा भ्यागुता राखिदिएर मन्द आगोमाथी ताप्के बसालिदिनुस् त के गर्ला उ ताप्केमै बसिरहन्छ। किनकि मन्द गतीमा ताप्के तात्दै जाँदा उसको शरिरले सहँदै जान्छ। शरिर तातोले बिस्तारै गलाउदै जान्छ। अन्तत: हलचल गर्नै नसक्ने भएर ताप्केभित्रै मर्छ। ब्रह्मान्डमा बढ्दै गएको अप्राकृतिक तापक्रम बृद्दिले मानव जीवनमाथि हुने क्षतीकाबारेमा छलफल प्रशस्तै हुने गरेका छन। तर जीवजन्तुमाथी पर्ने असरका बारेमा चाहिं उती चर्चा भएको पाईन्न। ब्रह्माण्डमा बढ्दै गएको अप्राकृतिक तापक्रम बृद्दिलेगर्दा पृथ्वीका जीवजन्तु लगायत हामी मानवलेपनि त्यहि ताप्केको भ्यागुताको नियति भोग्दै छौं।


वायुमण्डलमा बढ्दो तापक्रम बृद्दिबाट उत्पन्न मौसम परिवर्तनले जीवजन्तुमा कती असर पर्छ भन्ने बिश्वका अन्य मुलुकमा भएका अध्ययनलाई हेर्दापनि थुप्रै जानकारी मिल्छन। रसियाको उत्तर पश्चिम भागमा सन २००५ को जनावरीको दोस्रो साता
  तापक्रम बढ्नाले सेन्ट्स्पीटर्सवर्गस्थित चिडियाखानाका काला भालु शितनिन्द्राबाट ब्युँझिए। खैरा भालुचाहिँ शितनिन्द्रामा गएकै थिएनन। त्यतिबेला यो क्षेत्रमा अघिल्ला वर्षहरुमा भन्दा सात डिग्रीले तापक्रम बढेको थियो। त्यतिबेला झाडि सुँगुर (हेज हग) पनि शितनिन्द्राबाट ब्युँझिएका थिए। जनावरी महिनामा प्राय: त्यहाँको तापक्रम शुन्य दशमलवबाट पनि ओरालो लाग्ने गर्थ्यो।   त्यसो त हाम्रा हिमाली क्षेत्रमा तापक्रम बृद्दिले हिमनदी र हिमालहरु पग्लिने गरेका छन। तर वन्यजन्तुमाथि परेको असरचाहीँ बिरलै आउने गर्छ। यसबारे गहिरा अध्ययन त भएका छैनन तर वन्यजन्तुले चाहिँ प्रत्यक्ष प्रतिकृया देखाइरहेका छन। यसको प्रत्यक्ष उदाहरण हो बर्दिया राष्ट्रीय निकुन्ज। डेढ महिनादेखि चढेको तिब्र गर्मि र तातो हावाले पानीको अभावमा यो क्षेत्रमा एक दर्जन भन्दाबढि बाँदर र चित्तल मरेका थिए गत बर्षको असारको पहिलो साता। गर्मि धेरै बढ्नाले पानीको मुहान सुकेपछि जनावरहरु पानीको खोजि गर्दै गुलरिया र अन्य वस्तितिर पानी खोज्दै आएको भेटिएको थियो।संयुक्त राष्ट्र संघ, विश्व वन्यजन्तु कोष, वेटल्याण्ड इन्टरनेशनल , विश्व संरक्षण संस्था (आइयुसिएन) लगायतका संस्थाको संयुक्त प्रयासमा बैज्ञानिकहरुले पृथ्वीको भूगोलको २० प्रतिशत भूभागमा प्रकृतिमाथी मौसम परिवर्तनको प्रभावबारे अध्ययन गरेका थिए। यो अध्ययनबाट १५ देखि ३७ प्रतिशत जीवजन्तुका प्रजातीहरु आगामी २०५० सम्ममा लोप हुनसक्ने पत्ता लाग्यो। एक हजार एक सय तिन प्रजातीका बिरुवा, स्तनधारी , चरा , सरिसृप, उभयचर, पूतली र अन्य मेरुदण्ड नभएका जीवहरु अन्यत्र बसाइ सर्छन भन्ने पनि पत्तो लाग्यो। यो अध्ययन टोलीका एक बेलायतको लिड विश्वविध्यालयका प्राध्यापक क्रीस थोमसका अनुसार यदि ब्रमाण्डको तापक्रमका कारण मौसम बदलीको असर अहिलेकै गतीमा अगाडि गए १० लाख प्रजाती लोप हुने खतरामा छन। त्यसो त रिसोर्सेस हिमालयकै एक रिपोर्ट अनुसार हाम्रै हिमाली भागका हिमचितुवामा पनि मौसम परिवर्तनको असर परेको छ।सन् २००३ मा बैज्ञानिकहरुले एक हजार ५ सय प्रजातीका जीवको परिक्षण गरेका थिए। त्यतिबेला उनीहरुले एक हजार २ सयमा तापसंग सम्बन्धित परिवर्तन देखा परेको पत्ता लगाएका थिए। त्यो परिवर्तन ब्रमाण्डमा बृद्दि हुदै गएको तापसंग सम्बन्धित थियो। अमेरिकाको स्टानफर्ड विश्वविध्यालयकी जीव बैज्ञानिक एलिजावेथ हाड्लीले मौसम परिवर्तनले जीवजन्तुमा पार्ने असरबारे थुप्रै अनुसन्धान गरेकी छन। उनका अनुसार ब्रमाण्डमा बृद्दि हुदै गएको तापको असरले गर्दा वंशाणुगत बिबिधतालाइ घटाउन सक्छ। बढ्दो तापक्रमले गर्दा एक अर्कासंग सबन्धित भएर बसेका प्राणीको संख्या मध्ये धेरै मर्न सक्छन्। उनको भनाईमा वंशाणुगत विविधता भएका प्राणीहरु छरिएर रहदा तिनमा बंशको घुलमिल हुन नपाउनाले रोगबाट बढि ग्रसित हुन थाल्छन।तापक्रम हेरफेर हुनासाथ विरुवाको फूल फूल्ने समय

, प्राणीहरुले फुल पार्ने समय र बसाईसराई सर्ने समयमा पनि फेरबदल हुन्छ। जैवीक परिवृत्ती प्रणाली (ईकोसिस्टम ) भनेको एउटा जालो हो। हरेक जीव प्रकृतिको कुनै न कुनै जालोमा बाँधिएका हुन्छन। त्यसैले तापक्रम बृद्दि हुदै जादा तापक्रममा भरनपर्ने, प्रकाशको मतलव नहुने जीवपनि प्रभावीत हुन्छन। किनकी यस्ता जीव अर्को कुनै जीवसंग संबन्धित हुन्छन जसलेगर्दा अर्को जीव मार्फत् असर पर्छ। उदाहरण बाघ र चितुवालाई दिन सकिन्छ। आहारा पचाउनकालागि यदाकदा खाएपनि यी जनावर घाँसमै चाहिँ भर पर्दैनन्। तर घाँसेफाँट मासिए यीनलाईपनि असर पर्छ। किनकी यीनका प्रमुख आहारा चित्तल र मृगको मुख्य खानानै घाँस हो।त्यस्तै, ब्रमाण्डको तापले पानी तताउँछ। यस्तो पानीको गूणमा परिवर्तन आएपछि जलचरमा असर पर्छ। मौसमको हेरफेरले ल्याउने परिवर्तनसंग शरिर अनुकुल पार्न नसकेपछि सधै चिस्यान , धापमा बस्ने भ्यागुता, अजिङ्गर जस्ता जीवहरु मर्न सक्छन। यदि बढ्दो तापक्रमले धाप र चिस्यान सुके भने विश्वकै महत्वपूर्ण सिमसार क्षेत्रका रुपमा रहेको हाम्रै कोशीटप्पूबाटपनि धेरै जीव लोप हुन सक्छन्। रैथाने र आदिवासी वनस्पती तथा जीवमा तापले गर्दा झन ठूलो असर पर्न सक्छ। किनकी यिनका आहाराको छ्नौट र वासस्थानको सिमा स्थानान्तरित हुने जीवका तुलनामा थोरै हुन्छन। त्यसैले, धेरै जीव परिवर्तित मौसम सहन नसकेर मर्छन्। खडेरिको कारणले पाहा र भ्यागूताहरुमा बढि रोग लाग्ने र शरिर पाक्ने सम्भावना बढि हुने औंल्याउछन बैज्ञानिक । यहि कारणले गर्दा कोस्टारिकाबाट गोल्डेन टोड भनिने पाहा हराएको तथ्य हाम्रालागिपनि शिक्षा हुन सक्छ।बैज्ञानिक सम्बन्धि प्रसिद्ध पत्रीका द नेचर मा सन् २००१ मा प्रकाशित एक रिपोर्ट अनुसार ब्रमाण्डमा बृद्दि भएको तापले गर्दा तालमा घामको किरण बढि पर्नाले पानी तात्छ। यसले गर्दा बि नामको बैजनी किरण (अल्ट्रा भायोलेट-बी) बढि उत्पन्न हुन्छ। यो किरण बढि भएपछि फुलबाट पाहा बन्ने अवधिमा बढि तातो हुन्छ। त्यसले भ्रुणहरुलाई बढि मर्मावस्था(भल्नरेबल  ) मा पुर्‍याउँछ। तापक्रम बृद्दि हुदै जाँदा खोला र ताल तलैयाहरुमा पानीको तापक्रम बढेपछि चिसो पानीमा बस्ने माछा र जीव मासिन्छन। चिसो पानीका जीव तुलनात्मकरुपमा बढि सम्बेदनशिल हुन्छन।त्यतिमात्रै कहा हो ररु तापक्रम बृद्दि भएपछि हिमाली क्षेत्रको हिउँ ढिलो जम्ने र छिटो पग्लने गर्छ। यसलेगर्दा हिमाली भालु लगायत शितनिँद्रामा जाने जीवहरुलको बोसो सन्चित गर्ने समय घट्छ जाडोयाममा। जाडोयाम छोटिने हुदा छोटो अवधिमा जम्मा पारेको बोसोले लामो समय थेग्नुपर्ने हुन्छ। तापक्रम बृद्दिले पारेको असरबारे हाम्रा हिमाली भालुमा अध्ययन भएको तथ्यांक त फेला पर्दैन। तर पश्चिमी आर्कटिक क्षेत्रको हड्सन खाडीका भालुहरुको सन्तान उत्पादन र तौलमा १० प्रतिशतले घटेको छ। यहि तथ्यलाई हेर्दापनि हाम्रा हिमाली भालु, वन बिराला र हिमचितुवामा कुनै न कुनै असर परेको अनुमान लगाउन मुश्किल पर्दैन। आइयुसिएनको अध्ययनले आगामी ३५ देखि ५० बर्षमा पोलार भालुको सङ्ख्या ३० प्रतिशतले घट्ने देखाएको छ। प्रवृत्ति अलि फरक ढङ्गको भएपनि आखिर हाम्रा हिमालपनि पग्लिएकै छन। हाम्रा हिमाली जीवजन्तुमा चाहि के असर परेको नहोला त ? हिमाल पग्लनुको खतरा जीवजन्तुमाथि त्यतिमै सिमित छैन। माथिल्लो हिमाली भागको हिउ पग्लिन थालेपछि तल्लो हिमाली भागमा बस्नेहरु माथि सर्दै जान्छन तल्लो भागको हिउँ झन पग्लिने हुनाले। यसलेगर्दा सिमित वासस्थानमा चाप थपिनाले एक आपसमा द्वन्द बढाउछ। द्वन्दमा हार्नेको सङ्ख्या घट्ने

, स्वास्थ्यमा असर पर्ने वा लोप हुने पनि हुन सक्छन। हिमालको तल्लो भागको हिउ पग्लिएपछि त्यहाका जीव र वनस्पती त अली माथी सर्लान तर हिम रेखाका त्यो भन्दा माथी कहाँ जाने ? तिनको त बिकल्पनै हुँदैन।अमेरिकी भौगर्भिक सर्वेक्षेण जैवीकस्रोत शाखाका माइकल ए बोगनका अनुसार मौसम परिवर्तनलेगर्दा ट्री स्वालो भनिने रुखका टोड्कामा बस्ने गौथलीको बसाइसराइ र प्रजननमा असर परेको छ। यो नेपालमा पनि पाइने चरा हो। यसको प्रजनन् समय बितेको केहि बर्षदेखि ५ देखि ९ दिन अगाडिनै हुने गरेको पाइएको छ। कारण स्पष्ठ छ- फुल तात्न बिश्चित तरिकाको तापक्रम चाहिन्छ। ताप धेरै भएपछि फुल छितो तात्छ। फुल तातेपछि बचेरापनि छितो निस्कन्छन फुलबाट। त्यसो त , तापक्रमले किराको उपलब्धतालाईपनि प्रभाव पार्छ। ताप धेरै भएपछि लार्भा छिटो हुर्किएर किरा हुन्छन्। किरा छिटो हुर्किएपछि चरालेपनि आहाराको उपलब्धता हेरेर प्रजनन्कालागि हतारिनु पर्छ। नत्र बचेरालाइ के खुवाउने रु बसाइ सर्नेहरुपनि त्यस्तो ठाउँमा छिटो पुगेर छिटै फर्किनुपर्ने हुन्छ।यसरी चरानै बसाइ सरिदिएपछि वननै सखाप हुन बेर लाग्दैन। किनकी थुप्रै विरुवा किराको आक्रमणबाट छिटो प्रभावित हुने खाले हुन्छन। ति किराका नियन्त्रक चरा हुन। मौसम बदलीको कारणले चरा अन्तै सरिदिएभने किराले विरुवा सखाप पार्छ। परिणामतस् धेरै वन सुक्छ। वन जति सुक्यो गर्मियाममा उति डढेलो लाग्छ। डढेलोले साना वोटविरुवा र जीवजन्तु डढाउने त छँदै छ , वनको प्राकृतिक ढाँचानै बदलिन्छ। यस्तो डढेलोले गर्दा झन ताप निस्कन्छ। पृथ्वी झन बढी तात्छ।जल तथा मौसम बिज्ञान विभागका अनुसार नेपालमा वर्षेनी शुन्य दशमलव सुन्य छ डिग्रीका दरले तापक्रम बढिरहेको छ। हिमाली सिमानामा त झन त्यसको दोब्बरका दरले बढिरहेको छ। यसबाट हाम्रा कुन कुन क्षेत्रका कुन कुन र कति जीवलाई कस्तो प्रभाव पर्छ भन्ने सामान्य जानकारीसमेत हालसम्म छैन। सम्युक्त राष्ट्र सङ्घिय वातावरणीय कार्यक्रम (युनेप) कै अध्ययनले पनि नेपालका २६ हिमताल फुटे भने हाम्रो हिमाली क्षेत्रको वन्यजीवनमा कस्तो असर पर्लारु संयुक्त राष्ट्र संघीय वातावरणीय कार्यक्रम (युनेप) का प्रमुख डा. क्लाउस टोफर भन्छन  – यदि पृथ्वीका १० लाख प्रजाती लोप भएमा दुख पाउने बोटविरुवा , वनस्पती , वन्यजन्तु र पृथ्वीको सुन्दरता मात्रै पर्दैन कि हामी करोडौ मानिसपनि पर्छौ।

तपाइँको प्रतिक्रिया