के के भयो प्रथम यूरोपस्तरिय महिला सम्मेलनमा ?

०९ मार्च पेरिस

 

 

women-programme-8-march-2009-156

 

(सम्मेलनलाई सम्बोधन गर्दै डा उपेन्द्र महतो र त्यसपछि मञ्चमा प्रथम एनआरएन केन्द्रिय अध्यक्षका नयाँ उम्मेदवार रामप्रताप थापा,एनआरएन यूरोप महिला प्रतिनिधी उषा शर्मा र जानकी गुरुङ लगायत सहभागीहरु)

 

 

यूरोपमा रहेका महिलाहरुले नेपालमा रहेका महिलाहरुकालागि साना तथा शिपमुलक व्यवसायहरुमा लगानी गरि जीवनस्तर उठाउन मद्दत गर्ने लगायतका बिभिन्न प्रस्ताबहरु पारित गर्दै पेरिसमा आयोजित प्रथम यूरोपेली नेपाली महिला सम्मेलन सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय महिला दीवसका दिन एनआरएन फ्रान्सद्वारा आयोजित यस सम्मेलनमा यूरोपमा छरिएर रहेका नेपाली महिलाहरुका ज्ञान, शिप र क्षमतालाई देशको हितमा प्रयोग गर्नकालागि तिनलाई अझ सँगठित गर्ने प्रस्ताब पनि पारित गरेको छ । 

 

 

अन्तरिम सँबिधान २०६३ को प्रस्ताबनमा लिँगका आधारमा नारी र पुरुष बिच कुनैपनि बिभेद नहुने उल्लेख गरिएपनि बिदेशमा रहेका नेपाली आमाका छोराछोरीहरुले पासपोर्ट पाउन नसकेको उल्लेख गर्दै सम्मेलनले आमाका नामबाट पासपोर्ट तथा नागरिकता पाउनुपर्ने बिशेष व्यवस्था तुरुन्त गर्न सरकारसँग माग गरेको छ । यसले गर्दा कयौँ नेपाली बच्चाहरु मामाघर जान नपाएको र आमाले बिदेशमा कमाएको धन नेपाल पठाउन तथा नेपालमै सम्पत्ती सँचित गर्न नसकेको कुरा सरकारलाई पुन अबगत गराउने प्रस्ताबपनि सम्मेलनले पारित गरेको छ ।

   

नेपालमा लेखिन लागेको नया सँबिधानमा यूरोपबाट महत्वपूर्ण सुझाबहरु पठाइने निर्णयगर्दै सम्मेलनले भाषा र तालिम सिकेर मात्र बिदेश जान नेपाली महिलाहरुलाई प्रोत्साहन गर्न र अदक्ष कामदारका रुपमा बिदेशिन आँटेका नेपाली महिलाहरुलाई स्वेदेशमै रोक्न र जथाभावी बिदेश नपठाउन सरकारसँग मागपनि गरेको छ । यसैगरी सम्मेलनमा आगामी सँबिधानमा लेखिनुपर्ने बिषयहरुमा समूहगत छलफल गरि आमाका नामबाट नागरिकता पाउनु पर्ने बिषयलाई जोडदार रुपमा उठाएको छ ।

 

women-programme-8-march-2009-042

(देब्रेबाट सुनीता रोक्का (हंगेरी),  जानकी गुरुङ (बेल्जियम), शोभा मैनाली (फ्रान्स), शुशिला थापा मगर (अष्ट्रिया), स्विजरल्याण्डकि (?), डा समता प्रसाद महतो (रसिया), मैयाँ कटुवाल (फ्रान्स), उषा शर्मा (जर्मनी), निता श्रेष्ठ (फ्रान्स), रजनी श्रेष्ठ (बेल्जियम) र दिपा रायमाझी (जर्मनी)
 

 

सम्मेलनमा फ्रान्स, जर्मनी, बेल्जियम, अष्ट्रिया, स्विजरल्यान्ड, हँगेरी, रसिया, लक्जम्वर्ग र नेदरल्यान्डका महिला प्रतिनिधीहरुको सहभागिता रहेको थियो । रसियाबाट आउनु भएका महिला प्रतिनिधी डा. समता प्रसादले रसियामा नेपाली महिलाहरुको साझा सँगठन नारी निकुन्जले भाषा र सँस्कृति सँरक्षणका लागि बिबिध कामहरु गरिरहेको जानकारी दिँदै बिदेशमा सँस्कृति र भाषा जोगाउने काममा नेपाली महिलाहरुले अग्रणी भुमिका निर्वाह गर्न सक्ने जानकारी गराउनुभयो ।

 

चार चरणमा बिभाजित यस कार्यक्रमको अन्तिम चरणको अध्यक्षता गर्दै कार्यक्रमका प्रमुख अतिथि डा उपेन्द्र महतोले सरकारले बिदेशमा रहेका नेपालीहरुलाई दोहोरो नागरिकताको व्यवस्था तत्काल गर्न र आमाको नामबाट समेत छोराछोरीहरुले नागरिकता तथा पासपोर्ट पाउने बिशेषधिकारको व्यवस्था आगामी सँबिधान भन्दा पहिलानै गर्न सरकारसँग माग गर्नुभयो । उहाँले बिदेशमा छरिएर रहेका नेपाली महिलाहरुले स्वदेशमा रहेका महिलाहरुलाई व्यवसायिक कृयाकलापहरुमा सहभागि गराउन आर्थिक मद्दत पुर्याउन सक्ने उल्लेख गर्दै यो पुस्ताका महिलाहरुले आफ्ना छोराछोरीहरुलाई व्यवसायिक कृयाकलापमा सहभागि गराउन उत्प्रेरणा दिनकालागि आग्रह गर्नुभयो ।

 

women-programme-8-march-2009-065

 

एनआरएनको आगामी नेत्रित्व कस्तो आउने भन्ने चर्चा र बहस चलिरहेका बेला अध्यक्ष महतोले एनआरएनको आगामी नेत्रित्व झन सबल रसक्षम हुने बताउनुभयो । सारा विश्वभरि छरिएर रहेका नेपालीहरुका साझा पहिचान, छलफल, बहस, साझेदारी र सांगठनिक हितकालागि गठन भएको यस संस्थामा थुप्रै साथीहरु यो संस्थालाई हाँकेर नेत्रित्व लिन सक्षम रहेको उहाँले स्पष्ठ पार्नु भएको थियो ।

 

संस्थालाई अगाडि बढाउन दुई खाले बिचारका मानिसलाई हतोत्साहित गर्नुपर्ने तर्क राख्दै उहाँले भन्नु भयो ” एउटा फुर्सद भएको मान्छे र अर्को खाली राजनितिक स्वार्थ मात्रै भएको ब्यक्ति। फुर्सद भएको ब्यक्ति यस्तो संस्थामा आएमा उसले नकारात्मक कुरा मात्रै सोचेर संगठनलाई ध्वस्त बनाउने र राजनितिक स्वार्थ भएको ब्यक्ति आएमा उसले आफ्नो राजनितिक स्वार्थ मात्रै पुरागर्न लाग्ने हुनाले त्यस्ता ब्यक्तिहरुलाई निरुत्साहित गर्न आग्रह गर्नुभयो । उहाँले भन्नु भयो-राजनिति गर्नुस वा जे सुकै तर यो संस्थामा पस्दा त्यो राजनितिक टोपीलाई ढोका बाहिरै फुकालेर भित्र पस्नुहोस । त्यति भयो भने यो संस्था कसैले डगमगाउन सक्दैन” ।

 

केहि नबुझ्ने मानिसहरुले एनआरएनले राष्ट्रलाई दिनुभन्दा खाली राष्ट्रसँग बिभिन्न मागहरु राखिरहेको भन्ने आरोप निराधार रहेको स्पष्ठ पार्दै अध्यक्ष महतोले भन्नु भयो “हामीले के माग्यौं राष्ट्र सँग ? केहि मागेका छैनौं । हामीले त हामी नेपालीहरुलाई बिदेशमा रहेकै आधारमा भेदभाव नगरियोस । हाम्रो नेपालप्रतिको माया,सद्भाव, प्रेम र नेपाली मनलाई जबर्जस्त बिदेशी भनेर बिभेद नगरियोस, हामीलाई नेपालीनै हुन दिईयोस मात्रै भनेका हौं । हामी नेपाली हौं, नेपाललाई केहि गरेर नेपाली भएरै रहन चाहन्छौं, नेपालको दुख सुखमा साथ दिन चाहन्छौं मात्रै भनेका छौं” । नेपाली ब्यवसायी लगायत अन्य नेपालीहरुलाई बिदेशमा नेपाली स्थापित, सक्षम, सबल र सम्मानित हुनका लागि सानै तहको भएपनि सामूहिक लगानीमा ब्यवसाय गर्न हौसला दिनु भएको थियो ।

 

women-programme-8-march-2009-069

 (पहिलो लाईनमा अगाडिबाट दोस्रोमा डा उपेन्द्र महतो र दोस्रो लाईनमा पछाडिबाट प्रथम जानकि गुरुङ लगायतका सहभागिहरु संबिधान मा महिला सुझावका बुँदाहरुमा चिन्तनमनन् गर्दै)

 

यसैगरी उपाध्यक्ष राम प्रताप थापाले यसै सम्मेलनमा काठमाडौमा अक्टोबर महिनामा हुन लागेको एनआरएनएको बिश्व सम्मेलनका लागि अध्यक्ष पदको उम्मेद्वारी दिने घोषणागर्दै आगामी दिनमा अध्यक्ष डा महतो र साथिहरुद्वारा स्थापित यो सँस्थालाई अगाडि बढाउन आँफू सक्षम रहेको दावी गर्नु भयो । त्यसकालागि सबैसँग सहयोगको उहाँले अपिल गर्नुभएको थियो ।

 

women-programme-8-march-2009-050

 

(नयाँ संबिधानमा महिलाका हक र अधिकारलाई सुनिश्चित गर्न के के बुँदाहरु संलग्न हुनुपर्छ भन्ने सुझाव संकलनमा बच्चा च्यापेरैपनि सहभागि थिए महिलाहरु)


एनआरएनको स्थापना, त्यसको कानुनी लडाई, बिस्तार र नीति निर्माणमा प्रमुख भूमिका खेलेका केहि प्रसंग भावनात्मक रुपमा अगाडि सार्दै उहाँले आफ्नो उम्मेदवारी घोषणा गर्दा सबैले स्वागत गरेका थिए । एनआरएनको स्थापना, बिस्तार, यसको नीति निर्माणको प्रमुख मार्ग निर्देशक हालका अध्यक्ष डा उपेन्द्र महतो रहेको र आफु फेरिपनि उहाँकै अध्यक्षताको पक्षमा रहेतापनि तिन पटकभन्दा बढि अध्यक्ष हुन संस्थाको बिधानले बन्देज गरेको र डा महतोपनि नेत्रित्व परिवर्तनको पक्षमा रहेकाले आफुले सो पदमा उम्मेदवारी घोषणा गरेको बताउनुभयो । एनआरएनले कोरेका बिभिन्न योजना र कार्यहरुलाई गन्तब्यसम्म पुर्‍याएर सफल बनाउन आफुले सबै साथीहरुसँग छलफल, सुझाव, सल्लाह र सहयोगको अपेक्षा गरेकोपनि थापाले बताउनुभयो । 

 

women-programme-8-march-2009-064

 

(के के राख्ने होला ? संबिधानमा महिलाका हक र अधिकार सुनिश्चित गर्न कुन कुन बुँदा राख्नुपर्ला भनेर टिपोट गर्ने क्रममा दाहिनेबाट दोस्रो मा कार्यवाहक राजदूत जिवनप्रकाश श्रेष्ठ ध्यानमग्न मुद्रामा। साथमा अन्य सहभागिहरु)


कार्यक्रममा पेरिसमा रहेका नेपाली महिलाहरु अबसर र चुनौतिहरु भन्ने शिर्षकको कार्यपत्र शोभा मैनाली द्वारा प्रस्तुत भएको थियो गैह्र आवासिय नेपाली सँघका अन्तराष्ट्रिय महिला प्रतिनिधि उषा शर्मा र अन्य महिला प्रतिनिधिहरु दीपा रायमाझी (जर्मनी), बिजया भट्ट (स्विजरल्यान्ड), एनआरएन यूरोप महिला सहसंयोजक जानकी गुरुङ, रजनी श्रेष्ठ, अनुजा प्रधान र शुष्मा भुषाल (बेल्जियम), शुसिला रानामगर (अष्ट्रिया), लक्जम्वर्गबाट दीपेन बस्नेत तथा नेदरल्यान्डबाट इन्दिरा लामाले आआफ्ना रिपोर्टहरु प्रस्तुत गर्नुभएको थियो ।

 

 

एनसीसी फ्रान्सका उपाध्यक्ष जीता कटुवालद्वारा अध्यक्षता गरिएको यस कार्यक्रमको उद्घाटन प्रमुख अतिथि डा महतो, नेपाली दुतावास पेरिसका कार्यवहाक राजदूत जीवन प्रकाश श्रेष्ठ, गैह्र आवासिय नेपाली सँघका महिला प्रतिनिधि उषा शर्मा र फ्रान्सबाट जगदम्बा अमात्यले गर्नुभएको थियो ।

 

तपाइँको प्रतिक्रिया