यूरोप भरिका नेपाली नारीको यस्तो थियो पेरिसमा जमघट

हिजो मार्च ८ । अन्तर्राष्ट्रिय महिला दिवस। एनआरएन फ्रान्सले पहिलो यूरोप स्तरिय महिला भेला गर्‍यो पेरिसमा । कार्यक्रम भब्य रुपमा सम्पन्न भयो भन्ने आम मानिसहरुको धारणा पाईयो । कार्यक्रम उद्घाटन एनआरएन फ्रान्सको तर्फबाट पेरिस निवासी जगदम्बा अमात्य,एनआरएन केन्द्रिय अध्यक्ष डा उपेन्द्र महतो, एनआरएन अन्तर्राष्ट्रिय महिला प्रतिनिधी उषा शर्मा र फ्रान्सकालागि कार्यबाहक राजदूत जिवनप्रकाश श्रेष्ठले पानसमा बत्ती बालेर गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन अनुराधा पौडेलले गर्नुभएको हो । म अहिले सर्सर्ति एउटा फोटो फिचर राख्छु कार्यक्रमको । करिब १०० भन्दा बढि तस्बिर छन् । सकेसम्म ति सबै तस्बिर भोलिसम्ममा राखिदिने बिचार छ । कार्यक्रमको अलि ब्रिहद खाले समाचारपनि राख्ने छु । अनि सबै कार्यपत्र र स्तरिय मन्तब्यलाई मैले कम्तिमा हप्तामा एउटाका दरले नेपालप्लसमापनि राख्ने छु । अहिलेचाहिँ हेर्नुस फोटोफिचर ।

 

women-programme-8-march-2009-041

 

(अन्तर्राष्ट्रिय नारी दिवस, मञ्चमापनि यूरोपका बिभिन्न मूलुकबाट प्रतिनिधित्व गरेका नारीहरुमात्रै । देब्रेबाट सुनीता रोक्का (हंगेरी), जानकी गुरुङ (बेल्जियम), शोभा मैनाली (फ्रान्स), शुशिला थापा मगर (अष्ट्रिया), बिजया भट्ट (स्विजरल्याण्डकि), डा समता प्रसाद महतो (रसिया), मैयाँ कटुवाल (फ्रान्स), उषा शर्मा (जर्मनी), निता श्रेष्ठ (फ्रान्स), रजनी श्रेष्ठ (बेल्जियम) र दिपा रायमाझी)।)

women-programme-8-march-2009-015

 

(पानसमा दिप बालेर कार्यक्रमको उद्घाटन गर्दै देब्रेबाट क्रमश: जिवन प्रकाश श्रेष्ठ, महिला समिती यूरोप संयोजक उषा शर्मा, एनआरएन फ्रान्सको पेरिसको प्रतिनिधित्व गर्दै जगदम्बा अमात्य र एनआरएन केन्द्रिय अध्यक्ष डा उपेन्द्र महतो) ।

women-programme-8-march-2009-099

 

(दर्शक दिर्घामापनि अघिल्लो पक्तिबाट चनाखोपूर्वक हेरिरहेका नारी र अन्य सहभागीहरु)

 

women-programme-8-march-2009-222

(कार्यक्रमको अन्त्यतिर संयुक्त तस्बिर खिचाउँदै नारीहरु)

 

women-programme-8-march-2009-238

(सम्मेलनमा कार्यपत्रहरु प्रस्तुत भैसकेपछि कार्यपत्रका मूलभुत विषयहरुलाई समायोजनगरि संयुक्त प्रस्ताब पारिद गर्न तत्कालै बैठकमा बसेका यूरोपका महिला प्रतिनिधिहरु)

women-programme-8-march-2009-040

(प्राय मञ्चमा बस्ने ब्यक्तित्वहरु यसपटक दर्शक दिर्घामा । देब्रेबाट क्रमश: एनआरएनका केन्द्रिय अध्यक्ष डा उपेन्द्र महतो, फ्रान्सकालागि नेपालका कार्यवाहक राजदूत जिवनप्रकाश श्रेष्ठ र एनआरएनका केन्द्रिय उपाध्यक्ष रामप्रताप थापा)

women-programme-8-march-2009-221

(यूरोपका बिभिन्न देशबाट आएका एनआरएनका महिलाप्रतिनिधीसँग सामूहिक तस्बिर खिचाउँदै एनआरएन फ्रान्सका पदाधिकारीहरु)

women-programme-8-march-2009-054

(नेपाली महिलाहरुले नेपालको आगामी संबिधानमा के कस्ता महिला अधिकार सुनिश्चित गर्नुपर्छ भनेर छलफल गर्ने रहेछन् भन्ने विषयलाई अभिरुचीपूर्वक नियाल्दै फ्रान्सका मानार्थ सांसद रोबर्ट ल फल)

women-programme-8-march-2009-216

(सम्मेलनको अन्त्यतिर डा उपेन्द्र महतो नेपाली ठट्टा सुनाउँदै छन् । त्यसमा उनैकि पत्नी तथा नारी निकुञ्ज संस्थाकि अध्यक्ष डा समता प्रसाद महतो हाँस्दै)

women-programme-8-march-2009-209       (नेपालीन्रित्य हेरेर रमाएका सहभागीहरु)

women-programme-8-march-2009-063

(गणतन्त्र नेपालको आगामी संबिधानमा नेपाली नारीका कस्ता हक र अधिकारलाई सुनिश्चित गर्नुपर्छ भनेर छलफल भएको थियो । त्यसमा पुरुषहरुपनि उत्तिकै चासो र चाख दिएर सुझाव दिन सक्रिय थिए )

women-programme-8-march-2009-176

(दिनभरिको सम्मेलनपछि अन्त्यमा नाचगान भएको थियो । वालिका जैनु श्रेष्ठ कूमारी न्रित्य प्रस्तुत गर्दै)

women-programme-8-march-2009-190

(मेरो प्यारो माईतीघर बोलको गीतमा न्रित्य देखाउँदै लबीना पोखरेल)

तपाइँको प्रतिक्रिया