एन आर एन बेल्जियमको अबैध आर्थिक रिपोर्ट, कारवाहीको धम्की

general-assembly-nrn-belgium-55689एन आर एन बेल्जियमको वार्षिक साधारण सभा मेडियालाई सराप्दै र आफ्नै कमजोरी ढाक्न चरिफाल गर्दै अघिल्लो हप्ता सकियो । वार्षिक साधारण सभाले वर्ष भरिका समस्या सल्टाउनुपर्ने हो । कार्ययोजना सार्वजनिक गर्नुपर्ने हो । तर झन पछि झन कौतुहलता, शंका, संशय र थप चासो अनि बिबादहरु थपिँदै गएका छन् सभापछि । त्यहि साधारण सभापनि अबैध किसिमले भएको आशांका गर्दै निबेदन हाल्ने र चासो राख्ने क्रम बढेको छ । अर्कोतिर एन आर एन बेल्जियमले कारवाहीको धमास दिँदै बिज्ञप्तीपनि जारी गरेको छ । साधारण सदस्यलाई मात्रै होइन मेडियाकर्मीमाथिपनि कारवाहीको त्यो धमास फेरी आएको छ बिज्ञप्ती मार्फत । एन आर एनले अब कसकसमाथि कारवाही गर्ने हो त ?

साधारण सभानै रित पूर्वक नगरिएको आशंकापनि बढेको छ । किनकि एन आर एन केन्द्रिय समिति मेडिया टास्क फोर्सका क्रिष्णप्रसाद रेग्मीले लिखित रुपमै त्यो आशंका ब्यक्त गरेका छन् । उनले एन आर एन बेल्जियमलाई लेखेको पत्रमा भनिएको छ “साधारण सभाको जानकारी सवै सदस्यहरुलाइ नभएको जनगुनासो समेत प्राप्त हुन आएको हुँदा सो साधारण सभाको जानकारी किन र के कति कारणवाट सवै सदस्यहरुलाइ गराइएन यथाशक्य चाँडो जानकारि दिनुहोला ।”

त्यहि शंकाले हुनु पर्छ मेडिया टास्क फोर्स समितिको हैशियतले उनले आधिकारिक लेखा परिक्षकवाट परिक्षण गरिएको आर्थिक प्रतिवेदनको कपी पनि आफुलाई उपलब्ध गराउन निर्देशानुसार माग गरेका छन् । उनले लेखेको निबेदनमा उल्लेख छ “साधारण सभाको सवै प्रकृयाहरु : जस्तै साधारण सभा वोलावट आव्हान प्रकृया । सहभागी संख्या । लगायतका यसमा प्रस्तुत गरिएका प्रतिवेदनहरु जस्ताको त्यस्तै अविलम्व उपलव्ध गराउनु हुन निर्देशानुसार अनुरोध गर्दछु ।”

उता एन आर एन बेल्जियमको प्रेस बिज्ञप्ती आफैंमा गाइजात्रे र लज्जास्पद छ । त्यो किनभने त्यसमा नेपाली दुतावास बेल्जियम स्वयंले खण्डन गर्नुपर्ने कुरा आफैं चौकिदार झैं बनेर एन आर एन बेल्जियमलाई उभ्याईएको छ । दुतावासको पर्खाल बनेर एन आर एन बेल्जियम देख परेबाट एन आर एन बेल्जियम कतै दुतावासकै एक आधिकारिक संस्था हो कि जस्तो भान पर्छ । अब देखि राजदूतका भनाईमा कुनै कौतुहलता, असहमती देखिए सिधा एन आर एन बेल्जियमलाई सोधे हुने भो ।

बक्तब्यमा भनिएको छ “२३ डिसेम्बरको वार्षिक साधारण सभामा महामहिम राजदुत राममणि पोखरेल ज्यूद्धारा एनआरएन विरोधी अभिव्यक्ति दिएको भन्ने समाचार केही मिडियामा आएको प्रति एन आर एन खन्डन गर्दछ । प्रबाशी नेपालीहरुको अभिभाबक संस्था नेपाली दुताबास सबैको साझा र मर्यादित रहने कुरामा मन्तब्य दिनु भएको र केहि गलत मिडियाबाजी प्रति सजग गराउनु हुँदै एन आर एन सँग सबै संघ संस्थाहरुलाई सहकार्य गर्न सुझाब दिनु भएको थियो ।” त्यस दिन राजदूत राममणी पोखरेलले दिएको अभिब्यक्ति बिबादास्पद र धम्किपूर्ण भएको भिडियोनै हजारौंले हेरिसकेबाट एन आर एन बेल्जियम राजदूतको चाकरीमा कति खटिन्छ र कति झुटो बोल्छ भन्ने प्रस्टिन्छ ।

आर्थिक हिनामिनाका बारेमा उठेका प्रश्नमा भने बिज्ञप्तीले चलाखि अपनाउन खोजेको छ । यदि हिनामिना गरिएको भनिएको रकम दुरुस्त राखिएको हो र एन आर एनको खातामा छ भने साधारण सभामा फलानो लेखा परिक्षकले यसरि लेखा परिक्षण गरेर गरेको हो । त्यसको कपी यो हो भनेर किन देखाउन सकिएन ? साधारण सभामा विश्वासिलो ढंगले नदेखाइएको हुँदा उहि एन आर एन बेल्जियममा पहिले कति थियो र को को सदस्य भए, कति उठ्यो भन्ने बोलियो । तर लेखा परिक्षण गरेर देखाउन नसकिएको हो । नत्र संस्थाको हिसाब किताब त्यसरि स्पष्ठ पार्न कुनै कठिनाई र अड्चननै हुँदैन ।

गलत समाचार र गलत प्रब्रित्तीको आधिकारिक पुष्टी ?

एन आर एन बेल्जियम जस्तो संस्थाको बिज्ञप्ती राम्रोसित हेर्दा मुर्छा पर्नेगरि हाँसो र बेइज्जतिपूर्णपनि लाग्छ । गलत समचार लेख्ने, कुनै समचारको आधिकारिक पुष्टी बिना लेख्नेलाई कारवाही गर्ने भनेर धम्काउन त खोजिएको छ । तर लाजमर्दो र हाँस्यास्पद के भने गलत समाचार र त्यस्ता गलत प्रब्रित्तीलाई समाचारको आधिकारिक पुस्ठी गर्नुपर्ने भनिएको छ । एन आर एन बेल्जियमले झुट कुराहरुलाई जबर्जस्ति पुष्टी गर्न खोजेर हो कि ? के र कस्तो समाचार पुष्टी गर्नुपर्ने हो भन्ने नबुझेर हो, गलत समाचारको पुष्टी गर्न पो भनेको छ । गलत समाचार र गलत प्रब्रित्तिको पनि पुष्टी हुन्छ र ? अन्यथा संस्थागत रुपमा कारबाही प्रकृया अघी बढाइने रे । अब देखि एन आर एन बेल्जियम भन्ने यस्तो संस्था देखा पर्‍यो कि जसलाई गलत समचार र प्रबित्तिको पुष्टी गर्नु पर्ने, नसके कारवाही गर्ने रे ।

एन आर एन केन्द्रिय प्रवक्ता डा हेमराज शर्मालेपनि यस विषयमा चासो दिएका छन् । एन आर एन बेल्जियमले जतिसुकै धम्की दिएपनि, मेडियाको दोहोलो काढ्न खोजेपनि उनले भने मेडियाको प्रशंसा गर्दै भनेका छन् “थुप्रैं मेडियाहरुको सकरात्मक साथले छोटो समयमा हामी यो उचाईमा आईपुगेका छौं । हामीप्रति आलोचात्मक भएर हामीलाई सुधार्ने मौका दिनेहरु प्रति पनि हामी आभारी हुनै पर्छ।”

एन आर एन मेडिया टास्क फोर्सका सदस्य क्रिष्ण रेग्मीको निबेदन

श्री अध्यक्ष जी

तथा सम्वन्धित पदाधिकारी साथीहरु ।

एनआरएनको साधारण सदस्य तथा यस समितिको केन्द्रीय मिडिया टाक्स फोर्सको सदस्यको हैसियतले यो इमेल लेख्दै गर्दा । एनआरएनको गतिविधिहरु वेल्जियमवाट नकारात्मकरुपमा फैलिरहेको विद्यमान अवस्थामा यस एनआरएन वेल्जियमको भएको भनिएको साधारण सभाको सवै प्रकृयाहरु : जस्तै साधारण सभा वोलावट आव्हान प्रकृया । सहभागी संख्या । लगायतका यसमा प्रस्तुत गरिएका प्रतिवेदनहरु जस्ताको त्यस्तै अविलम्व निम्नअनुसारको ठेगनामा उपलव्ध गराउनु हुन निर्देशानुसार अनुरोध गर्दछु । साधारण सभाको जानकारी सवै सदस्यहरुलाइ नभएको जनगुनासो समेत प्राप्त हुन आएको हुँदा सो साधारण सभाको जानकारी किन र के कति कारणवाट सवै सदस्यहरुलाइ गराइएन सोको पनि स्पष्ठ खुल्नेगरि उपलव्ध गराउनु होला ।

साथै केहि अनलाइन खवरहरुमा एनआरएनको आर्थिक पक्षमा समाचारहरु यसरी http://www.onlinekhabar.com/2013/01/26315/ देखिएको हुदाँ सोलाइ खण्डन गर्ने आधार सहितको एनआरएनको प्रतिकृया पनि साथमा पठाउनु हुनु सविनय अनुरोध छ । साथै आधिकारिक लेखा परिक्षकवाट परिक्षण गरिएको आर्थिक प्रतिवेदनको कपी पनि यसैमा स‌ंलग्न गराउनु हुन अनुरोध छ ।

पत्रचार गर्ने ठेगना

Krishna Prasad Regmi

c/o  Jules Van Beylenstraat 40

2140 Borgerhout

अथवा

[email protected]  मा पनि डिजिटल पठाउन सकिने छ ।

धन्यवाद सहयोगका लागि ।

तपाइकै

कृष्णप्रसाद रेग्मी

०४८४७२७६१५

(यो निबेदन एन आर एन बेल्जियमको कार्यसमितिकै एक सदस्यबाट नेपालप्लसले प्राप्त गरेको हो)

एन आर एनका केन्द्रिय प्रवक्ता डा‍ हेमराज शर्माको भनाई 

एनआरएन अभियानमा लागेका साथीहरुले मेडियाले सधैं हाम्रा बारे राम्रा कुराहरु मात्र लेखुन भनेर अपेक्षा गर्नु हुदैंन। थुप्रैं मेडियाहरुको सकरात्मक साथले छोटो समयमा हामी यो उचाईमा आई पुगेका छौं। हामी प्रति आलोचात्मक भएर हामीलाई सुधार्ने मौका दिनेहरु प्रति पनि हामी आभारी हुनैं पर्छ। तर संकृणता दिर्घ हुदैन, हामी यसवाट तर्सिनु पर्दैन, यसको औषधी अधैर्यता हुनै सक्दैन।

गैर आवासीय नेपाली संघ बेल्जियमको प्रेस विज्ञप्ति

१) नेपालीहरुको राष्ट्रिय पर्ब २५९७ औ तमु ल्होछार, अग्रेजी नेपाली वर्ष २०१३ र मगरहरुको महान पर्व माघे सक्रान्तिको अवसरमा गैर आवासीय नेपाली संघ बेल्जियम सम्पुर्ण देश विदेशमा रहेका नेपालीहरुको सुख शान्ती, प्रगति र संमृद्धिको कामना गर्दछ ।

२) नेपाली दुतावास बेल्जियमको बारेमा गैर आवासीय नेपाली संघ बेल्जियमको गत २३ डिसेम्बरको वार्षिक साधारण सभामा महामहिम राजदुत राममणि पोखरेल ज्यूद्धारा एनआरएन विरोधी अभिव्यक्ति दिएको भन्ने समाचार केही मिडियामा आएको प्रति एन आर एन खन्डन गर्दछ । प्रबाशी नेपालीहरुको अभिभाबक संस्था नेपाली दुताबास सबैको साझा र मर्यादित रहने कुरामा मन्तब्य दिनु भएको र केहि गलत मिडियाबाजी प्रति सजग गराउनु हुँदै एन आर एन सँग सबै संघ संस्थाहरुलाई सहकार्य गर्न सुझाब दिनु भएको थियो । दुताबास र नेपाली समुदाय बिच समन्वयकारि भूमिका एन आर एन बेल्जियमको सधैं रही रहने प्रतिबद्धतापनि हामि जाहेर गर्न चाहान्छौ ।

३) गैर आवासीय नेपाली संघ बेल्जियमको बारेमा संस्थाका पँजिक्रित सदस्य महेन्द्र पौडेलको नाम उध्रित गर्दै ”एनआरएन बेल्जियममा करिब ६० लाख रुपैयाँ हिनामिना” शिर्शक मा www. onlinekhabar.com मा छापिएको समाचार प्रति हाम्रो गम्भिर ध्यानकार्षण भएको छ । गत २३ डिसेम्बर २०१२ का दिन संपन्न वार्षिक साधारण सभामा यस संघ सम्पुर्ण आर्थिक प्रतिबेदन सार्वजानिक गरिएको छ जहाँ संस्था को एक एक पैसाको हिसाब किताब प्रस्ट रुपमा प्रस्तुत गरिएको छ प्रस्तुत आर्थिक प्रतिबेदनमा गरिमामय साधारण सभाले केहि सुझावहरु सहित एकमतले अनुमोदन गरेको स्पस्ट पार्न चाहान्छौं । साधारण सभामा उपस्थित नहुने, शंका लागेका शिर्षकहरुमा जिज्ञासा राख्ने हिम्मत नगर्ने तर सधै आग्रह, पुर्वाग्रह र प्रतिशोधबाट प्रभावित लेखिएको यस समाचार प्रति कुनै सत्यता नभएको प्रष्ट छ । अनलाइन खवर जस्तो प्रतिष्ठित अनलाइन पत्रिकामा यस्ता भाम्रक, गलत र तथ्य बिहिन समाचारले स्थान पाउँदा हामी अत्यन्त दुखी भएका छौं । सत्य तथ्य कुराको प्रमाणिकरण नगरि यस्ता संवेदशनशिल समाचार नछाप्न समेत हामी मिडिया जगतलाई बिशेष अनुरोध गर्न चाहान्छौं । उक्त शिर्षकमा सम्मानित नेपाली दुतावास, एनआरएन आइसीसी सदस्य अर्जुन कुमार श्रेष्ठको नाम जोडिनु खेदजनक छ । एन आर एन बेल्जियमको आर्थिक तथा सामाजिक गतिबिधी चाडै www.nrnbelgium.org मार्फत सार्वजनिक गरिनेछ यहाँहरू लाई चाहिएमा हामी यहाँ हरू को ईमेल मा पठाउन सक्ने छौ । सँस्था तथा बेल्जियमका नेपाली समुदायको बद्नाम गराउने नियतले छापिएको यस प्रकारको गलत समाचार र त्यस्ता गलत प्रब्रित्तीलाई समाचारको आधिकारिक पुस्ठी गर्नुपर्ने हुन्छ । अन्यथा संस्थागत रुपमा कारबाही प्रकृया अघी बढाइने कुराको पनि जानकारी गराइन्छ ।

४) एनआरएन बेल्जियम आफ्नो कार्य क्षमता र कार्य क्षेत्र अनुसार बेल्जियममा रहेका नेपालीहरुको हितका लागि सधै कृयाशिल छ । संघसंग आवद्ध जोसुकै संग पनि रचनात्मक सुझाव सल्लाह एनआरएन बेल्जियमको लागि हमेसा स्वागतयोग्य छ । तथापी मिडियाको चरम दुरुपयोग गरि सुनियोजित र बदनियपुर्वक संघप्रति वितृष्णा र घृणा फैलाउने निश्चित व्यक्तिहरुको कार्यलाई एनआरएन बेल्जियम खेद प्रकट गर्दछ । यस संघको कार्यसम्पादन प्रति कहिँ कतै शंका तथा गुनासो भए समितिमा आएर बुझ्न समेत हामी आग्रह गर्दछौ । अनुशासनहिन तथा विवेकहिन सदस्यहरुलाई समितिले साँगठानिक कारबाही गर्ने जानकारी गराउँदै यस्ता अफवाहबाट भ्रमित नहुन सवै एनआरएनएहरु र बेल्जियमवासी नेपाली समुदाय लाई हार्दिक अनुरोध गर्दछौं ।

५) एन आर एन बेल्जियमले सर्बाधिक महत्व राख्ने परियोजना नेपाल हाउस तथा इपर परियोजानाको आबस्यक समन्वय गरि अगाडी बढाउन पहल गरिने कुराको पनि जानकारी गराउन चाहन्छौ ।

अध्यक्ष महासचिब
जानकी गुरुङ शिव कुमार बरुवाल
एन आर एन ए बेल्जियम
१ जनवरी २०१३

(यदि एन आर एनको आर्थिक प्रतिबेदन लेखा परिक्षण गरि रित पुर्‍याएर सार्वजनिक गरिएको हो भने सोको जानकारि नेपालप्लस डटकमलाई यो ईमेल [email protected] मा पठाउन अनुरोध छ ।)

तपाइँको प्रतिक्रिया