बलात्कृत किशोरी, एन आर एन बेल्जियम
● महेन्द्र पौडेल / बेल्जियम
‘
भनिन्छ निभ्ने बेलामा दियो चर्को बल्छ रे’ केहीदिन पहिले बेल्जियम एनआरएनले राखेको भेलामा करिव २ हजार सदस्य संख्या रहेको संस्थामा मानिसहरु केवल १०० जना पनि पुग नपुग रहेको कुरा विभिन्न भिडियो र व्यक्तिगत रिर्पोटका आधारमा थाहा भयो । यो संस्था कति अलोकप्रिय हुँदै गएको रहेछ भन्ने एउटा सानो उदाहरण मगजमा पराल नहुनेले बुझिसके । किनकी अव यो निभ्न लागीसके जस्तो छ । तर मगजमा पराल भरिएर थाहै नपाई नभरिएको भान पार्नेहरुले मंचबाट कुर्लेको देख्दा भने अचम्म लाग्दो छ । कुरा के भने मिडियाले चरित्र हत्या गर्यो रे ? कहाँ कसको चरित्र हत्या भएछ ? चरित्र हत्या त केवल चरित्र हुनेको हुन्छ भन्ने मेले वुझ्या हो । जसको चरित्र विकास नै भएको छैन कसरी चरित्र हत्या भएको छ ? कसैको कद छोटो बनायो रे हो । बिना राम्रो काम कसरी मिडियाले कद माथी गर्न सक्छ ?
तथापि बेल्जियमका ती एनआरएनका पदाधिकारी र महामहिम कुर्लदा मलाई ती नानीको याद आयो । सामाजिक संस्था भनेर कुर्लने र आफुलाई नारीको भेष सम्झने महिलालाई देख्दा मलाई ती प्यारा चिचिला वच्चाहरुको याद आयो । जसलाई बेल्जियम बोलाएर आफ्नै बाबुले बलत्कार गर्छन् । बेल्जियम प्रहरीको सेल्टरमा रहेकी ती नानी बारम्बार ममीलाई बोलाइदिनु भन्थीन् । एउटा नारी त्यही माथि एउटा आफ्नै बाबुवाट बलत्कृत हुनुपर्ने त्यो पनि वालिका ?
विदेशी ठाउँमा बाबु बाहेक आफन्त कोही छैन । यस्तोमा भनिएको एउटा राजदुतावास र एनआरएन त्यहाँ पुग्न सक्दैन ? तपाईहरुलाई लाग्ला यी संस्था हाम्रा लागि हुन भनेर कसरी पत्याउने ? त्यो नानीलाई माया र आड भरोशा एवं सहानुभूतिको खाँचो थियो । तिनको मनस्थिति के भयो होला ? के सोचिन होला ? के हामी पुग्यौ त्यहाँ ? ती हाम्रै नानी होइनन् ? के कुनै महिलाको मन पोखियो यो विषयमा ? अझ मलाई दुःख लाग्यो नारी भनिएकी एउटी पात्र मंचमा मिडियालाई गाली गरेको देख्दा । त्यो नानीलाई भेट्नु भन्दा पनि मंचमा मिडियालाई गाली गर्नु ठूलो ठान्नेहरु । त्यो नानी कति दर्दनाक परिस्थितिमा गुज्रेहोलिन सम्झँदा आङ्ग सिरिङ्ग हुन्छ । हामी भने ठुला ठुला योजना र परियोजना र समाजसेवीको विल्ला भिर्दै ठिक्क छ ।
मलाई धेरै नेपालतिरका मिडियाका साथीहरुले एनआरएनको विषय र एनआरएन के भएको छ भन्ने कुरा सोधिरहन्छन् । तर यहाँ तर फरक यथार्थ छ । अहिले बस्तुत के हो भने यिनै र यस्तै केही व्यक्तिका कारण एनआरएन बेल्जियमका केही पदाधिकारीका कारण समग्र एनआरएन र बेल्जियमवासी नेपालीहरुको स्तरमा अलिकति भएपनि पुर्याएको छ । हामीले बोल्ने र लेख्ने बाटो पनि बन्द भएको छ । अव दानकै प्रसंग लिऔं न, शास्त्रलाई छोएर दिएको दान पनि नदिएपछि भोग्नुपरेको बेइज्जती देश विदेशमा पुगीसक्यो । मानिसहरु भन्छन् , बरु कुनै नाचघर वा नृत्यसालामा मदहोस भएर नशाप्रेमीले त कमसेकम नगद त दिन्थे । त्यति नगद दिएवापत न उनीहरुलाई खादाको जरुरी न कुनै अविरको । अव यहाँत दान पनि दिनु छैन । खादा पनि लिनु छ । अविर पनि लगाउनु छ । तालि पनि पिट्नु छ, नाम तिनीहरुकै ।
यी एनआरएनवालाहरु विशेष गरी बेल्जियमका एनआरएनवालाहरुले आफुलाई सामाजिक संस्थाको अगुवा मान्छन् भने सदस्यता रकम सार्वजनिक गर्नु पर्यो नी । पुरानो खातावाट हिसाव किताव गर्दा अहिलेसम्म सामान्य हिसावले पनि करिव ६० हजार युरो आउँछ । त्यो रकम खातामा दाखिला नगर्दासम्म कसरी अर्कोपल्ट चुनाव गर्ने ? कसरी सदस्यता वितरण वा नविकरण गर्ने ? यदि यो रकम दाखिला भएन भने सार्वजनिक रुपमा उनीहरुको हैसियत के होला ? उनीहरुलाई कसरी अपमान वा सम्मान गर्लान ? सामाजिक संस्था जस्तो संस्थामा बसेर अरुको सदस्य रकम उठाएर हडप्न पाइन्छ ? यी प्रवृत्ति रहेसम्म एनआरएनको सदस्यता लिनु नविकरण नगर्दा पनि हुन्छ ।
यदि हामी सचेत नागरिक हौं र हामीले देश विदेश घुमेका छौं भने ? यदि हामी विदेशमा वसेर नेपालको राजनीतिकलाई धारे हात लगाउँछौं भने ? यदि हामी टेवलमा वाइन विएर र ह्वीस्की पिएर माक्र्सवाद र विपी समाजबादका दर्शन छाट्न अघि सर्छौ भने ? पहिला आफ्नो वरीपरीको मैला सफा गर्नुस । पहिला आफ्नो दर्शन स्पष्ट गर्नुस । अनि बोल्नुस नेपालको राजनीति र नेताहरुलाई गाली । तर दुःखको कुरा के भने विदेशमा आएर आफ्नो परिचय पत्र अरु कसैलाई दिएर संख्या बढाएर हाम्रा परिचय पत्रमा अरुले नाम दाम र खादा लगाउँदा हामी भने चुप छौं । हामी कतिले हाम्रो परिचय पत्र बेचेको छौं १० युरोमा । के त्यो परिचय पत्र अरुलाई खादा लगाउन बेचिएको हो ? वा दिएको हो ? बिदेशमा आएर पनि हाम्रो स्थिति त्यही हो ? यो कुरा बुझ्न जरुरी छ । हामील जसलाई दियौं ति तिनैबाट फिर्ता लिऔं र तिनीहरुबाट हिसाव खाताहरु स्पष्ट तपाई हाम्रो सामु राख्न अनुरोध गरौं ।
हामी अझैं ती व्यक्ति त्यही एनआरएन भन्दै एनआरएनका कार्यक्रममा जाँदैछौं । जव संस्था पारदर्शी हुँदैन र उत्तरदायित्व हुँदैन त्यहाँ पुग्नु भनेको हामी पनि त्यही पारदर्शी र उत्तरदायित्व नहुनु हो । किनकी हामीले बारम्बार भन्यौं । बारम्बार इमेल गर्यौं । पारदर्शी हुनुहोस । उत्तरदायित्व वहन गर्नुहोस् । एउटा बोरा भित्रको आलुले समग्र बोरालाई कुहाउँछ भनेको यही हो । उनीहरुले बुझेनन् सोचेनन् हेलचेक्राई गरे, अव यो वासलात कहिले आउने ? अव यो रकमको बैंक खाता र ट्रान्जेक्सन कहिले सार्वजनिक गर्ने ? बोलेको भरका अव कसैले पत्याउने वाला छैन । किन पत्याउदैनन मान्छेहरु । किनकी ‘बेइमानीको इमानको जुवान हुँदैन’ कसले विश्वास गर्दछ । यदि सबैले रकम दिएभने कति पुग्यो त ? सार्वजनिक गरुन न । मिडियाले राम्रो रोल जहिले पनि खेलीरहेको छ । बरु त्यतातिर मपाइत्ववालाहरुले ध्यान दिए कसो होला ।
करिव ६, महिना अगाडी ‘एनआरएनले गर्नुपर्ने काम’ राष्ट्रिय दैनिक हिमालय टाइम्समा र अनलाईन खवरमा ‘एनआरएनले साख बचाई राख्ला?’ भन्ने विषयमा यी यावत जोडिएका विषयलाई उठाइएको हो । यस्ता समस्याहरु आउनेछन् भनेर । केन्द्रीय अध्यक्ष जीवा लामिछानेले बारम्बार भनेको कुरा के हो भने सामाजिक संस्थामा सवैभन्दा महत्वपूर्ण कुरा फाइनान्सीयल डिस्प्लाइन नै हो ।’ तर उनकै संस्थामा यो भने लागु भएको छैन । उनले राष्ट्रिय समन्वय परिषदका एनआरएनवालाईहरुलाई वारम्वार सर्कुलर नगरेको देखियो ।
अहिले केही तत्वहरुले यी कुरा नबुझि नेपालप्लस लगायत जनआस्था जस्ता खोजी पत्रकारिता गर्ने संस्थानमाथि धावा वोल्नु भनेको निकम्मा र पराजित मानसिकता हो । व्यक्ति विशेषको आफ्ना फेसबुकका स्टाटमा भएर कुरालाई लिएर सार्वजनिक मंचमा टिका टिप्पणी गर्नु भनेको बौद्धिक दरिद्रता हो । त्यस्ता व्यक्तिहरु वाहिरी रुपमा आडम्बरी र भित्री रुपमा पतित भएका हुन्छन् ।
अव प्रश्न उठ्छ पत्रकारिता ? पत्रकारिता पत्रकारिताको मर्म अनुसार लेखिन्छ नकि कुनै दुतावास वा एनआरएन ? कसैको मर्म अनुसार लेखिन्न, यसको आफ्नै मर्म र धर्म छ । तर विदेशमा अलि अलि वचेखुचेको समयमा कलम चलाउनेमाथी खनिनु भनेको जंगली हुन् । सिकार गर्न नसकेका, अतृप्त, भोका, पदका लोभीहरु ।
बेल्जियम दुतावासका महामहिम पनि कुटनैतिक हुँ भन्दै यातायात व्यवस्थाका अगाडी मोटरसाइकलको इन्जिन पास गर्न तम्सेर लाइन लागेकाहरुलाई वार्गेनिङ्ग गरेका केही समुहमाथी धावा वोलेझै पत्रकारमाथी बोले । राजदुतावास त पत्रकारको लागि एउटा छानो हुनुपर्ने । सबैतिरबाट अप्ठ्यारो महसुस भएको बेला राजदुतावासमा हार गुहार गर्ने ठाउँ सोचिएको थियो । तर त्यो पनि अव रहेन । देशको चौथो अंगको रुपमा परिभाषित छन् भन्ने बुझिदिनु पर्यो । कार्यक्रममा जतिबढी संवेदनशील विषय हुन्छन् त्यति नै बढी मौनता र सुन्यता हुनुपर्ने । हाम्रोमा त गाली गलौजले कार्यक्रम सकिँदो रहेछ ।




