कोहि छ ?

-एस बी छन्त्याल (बेल्जियम)-

 

भलै झलनाथ खनाल-केपी ओली । मोहन बैद्द-प्रचण्ड । रुक्मांगत कटुवाल-रामबहादुर थापा । नेपाली कांग्रेस-एकिक्रित माओवादी बिचको लडाई हेर्दै हामीलाई फूर्सद छैन । लडाई भने जनावर, पन्छी, किरा फट्यांग्रा सबैमा हुन्छ । संयोगपनि कस्तो परेको थियो भने बटौली बजारमा नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनाल र केपी ओलीबिच लडाई परेकै दिन यो द्रिष्य क्यामरामा छोपेको थिएँ बेल्जियमको प्लाङ्केनदायल चिडियाखानामा । सायद त्यहि लडाईलाई यिनले संकेत गरिरहेका थिए । तर अपसोचको कुरा मैले त्यो बेला राख्न सकिन समयको अभावले ।

dsc_09751(कोहि छ ? सायद, सबैभन्दा पहिले अध्यक्ष पदमा उम्मेदवार नबनी नछोड्ने दाबी गर्ने झलनाथको हुंकार यस्तै थिएन त ?)

dsc_0977(बुढाखाडा हौं भन्दैमा कसले छोड्छ लुतुक्क लाएर ? टक्कर दिन आएनन् त यूवा पुस्ता ?)

untitled-11(यूवा पुस्तालेपनि नेत्रित्व कसरी गर्ने र कसरी लिन सकिन्छ भन्ने कुरा बडाहरुसँग जोरी नखोजी त कहाँ सिक्न सकिन्छ र ?)

dsc_09791    (वर्षौं पार्टी ओगटेका, हरेक हतियारले सुसज्जित पाकाहरुसित के सक्नु ? तर अनुभवकालागि पनि भिडन्त त गर्नै पर्छ है !)

छन्त्यालजीका अघिल्ला ब्लग पनि हेर्नुस-

 

डाँडाकाँडाको शिलो खोज्दा सूर्योदयको एक झलक

 

हिरामोती खाने साङ्लेकिरा !!

तपाइँको प्रतिक्रिया