कबुलेको दान नदिनेहरुले निकाले मुख छोप्न काइते बिज्ञप्ती

एन आर एन बेल्जियमको नामबाट बिज्ञप्ती सार्वजनिक गरिएको छ (बिज्ञप्ती अन्तिममा हेर्नुहोला) । बिज्ञप्ती ‘फाटेको जालैले छेकेको, छेकेपनि छर्लङ्गै देखेको’ भने जस्तै छ । बिचरा एन आर एन बेल्जियमसित सायद लेटरहेड पनि छैन । त्यसैले सादा कागजमा छापिन्छ बिज्ञप्ती । बाहिर भने मुख जोडी जोडी, कम्मर हल्लाई हल्लाई नाच्दै हिँड्छन् र यति र उति दिने भन्छन् बिचराहरु । अनि जे बोल्छन् त्यो दिँदैनन् । धार्मिक पुस्तकलाई साक्षी राखेर कबुलेको दान एन आर एन कै अध्यक्ष, महासचिव, सदस्य, सल्लाहकारहरुले त दिएनन् । अरुले के दिने ? तैपनि साखुल्ले बनेर काईते बिज्ञप्ती जारी गर्न भने रहर गरेका छन् । तर संस्थालाई आर्थिक र अन्य रुपमा भसाएपछि कहिँ न कहिँ त चिप्लिहालिन्छ । उनीहरुले ढाक्न खोज्दा खोज्दैपनि बिज्ञप्ती संस्थाको रकम दुरुपयोग गरेको खुलेको छ । संस्थालाई दिनुपर्ने पैसो कहाँ कसले उठाएर खाएका हुन् कुन्नि ! उठ्नु पर्ने पैसो संस्थाको खातामा राख्ने यति मिति सम्म भन्दै बिज्ञप्तीमै उल्लेख छ । तर त्यो पैसो कसले मोज गरिराखेको थियो भन्ने उल्लेख छैन । 

एन आर एनको लौ नाक काट्टियो भन्दै बैठक बसेको थियो यहि हप्ता । त्यसमा अध्यक्ष जानकी गुरुङ, महासचिव शिव बरुवाल लगायत सल्लाहकार युवराज गुरुङ, अर्जुन कुमार श्रेष्ठ,   नेपाली शरणार्थीको पैसा र सरसामान ठग्ने शारदा अर्याल लगायतका बहुमतले बिज्ञप्ती जारी गर्ने निर्णय गरेका थिए । यि सबैको नाम दान दिन्छु भनेर कबोलेपनि नदिनेको सूचीमा छ । बरुवालले त नेपालमा गैह्र कानुनी घोषित युनिटीको शाखा भन्दै खोलेर बिभिन्न ब्यक्तिसित पैसो उठाएर ठगेको रकम हालसम्म फिर्ता दिएका छैनन् । दुनियाँको पैसो खानेलाई यस्तो बिज्ञप्तीमा नाम हाल्न कस्तो लाज नलागेको होला ?

ईन्द्र क्षेत्री पकवानले बराजुको नाम बाट लेखेको लेखलाई बास्तबिक नाममा किन नलेखेको भन्दै प्रश्न गरेका थिए । पकवान पत्रकार हुँ भन्दै कुर्लिने त हुन् नै, उनी जन सम्पर्क समितिमा छन् । शिक्षक हुँ भनेरपनि आफैंले यस अघि दाबी गरेका थिए । बोलेको दान कहाँ दिने ? भन्दै उचालिनेमा उनी पनि हुन् । दान कबोलेर नदिनेको सूचीमा छ उनको नामपनि । एन आर एन बेल्जियमका आ इ सिसी सदस्य अर्जुन कुमार श्रेष्ठ नाचि नाचि  दान बोल्ने हुन् बेल्जियमका । उनलेपनि दिएका छैनन् । जानकी गुरुङ अध्यक्ष र युवराज गुरुङ सल्लाहकार । यहाँ उल्लेखित कसैले पनि कबुलेको दानसम्म दिएका छैनन् । दान नदिनेहरुमा जस जसको नाम आयो ति संस्थागत रुपमा उल्टेर तात्तिँदै बिज्ञप्ती निकाल्न गए भन्ने देखिन्छ ।

बिज्ञप्ती पुरै जालझेल, रुन्चे, कपटी, झुठो, अत्याचारी, काईते, षडयन्त्रकारी र बेईज्जतीपूर्ण छ । दान किन नदिएको भन्ने उल्लेख छैन कहिँ कतै । दुई वर्षमा नेपाल हाउस बनाउने भनेर उड्डि हाँकेको एन आर एन बेल्जियमले अझै दाताहरुलाई पर्खिनुस् भन्दै लेखेको छ । तर किन पर्खिनु पर्‍यो उल्लेख छैन । दान दिन्छु भनेर बोलेका दाताहरु मध्ये कोहि फरार छन् । कोहि देश छोडेर हिँडे । त्यसको रकम अध्यक्षले दिने होकि ? संस्थाले ब्यहोर्ने हो कि ? युनिटीबाट सोहोरेबापत बक्सिस हाल्ने हो उल्लेख छैन । आखिर बोलेको रकम त दिन्छु भनेका बेला नलिएपछि संस्थाका प्रतिनिधीले तिर्नु पर्छ । वा उठाउनु पर्छ ।

दुतवासले राख्नुपर्ने कुरा  एन आर एनको बिज्ञप्तीमा उल्लेख छ । यि हनुमान हुन् भन्ने कुरा एन आर एनको बिज्ञप्तीमा दुतवासको गुण गाउनुले देखाउँछ । नत्र दुतावासले आफैंले बिज्ञप्ती जारि गरिहाल्ने थियो । गरेकै छ । दुतावासको कुरो एन आर एनले बोलिदिनु पर्ने भनेको चम्चागिरी, चाकरी, चाप्लुसी र राजदूतलाई तेल लगाएको हो । संस्था गतिलोसित चलाउन नसक्नेहरुले यस्तै चाटुकारिता गरेर टिक्ने हुन् । तेल लगाउँछन्, चाकरि धस्काउँछन् ।

संस्था चलाउन खट्नुपर्छ । समय दिनुपर्छ । स्रिजनसिलता, आँट र सुझबुझ चाहिन्छ । त्यसो गर्नु भन्दा डान्स गर्‍यो । दुतावासको चाकरि गर्‍यो । चर्चा चर्का भाषण ठोक्यो । अनि बन्द कोठामा बसेर दुई चार पैसोको धाक र राजनिति अनि समाजसेवीको फुइँ लाउँदै बिज्ञप्ती जारी गर्‍यो । बिज्ञप्तीपनि पुरै ढाँटेर, बास्तविकता छोपेर काइते पाराको निकाल्यो । यसो गर्नु सजिलो हुन्छ ।

एन आरएनले डाकेको बैठकमा जित लामा जन प्रगतिशिल मञ्चका नेता थिए । जोप्रचार प्रसार बिभाग प्रमुख थिए अघिल्लो कार्यकालसम्म । जनप्रगतिशिल मञ्च एकिक्रित नेकपा अंअोवादीको भात्रि संगठन हो । म्याग्दी डट कम के के चलाउँछु भनेर बेला बेला पत्रकार हुँ भन्दै ढाड तन्काउने एन आर एन बेल्जियमका महासचिव शिव बरुवाल थिए । यिनलाई मानिसहरुले भिन्न नाममा लेख्छन् भनेसम्म थाह रहेनछ ? कति लेखक, साहित्यकारका नामनै अलग हुन्छन्, अलग पहिचानमा लेख्छन् भन्नेसम्म जानकारि नहुनेलाई पत्रकारिताको कार्ड भिर्न कस्तो लाज शर्म नलागेको । इन्द्रजीले चाहिँ नामकोपछि पकवान किन थपेकोनी ?  त्योपनि परिचय बदल्नैकालागि त हो । नत्र त पासपोर्ट वा नागरिकातकै नाममात्रै रहनु पर्छ नी हैन र ? हो यसैलाई भन्छ सामान्ति सोच, दादागिरी । आफुले हुने अरुले नहुने ।

आफुले अनेक नाम, घटना र बिवरण दिएर नाम ढाँटी ढाँटी बेल्जियममा बस्ने । अनि लेख लेख्नेले चाहिँ बास्तविक नाम दिनुपर्ने बाध्यता ? हैन यि कहाँका तानाशाह परे हँ ? कि तिमीहरुको आँखा अगाडि यो सन्सार मेरो हो, मैले जे गर्छु अरुले त्यहि मान्नुपर्छ भन्ने तानाशाही तुवाँलोले घेरेको छ ? तिमीहरुले आआफ्नो सम्पूर्ण घटना सार्वजनिक गर्न सक्छौ ? नेपालीलाई, बेल्जिक प्रशासनलाई ढाँटेको खोल्न सक्छौ ? युनिटीको पैसा खाएको कसरि बताउन सक्छौ ? म त हाकै भन्छु, बराजुको नामबाट लेखिएका लेखको जिम्मेवारि नेपालप्लसले लिन्छ । दाताले बोलेको रकमको सम्पूर्ण जिम्मेवारी एन आर एन बेल्जियमले लिन सक्छ ? यो सञ्चालकलाई छद्म नाममा लेख्न जरुरीनै छैन । नेपालप्लसमा निस्केका सबै सामाग्रिको सम्पूर्ण जिम्मेवार मै हुँ । लौ केहि गर्ने हुती, हिम्मत छ भने गर । किन लेख्नुपर्‍यो छद्म नाममा ? धार्मिक मान्यतासमेतलाई धोती लाउने, ढाँट छलसित डराएर छद्म नाममा लेखेको भन्ने सोचेको ? कि आफूहरु छद्म गतिबिधीमा संलग्न भएकाले अरुलाईपनि त्यस्तै ठानेको ?

एन आरएनको निर्वाचनका बेला नेपालप्लसले अन्तर्वार्ता हाल्दा त ‘ओहो भाइ नेपाल्प्लसले मेरोअन्तर्वार्ता लिईदिएर कत्ति भोट बढ्यो’ भन्ने एन आर एन बेल्जियम अध्यक्ष जानकी गुरुङअहिले  मनपरि र एन आर एनलाई भसाउने क्रियाकलाप गरेपछि त्यसबारे लेख्दा चाहि नेपालप्लसलाई नेपालीहरु भड्काएको आरोप लगाउने ? तिमीहरु मात्रै छौ नेपाली ? बेल्जियमबाट तिमीहरु जस्ता स्वघोषित समाजसेवी भन्दा अझ जाने बुझेकाहरुले लेखेका छन् लेख रचना । काईते काम गर्ने, स्वघोषित समाजसेवी बन्ने, नेपालीलाई ठगि हिँड्नेले गर्ने हो मूल्यांकन ? फटाहा, दलाल, बैमान, धर्मको उपदेशलाईपनि तिलान्जली दिने, सामाजिक संस्थाको पैसो अपचलन गर्ने, झुठो बोल्ने, समाजलाई गुमराहमा पार्ने, आफु बसेको देशको कानुन उल्लंघ गर्ने, असक्षम हुँदा हुँदै कुर्सीमा बस्ने हरु हो सच्चिने कि भएको सत्य तथ्य समाचार लेख्ने र अभिब्यक्ति स्वतन्त्रता प्रयोग गर्ने मान्छे हो सच्चिने ? स्वच्छन्दताबादी समाजमा आएँ भन्दैमा के नैतिक रुपमा सर्वाङ्गै हुने ?

सक्ने काम गर । नचाहिने काममा हात नहाल । काम गर चाकरि नबजाउ । मुख जोडी जोडी नाचेर धार्मिक पुस्तक अगाडि सारी सारी बोलेको दान देउ, उठाउ । आम नेपालीको संस्थालाई बदनाम नगर, नसके छोडिदेउ । पराईको मुलुकमा आएर नेपाली धर्म, धर्म शास्त्रको बेईज्जति नगर । बिक्रिति नफैलाउ । बेल्जियम प्रशासनको कानुन त मिच्यौ नै त्यो महायज्ञ लगाउँदा, धार्मिक पुस्तकलाई साक्षी राखेर खाएको कसमलाई धोती त नलगाउ कमसेकम । बास नेपालप्लस यहि सम्झाउन चाहन्छ । कतै गल्ति कमजोरी भए सल्टाउन, महसुस गर्न र माफीनै माग्नपनि तयार छ ।

तर उधारोमा दान बोल्ने, यति दिएँ र उति दिएँ भन्दै माईकबाट फुकाउने, अबिर घस्ने, पत्रपत्रीकामा नाम लेखाएर वाहि वाहि खाने अनि बोलेको तिर्नु पर्छ भनेर आवाज उठाउने प्रति खेद ? लाज लाग्दैन तिमीहरुलाई ? दशतिर हात हाल्ने, झुठा कार्यक्रम फुक्दै हिँड्ने, बेकारका आश्वासन बाँडेर भाषण ठोक्ने काम नेपालप्लस सञ्चालकले गर्दैन । नेपालप्लसको समाचारले फट्याइँ गर्नेहरुको राज्यमा खैलाबैला भएको हो । अरु केहि भएको छैन । त्यस्ता काइते, रुन्चे र ढाँटछल, कपटपूर्ण कामको नेपालप्लस अझै द्रिढताकासाथ लेख्दै गर्छ !! महायज्ञमा नाची नाची यति र उति दिन्छु भनेर बोल्नेले उल्टै कबुलेको पैसो कहाँ दिने ? भन्दै प्रश्न अघिल्लो लेख लेख्ने बराजु, संस्थागत रुपमा नेपालप्लस र ब्यक्तिगत रुपमा मलाई सोधिएको छ । त्यो पैसो दिने ठाउँ एकदम सजिलो छ । बिचरा बोलेको दान दिन मन भएर ठाउँ नपाउँदा बैद्दिक महानुभाव, ब्यापारी, शिक्षक, पत्रकार, समाजसेवी, संघ संस्थाका उच्च पदस्थहरुलाइ सहयोग गरिदिनु परेन ? केहि दिनमा  दान कहाँ दिने म ठाउँ देखाइदिने छु अर्को लेख मार्फत । प्रतिक्षा गर्नुहोला ।

एन आर एन बेल्जियमको प्रेस विज्ञप्ती

एन आर एन बेल्जियमसँग निम्न बिबिध सन्दर्भहरुमा संस्थागत धारण र कार्यक्रम यस प्रकार रहेको छ ।

१ संस्थागत आन्तरिक बिषय

क, संस्थाको आन्तरिक संगठनात्मक कार्य शैलीमा सुधार गर्दै भाबनात्मक सम्बन्ध अझ सुद्रीढ भै रहेको सन्दर्भमा आगामी कार्यक्रमहरु पूर्ण सहमति र एकता बद्द ढंगले लैजान थप प्रयत्न गरिनेछ । बेल्जियम नेपाली समुदायको हरेक पक्ष मा समन्वयात्मक भूमिका निर्बाह गर्न एन आर एन अरु कृयाशिल रहनेछ ।

ख, निबर्तमान कार्यसमिती मार्फत संस्था को कोषमा दाखिला गर्न बाँकी सदस्यता शुल्क ब्यक्ति संघ संस्थाको जिम्मामा रहेको कुल १३३६९ युरो यही डिसेम्बर १५ भित्र अनिबार्य जम्मा गर्नु पर्नेछ । सो को लागि सम्बन्धित ब्यक्ति र संस्थालाई पत्राचार गरिएको छ ।

ग, संस्थाको वार्षिक साधारण सभा यही डिसेम्बर २३ का दिन सम्पन्न गरिनेछ ।

२ नेपाल हाउस

एन आर एन ले नेपाल हाउस निर्माण अभियानलाई सार्थकता दिन यस अन्तर्गत बनेको नेपाल हाउस सचिबालयको बैठक डिसेम्बर महिनामा बसी नितिगत तथा कानुनी पूर्वधार को टुंगो लगाउनेछ । नेपाल हाउस अभियान प्रति प्रतिबद्ध दाता महानुभाबहरुमा एन आर एन थप धैर्यताको लागि अनुरोध गर्दछ । समय को अन्तराल संगै आन्तरिक तयारीमा सुस्तता देखिएको स्विकार्दै ऐतिहासिक धरोहर निर्माण प्रकृयामा निरन्तर सबै प्रकारका सहयोग एबम सुझाबको अपेक्षा राख्दछौ । हाल सम्म बिभिन्न समिती बनी सकेको अवस्थामा पहिलो चरणको रुपमा रहेको जग्गा ब्यबस्थापन बारे केहि बिकल्प हरुमा छलफल का साथै स्थान र भबन अबलोकन गरि बास्तुकलाबिद सँग लामो परामर्श गरियता पनि ति बिकल्प उत्तम नभएकोले खोजी कार्य जारी रहेको जानकारी गराइन्छ । संकल्प दाताज्यु हरु र आगामी दिनहरुमा सबै खाले योगदान पुर्याउन बचन दिनुहुने सबै महानुभाब हरुमा धैर्यता र सुझाबको अपेक्षा राख्दछौ । अहिले केही संचार माध्यम मा दाताहरु र नेपाल हाउस का शुभ चिन्तक हरुमा गरिएको मान मर्दन र बित्रिष्णा जगाउने कार्य प्रती सजग रहन र बिचलित नहुन बिशेष आग्रह गर्दछौ । एन आर एन का बिभिन्न तह तथा जिम्मेवारीमा रहनु हुने सदस्यहरुले नेपाल हाउस प्रति फैलाइएको अफबाह तथा भ्रम को बारेमा आन्तरिक तयारी र प्रगती बारेमा सुसुचित गराइ राम्रो बातावरण बनाउनु पर्ने हुन्छ, केही जिम्मेवार सदस्यहरुले नकारात्मक टिप्पणी गर्दै सार्बजनिक अभिब्यक्ती दिनु खेद जनक देखिन्छ । नेपाल हाउस बारे आधिकारिक सुचना र प्रगती विवरण चाहिएमा एन आर एन का पदाधिकारी सँग संपर्क राख्न आग्रह गरिन्छ । नेपाल हाउस सचिबालय समितिले निर्दिष्ट समय तोकी कानुनी र व्याबहारिक प्रकृया चाडै पुरा गरि अभियानलाई निरन्तरता दियिनेछ ।

३ नेपाली दुताबास बारे

प्रबाशमा अभिभाबक को रुपमा रहेको दुताबास हामी सबैको सम्मानित र मर्यादित संस्था हो । दुताबास लाई सामान्य बिषय हरुमा बिबादमा ल्याउन खोज्नु, प्रभाबित पार्न खोज्नु कसैको हितकर छैन । चित्त नबुझेका कुराहरुमा आमने सामने बसेर छलफल गर्न सकिने बिषयहरुमा पनि मिडिया बाजी गर्दा समाज झन बिभक्त हुने तर्फ एन आर एन पूर्ण सचेत छ, यस्ता गतिबिधिले सामाजिक सद्भाब बिथोलिने र ठुला महत्वपूर्ण परियोजनाहरुको सामुहिक तत्परतामा आँच पुग्न सक्ने भएकोले साझा सहमति जुटाउन र नेपाल र नेपालीलाई केन्द्र बिन्दु बनाउन नेपाली दुताबास सँग सहकार्य हामी सबैको अपरिहार्यता रहनु पर्दछ । आगामी दिनहरुमा सबै खाले बिषयहरुमा सरोकार वाला संघ संस्था तथा महानुभाबहरु एकै थलोमा बसि सम्बाद र निश्कर्श निकाल्न एन आर एन बिशेष आग्रह गर्दछ । एन आर एन बेल्जियम सदैब साझा सहमति र सहकार्य को समन्वयात्मक भूमिका निर्बाह गर्दछ ।

४ इपर परियोजना

हाल सम्म बिभिन्न ब्यक्तित्व तथा संघ संस्था हरुले इपर सिर्षकमा पुर्याएको योग्दानको उच्च कदर गर्दै दुताबासको नेत्रित्वमा बनेको अध्ययन कार्यदलको प्रतिबेदन पस्चात इपर नगरपालिका प्रमुख सँग राजदुतले सम्बाद गरी गोर्खाजको सम्मानमा स्मारक बनाउन उप्लब्ध जमिन र अन्य सहयोग लाई कार्यन्वयन गर्न गराउन तत्कालै एक नेपाली समुदायको प्रतिनिधिमुलक स्मारक निर्माण समिती बनाउन दुताबास को परामर्श लियी चाडै सबै संघ संस्था तथा ब्यक्तित्व हरु सँग सम्बाद्को लागि एन आर एन ले आ बहान गर्नेछ ।

५ मिडिया सन्दर्भ

एन आर एन बेल्जियम लगायत यहाँको नेपाली समुदायको सामुहिक सकारात्मक गतिबिधी प्रति केहि मिडिया र ब्यक्तिहरुले निरन्तर नकरात्मक टिप्पणी गर्दै समाज भाड्न प्रयत्न गरिरहेको प्रति संस्थाको गम्भिर ध्यानाकर्षण भएको छ ।www.nepalplus.com का सम्पादक ले आप्नो ब्लगमा श्रिन्खलाबद्द रुपमा केही समय देखी बिभिन्न छद्म नामबाट एन आर एन बेल्जियम र सम्बद्द पदाधिकारीहरुको ब्यक्तिगत चरित्र हत्या लगायत संस्थाको ब्रिहत्तर गतिबिधी नेपाल हाउस र इपर परियोजना उपर जनमानस भड्काउने, बित्रिश्णा जगाउने र बेल्जियम नेपाली समुदयको छबी बिगार्ने कृयाकलाप गरेको हुँदा त्यस्को खेद प्रकट गर्दै सच्चिन सचेत गराइन्छ । नेपाली समुदाय र दुताबास बिच दुरी बढाउने, नेपाली समुदयमा चेतना बढाउने भन्दा उत्तेजना बढाउने लेख प्रतिकृयालाई प्रश्रय दिने र बैयक्तिक स्वतन्त्र जिबन प्रति बर्बादी पुर्याउन उद्दत त्यस ब्लग का सम्पादक र तिनलाई सघाउने ब्यक्तिहरुलाई तत्काल त्यस्ता हर्कत रोक्न यसै बिज्ञप्ती मार्फत सुचित गरिन्छ ।

जानकी गुरुङ

अध्यक्ष

शिव कुमार बरुवाल

महासचिब

एन आर एन बेल्जिय

तलका संवन्धित लेखपनि हेर्नुस्

बेल्जियममा उधारो दान, नगद सम्मान

बेल्जियममा धर्मका नाममा अधर्मीहरु

दबाबमा पारेर महायज्ञमा दान माग्ने बेल्जियमका कागजी दानबीरहरु

बेल्जियमका नेपालीबिचको बैमनस्यता एउटै यज्ञमा स्वाहा पार्दैछन् पण्डित दिनबन्धुले

शरणार्थी क्याम्प बसेका पीडितलाई’नी यस्तरी ठग्ने ?

यत्रो दान किन दिइस् भन्दै बेल्जियममा रडाको

एन आर एन बेल्जियमका पदाधिकारी हो कता गए तिम्रा आश्वासन ?

मानव बेच बिखनको प्रसंग र बेल्जियमको राजनिति

बेल्जियममा दियो युनिटीले सास्ती, प्रहरी कागजपनि शंकास्पद

तपाइँको प्रतिक्रिया