बेलायती महारानीको चितवन शिकारयात्रा
बेलायतकी महारानी एलिजावेथको टोलीले गैंडाको शिकार गरेपछि राजा महेन्द्रले सोधे ‘गैंडाको अंग के गर्नुहुन्छ ? म अगाडिका खुट्टा र सिङ लिन्छु । पछाडीको खुट्टा मेरो सेक्रेटरीले लेलान् ।’
‘के गर्नुहुन्छ खुट्टा र सिङ ?’
महारानीले भनिन् ‘म खुट्टाबाट सायद काम नलाग्ने कागजहरु थुपार्ने भाँडो बनाउँछु की !’
‘कस्तो भयो तपाईको यो यात्रा ?’
रानीको जवाफ थियो ‘मेरो जिवनकै सबैभन्दा महत्वपूर्ण क्षण हो यो शिकार यात्रा ।’
हुन त सन् १९११ मा बेलायतका राजा जर्ज पाँचौं थिए नेपाल गएर शिकार खेल्ने राजपरिवारका सदस्य । उनले त्यतिबेला ३९ बाघ, १८ गैंडा, चार वटा भालु र एउटा चितुवा शिकार गरेका थिए । त्यो बेलाको टाईम म्यागाजिनका अनुसार त्यो चितुवा त शिकार गर्ने क्रममा शाही भ्यानमाथिबाट उफ्रेर कुलेलम ठोक्न खोजेको रहेछ । त्यसपछि शिकारमा गईन बेलायती महारानी एजिजावेथ दितियपनि । उनको शिकार यात्रा भएकोपनि चितवनमै थियो । तर उनलाई शिकार यात्रा गराउने बेला क्या अचम्मको ब्यवस्था गरिएको रहेछ । त्यतिबेला उनी भारतबाट नेपाल गएकि रहिछिन् । १९६१ को फर्वरीमा त्यो सवारि भएको थियो ।
उनलाई शिकार गराउन लैजान ३०५ वटा शिकारमा दक्ष हात्ती तैनाथ गरिएको रहेछ । नेपालीहरुले मेघौलीमा रापती नदीको किनारमा जंगल फाँडेछन् । रानीलाई सर्प र किराले नटोकोस भनेर झाडी फाँडिएको रहेछ । त्यहाँ दुई वर्ग मिटरमा ६ इन्च् गहिरो खाडल खनियो । माटो झिकेर यस्सो उच्च बनाईयो । त्यसमा टेन्ट गाडियो । त्यसमा पानीको पाईप जोडियो । प्लस्टिकका बकेट लगियो । त्यो ठाउँमा पुरै डिडिटी छरियो । दुई वटा ओछ्यान भएको रानीको टेन्टमा टबबाथ बनाइयो तातो पानी आउने बनाइयो । चर्पीपनि फ्लस गर्ने बनाइयो, रानीले दिसा बस्दा बस्ने ठाउँको बिर्कोमा भेल्भेटको कपडाले मोडियो ।
मेघौलीको बिमानस्थल त्यहि बेला बनाइएको रहेछ । काठमाडौंदेखि मेघौली पुग्ने १६० माईल लामो त्यो सडक फराकिलो पारिएछ । खाल्टाखुल्टि पुरिएछ । रानीको टेन्टबाट करिब साँढे छ किमी टाढा शिकार गर्न क्याम्प बनाइयो । त्यहाँको जंगलमा पाँच फिट अग्लो सेतो लुगाले घेरो बनाइयो । त्यो सेतो लुगाको घेरोभित्र बाघलाई पारिएको थियो । शाही परिवार बिस्तारै हात्तीमा चढे । त्यो शिकार गर्ने ब्यवस्था मिलाउने कामदार र शिकारीहरुलाई बियर, हुस्की, जिन सम्मको ब्यवस्था गरियो । तर रानी एलिजावेथले बन्दूक चलाउन अस्विकार गरिछन् । त्यो राजकुमार फिलिपले चलाएछन् । तर फिलिपपनि हातका औंलामा समस्या भएकाले तारो लगाउन असमर्थ भएपछि राजा महेन्द्रले बेलायति परराष्ट्र सचिव लर्ड होमलाई दिएछन् । तिन पटक हान्दापनि लर्ड होमले तिन पटकनै निशाना लगाउन सकेनन् । त्यसपछि उनीहरुले राजकुमार फिलिपका सचिव, आर्थिक कारोबार हेर्ने क्रिस्टोफर बोनह्याम कार्टर, मेसेल आडेन लगायतलाई हान्न लगाए । पछि लर्ड होमले प्रतिक्रिया दिए “राजकुमार फिलिपले हान्नु पर्थ्यो । मैले नत कहिल्यै हात्तीनै चढेको थिएँ न त चिडियाखान अबाहिर बाघनै देखेको थिएँ ।”
अर्को दिन बेलायतकी महारानीका लागि कालो तित्रा, ठूलो खर मुजुर र बँदेलको मासु खुवाइयो । त्यसपछि उनीहरु गैंडा शिकार गर्न गए । यो शिकार पछि बेलायतको त्योबेलाको चर्चित चर्च टाईम्सले यो भ्रमणको आलोचना गरेछ “त्यत्रो पैसा खर्च गरेर त्यस्तो गरिब मुलुकमा महारानीलाई शिकारमा लैजानु उपयुक्त थिएन ।”
तर महारानीले चाहिँ क्यामरा सोझ्याउँदै राजा महेन्द्रलाई भनिछन् “यो मेरो जिवनकै सबैभन्दा खुशिको क्षण हो ।” गैंडा मारेपछि के गर्ने त त्यसका अंग ? उनले भनिन् ” म सायद सिङ र अगाडिका खुट्टा राख्छु र मेरो सेक्रेटरी सर मिसेलले पछाडिको लेलान् । खुट्टा म के गर्छु भन्ने मलाई निश्चित त छैन तर सायद फालिएका कागज हाल्ने बास्केट बनाउँछु कि !”
(अन्तिम भन्दा माथिल्लो जर्ज शिकारमा जाँदै गरेको । अन्तिममा चाहिँ बाघको शिकारपछि खाना खाँदै )।
(फोटो- बेटम्यान कोर्बिस । । अन्तिमका दुई वटा चाहिँ एसोसिएट न्युजपेपर, लण्डन)












