फोटोमा जिवजन्तु (२२ औं भाग)

मेक्सिकोको युकातान प्रातस्थित सेलेस्टुन सिमसारमा एउटा बकुल्लाको माथि उडीरहेका फ्लेमिंगो चराहरु । फोटो- रोयटर्स

रेड ब्रेस्टेड रोबिन (धोबिनी चराको प्रजाति) चरा । घाँटीमा देखिएको सुन्तला रङ उमेर र लिंग अनुसार फरक फरक हुन्छ । चहकिलो, अलि मधुरो, ठुलो धब्बा वा सानो । फोटो – डेभिड जोन / पि ए

तिब्ब्तियन बाँदर (टिबेतन मकाक) हरु तिब्बतको सन्नानस्थित दार्गो घाँटिमा खेल्दै । फोटो- सिन्हुवा

दक्षिण अफ्रिकाको कुगर राष्ट्रिय निकुञ्जमा आँखा गाडिरहेको चितुवालाईनै चुनौति दिँदै आफ्ना साथी, समूह जोगाउन चितुवाको सामुन्ने पुगेको बबुन बाँदर । फोटो- ग्रेटस्कोफ्ट / बारकोफ्ट इमेज

मलेशियाको क्लाङ सलाङगोरमा आफ्ना दुई बचेरालाई गूँडमा आहार खुवाउँदै ओलिभ ब्याक्ड सनबर्ड (बल्छि चरा) । फोटो- भिन्सेन्ट थियान / एपी

काजख्स्थानको काराटेरनस्थित आराम समुद्र नजिक उडीरहेका पालास गल्स (फ्यालफ्याले) चरा । फोटो- सामिल जुमातोभ रोयटर्स

बेलायतको बेल्पेरस्थित एक बगैंचामा एउटा फूलमा बम्बल बी (माहुरी) र लेडीबर्ड । फोटो- काटि जोनसन / आलामी

भारतको महाराष्ट्रस्थित ताडोभा आन्धारी बाघ संरक्षण केन्द्रमा म्रिगलाई परैबाट नियालीरहेकि एक बघिनी । फोटो -ऐश्वर्यश्रीधर / बारकोफ्ट ईमेज

दक्षिणपश्चिम चिनको चोङ्गिङमा रहेको बाँदरहरुको बस्तिमा पहाडबाट नियालीरहेको एउटा बाँदर । फोटो- लिउ छान / सिन्हुवा

संयुक्त अरब ईमिरेट्सको दुबाईमा रहेका बिशाल भवनहरुको बिचबाट बसाईसराईमा हिँडेका फ्लेमिंगो चराहरु उडान गर्दै । अग्ला भवन बनाउनाले चराहरुको बसाईसराईमा नकारात्मक प्रभाव पार्दै गएको छ । फोटो – कमरान जेब्रेली  एपी

हामीलाई फेसबुक र ट्विटरमा पछ्याउनुस् 

https://www.facebook.com/nepalplus

https://twitter.com/nepalplus

फ्रान्सेली भाषा बोल्ने साथीहरु छन् भने फ्रान्सेली भाषाको लागि सिफारिस गर्नुस्

https://www.facebook.com/nepalplusenfr

https://twitter.com/nepalplus

तपाइँको प्रतिक्रिया