आफन्तको मृत्यु हुँदा अन्त्यष्टि क्रिया गर्छन् चरा !
यसलाई सम्मान भनेर पनि बुझ्न नसकिने त होइन नै । म्रित्यु भएका आफन्तमाथि गरिने सम्मान । तर चरा विदहरुले भने चराहरुले आफन्त मर्दा काजक्रिया गर्छन् भनेर ब्याख्या गरेका छन् । भन्छन्, उनीहरुले देखेकोपनि त्यहिनै हो । टेरेसा ग्लेसियाले आफ्ना केहि साथीहरुसित वेस्टर्न स्रब जे भनिने चराहरुको अनुसन्धान गरेकि थिईन् । उनीहरुलाई त्यो प्रजातिका चराको म्रित्यु हुँदा अन्यले गर्ने क्रियाकलाप देख्दा शंका लागेको थियो । त्यसैले अनुसन्धानमा लागे । उनीहरुले पाए, यो प्रजातिका कुनै चरा मर्यो भने परिवारका बाँकि सदस्य र साथीहरुले दुख मनाउ गर्ने, उडेर त्यसको म्रित शरिर माथि जाने । नजिकै गएर हेर्ने गर्ने रहेछन् । तिनले बेवास्ता गर्ने होइन अन्य चराले झैं । बरु समूहमै गएर म्रित शरिर नजिकै बस्ने रहेछन् ।
त्यति मात्रै होइन, ति चराले आफन्तको म्रित्यु हुँदा शरिर नजिकै बसेर बिलौना गित गाउने रहेछन् । तिनले त्यस्तो बेला कर्कस स्वर निकाल्ने, निरस बोलीमा बोल्ने गर्दा रहेछन् । आफन्त मर्दा अरुलाई त्यसको जानकारि दिन छुट्टै दुखको आवाज निकालेर अरु टाढा टाढा भएकालाइ बोलाउने रहेछन् ।
यसलाई उनीहरुले हाप्सिलो देखेका बेला भिन्न आवाज निकाले झैं भनेर तुलना गर्न खोजेका छन् । बैज्ञानिकहरुले अन्यलाई बुझ्न सजिलो होस् भनेर त्यससित तुलना गरेका हुन् ।
चराहरुले आफन्त यसरि मरेको देखेपछि त्यस ठाउँमा खतरा हुन सक्छ भनेर अरुलाई सतर्क गराउनपनि भिन्न तरिकाले आवाज निकाल्ने, अनौठो अक्रियाकलाप गर्ने, टाढै रहन र त्यस वरिपरि नआउन सुचना दिनकालागि अनेक खाले आवाज निकाल्छन् । आफ्नो साथी वा परिवारिक सदस्य कसरि मर्यो भन्ने बिरलै देख्ने हुँदा चराहरुले त्यस ठाउँमा खतरा छ भनेर बढि सतर्क गराउने गरेको बताउँछिन् खोजमा संलग्न अनुसन्धानकर्मी टेरेसा ग्लेसियास । उनीहरुले के पनि पत्ता लगाए भने कुनै पनि चरा मरेको, घाइते भएको देखेपछि त्यस ठाउँमा कम्तिमा २४ घण्टा जति अन्य चरा चर्न आउने रहेनछन् ।







