तस्विरमा पत्रकार महासंघ युरोपको अधिबेशन
नेपाल पत्रकार महासंघ युरोपको प्रथम अधिबेशन अस्ति आइतवार भयो । प्रमुख अतिथीका रुपमा निम्त्याइ एकाथिए नेपाल पत्रकार महा संघका अध्यक्ष शिव गाउँले । अधिबेशनले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गर्यो । सोचेको जसरि अधिबेशन त भएन नै तर शान्तिपूर्वक भयो । नयाँ कार्य समितिमा अध्यक्ष मह्श थापा आए । वरिष्ठ उपाध्यक्ष लक्ष्मण देवकोटा, उपाध्यक्षद्धय केजीन राई र पुष्प वरुवाल, महासचिवमा प्रकाश ढकाल, सहसचिवमा जंगम खड्का र कोषाध्यक्षमा अनुराधा पौडेल । निराजन श्रेष्ठ, टेक नेपाली, सरस्वती कार्की, बिनोद घिमिरे, विनोद खकुरेल, दिपज्योती पौडेल सदस्य भए । पार्षदमा ओम शर्मा, डिल्लीराम अमाई, सुर्दशन सिमखडा, भीम केसी र बाबुराम भुसाल छन् । तस्विरहरु निराजन श्रेष्ठले खिचेका हुन् ।
अधिबेशनकालागि भनेर नेपाली एकता समाज, तमु समाज फ्रान्स र पाकोफेन भन्ने संस्थाले संयुक्त रुपमा सहयोग गरेका थिए ब्यवस्थापनकालागि । पत्रकारहरुलाई देखाउन, मनोरञ्जन दिन भनेर नेपाली न्रित्य र संगितको ब्यवस्था गरेका थिए । तर नेत्रित्व चयनको कुरोमा समय धेरै बितेपछि त्यो हेर्नै भ्याएनन् । नेपाली संस्थाहरुलाई पत्रकारका बिचमा परिचय गराउने, ति संस्थाका योगदानबारे सुनाउने र देखाउने भनिएको पावरपोइन्टपनि देखाउन भ्याइ एन ।
अधिबेशनको माहौल पत्रकारको जस्तो नभएर राजनितिक पार्टीको जस्तो भयो । पार्टीका नेताको चुरीफुरी, सुझाव दिने र पत्रकारहरुलेपनि तिनै नेताका कुरा सुन्ने काम गरे । यसका बारेमा बिबेचनापूर्ण लेख पर्खिनुहोला । अहिलेलाई कार्यक्रमका केहि फोटो हेर्नुस् । 
नेत्रित्व छनोट गर्दासहमती हुन नसकेपछि छेउकुना लागेर कुरो मिलाउने कोसिस गर्दै पत्रकारहरु ।
पत्रकारहरुलाई देखाउन तयारि गरिएको नेपाली सांस्क्रितिकको झलक ।
निर्वाचन समितिबाट आफ्नो बिजयी प्रमाणपत्र लिएर सामूहिक तस्विर खिचाउँदै पत्रकारहरु ।
नेपाल पत्रकार महा संघ केन्द्रिय अध्यक्ष शिव गाउँलेको उपस्थितिमा नेपाल पत्रकार महा संघ युरोप शाखाका अव निर्वाचित अध्यक्ष महेश थापा र अन्य कार्यकारी समितिका पदाधिकारीलाई बधाई र सफलताको कामना गर्दै म आफैं।
कार्यक्रम सकिएपछि राजदूता निवासमा भोजको एक द्रिष्य । महा संघको कार्यक्रममा उपस्थित नहुने भनेपनि एन आर एनका केहि सदस्य भोजमा भने पुगेका रहेछन् ।












