अमेरिकी युवाले मंगलग्रहमा यान पठाए, हाम्रा युवा सडक यान तोड्दै

उताका युवाले यान बनाए । मंगलग्रह पठाए । यान मंगलग्रह पुग्यो । नयाँ नयाँ तस्वीर पठाइरहेछ । दुनियाँ त्यसको खुसीमा मस्तराम छ । यताका युवाले सरकारको विरोध थाले । सडकमा गुड्ने यानहरु तोडफोड गरे । कुच्याए । लाठी मुंग्री गरेर रमाए । हजारौं लाखौं एकाविहानैदेखि युवाले गरेको बन्दले आफैलाई धिक्कारी रहेछन् । आखिर उनीहरु र हामीमा यही त फरक रहेछ । उनीहरु सिर्जना तिर ध्यान दिने रहेछन् । हामी सिर्जनालाई आगो लगाउनतिर ध्यान दिने रहेछौं । वाह, राजनीतिका झोले नेपाली युवा !!!! दुनियाँलाई दुख दिएर क्या बहादुरी गर्दैछौ  ।

मंगल ग्रहमा क्युरियोसिटी नामक यान पुगेपछि नासाका बैज्ञानिकहरु रमाउँदै ।

यान सँगै लगिएको क्यामराले खिचेको ताराहरुको तस्विर

मंगल ग्रहमा उत्रिने बेला यानको गती नियन्त्रण गर्न झुण्ड्याइएको करिब एक टन बराबरको रेट्रो रकेट भनिने प्यारासुट । तस्विर यसैमा जडित क्यामराले लिएको हो ।

भिडियो हेर्ने भए यहाँ क्लिक गर्नुस्

(आज अनमोलमणी पौडेलको फेसबुकमा लेखिएको यो स्टाटसले छोयो । त्यसैले उनको फेसबुकबाट यो साभार गरेको हुँ । तस्विर नासाको वेभ साईटबाट लिईएका हुन् )।

तपाइँको प्रतिक्रिया