पात्र खोज्दै स्विजरल्याण्डमा
(केसरी दिदी र आमुस सेर्जसित, क्लेमँ लेक (जेनेभा लेक भनिने रहेछ अंग्रेजीमा) को छेउमा)
हिजो फ्रान्सको बुगोनिँयबाट जुरा हुँदै पहाड छिचोलेर एक जना फ्रान्सेली साथीले स्विजरल्याण्डको जेनेभा ल्यादिए । भेट भए आमुस सेर्ज, नेपालको दोलखा र सिन्धुपाल्चोकमा करिब ३१ वटा स्कूल बनाएका स्विस परियोजन आन्तर्गत । उनकी पत्नी रहिछिन् केसरी लामा । यी जोडीले स्वागत गरे जेनेभामा । हिजो उनले देखे भोगेको सन् १९७६ देखिको नेपालबारे अन्तर्वार्ता गरें । नेपालका झण्डै दुई सय मन्त्रीहरुलाई जेनेभामा भेटेका । उनले सारै चाखलाग्दा, मन छुने र बिरक्त लाग्ने कुरापनि सुनाए नेपाली नेताका । नेपालको अवस्थाबारे । म बिस्तारै लेख्दै जानेछु ।
म यूरोप बसाईका क्रममा नेपालीले देखे भोगेका, पिडा र संघर्षका कहानी सुन्न आएको हुँ आगामी पुस्तककालागि । केहि स्विससितपनि अन्तर्वार्ता गर्नु छ । अब एक घण्टामा म बेर्न भन्ने अर्को शहर जाँदै छु । यीनै नेपालका ज्वाइँ आमुसले उता लैजाँदै छन् । यी जोडीले मेरो बसाई सकेसम्म रमणिय र उपलब्धिमुलक बनाउन कोसिस गरेका गरेका छन् मन प्रफुल्ल बनाएर । आज बिहान उनले यस्सो केहि बेर यहाँको ला क्लेमँ ताल घुमाउन लगे ।
(केसरी दिदी र आमुस मुससित, क्लेमँ लेक (जेनेभा लेक भनिने रहेछ अंग्रेजीमा) को छेउमा)
अब बेलुका सम्मै अन्तर्वार्ताको मेसो मिलाइदिएका छन् सेर्जले । बिस्तारै लेख्दै जानेछु । तिन दिनमा आज बल्ल नेट चलाउन पाएकोले सोचे जसरि लेख्न भ्याएको छैन । अब साँझ फर्किएपछि मिले केहि लेखौंला । नत्र भोली त अवश्यै केहि लेख्न भ्याइएला ।
(जेनेभा तालमा घामको अवतरणसँगै पानीमा देखिएका तारा जस्ता छायाँ)
(जेनेभा तालमा घामको अवतरणसँगै पानीमा देखिएका तारा जस्ता छायाँ)
(जेनेभा तालको छेउमा टहलाउँदै विकासे हाँस)
(फ्रान्सको बुर्गोनिँय क्षेत्र भएर बग्ने सोन नदी)
(स्विजरल्याण्ड प्रवेश गर्नु अघि पहाडको काखैमा बसेको जुरा गाउँ । यो फ्रान्समा पर्छ)
स्विजरल्याण्डमा मेरो कामकोलागि सहयोग गर्ने र चासो राख्ने कमल क्षेत्री, धनपती सापकोटा र आशिस होउन् कि स्विस नागरिक सबैलाई फेरि धन्यावाद । कसैलाई कुरो गर्न मन् छ स्विजरल्याण्डमा भने मेरो स्विस मोबाईल नम्बर 07 664 19132 मा फोन गर्न सक्नुहुन्छ ।












