दक्षीणी फ्रान्स हुँदै अब स्विजरल्याण्ड

गत मंगलबार बिहान एक्कासि निर्णय गरेर म फ्रान्सको दक्षिणी क्षेत्र आइपुगें । ओस्कोन प्रान्त, कोत दोर भन्ने लगायतका केहि क्षेत्र पुगेको छु । आज ३२ डिग्री छ तापक्रम । हिजो हिमालबाट बग्दै आएको चिसो पानीमा नुहाइयो । एक जना  फ्रान्सेली साथीको २१० वर्ष पुरानो घरमा बसेको छु । नेट, फोन केहि छैन । भुत बंगाला जस्तो बडेमाको घर । पुरै गाउँले शैली छ गाउँ भएकोले न हो । को आयो ? किन आयो ? कता बाट कसरि आयो ? वरिपरिका छिमेकी चासो राख्न आए ।

हिजै फ्रान्सको एक प्रमुख नदी सोनको किनार हिँडे केहिबेर । अब फेरी नुहाउन अजने हो चिसो पानीमा नदीको । यो हिमाली क्षेत्र नजिक पर्नाले नदी प्रदुषित छैन । गाउँ सुनसान छ । साईबर काफे यो गाउँमा एउटापनि रहेनछ । एउटा रेस्टुरेन्टमामा रहेछ २० मिनेटको २ यूरो तिरेर । त्यसलेपनि काम गरेन । हुलाकमा आएर चलाएको हो नेट, त्यहिँबाट लेख्दै छु यो ब्लग । तर ब्लग नियमित नयाँ पुराना केहि न केहि समाग्रिले अपडेट हुने नै छ । २९ मा स्विजरल्याण्डको जेनेभा पुग्छु । त्यहाँ नेपाललाई माया गर्ने, चिनेजानेका केहि स्विससित अन्तर्वार्ता गर्नु छ । मन छुने कथा भएका, बिदेशको बसाईका क्रममा दुख अक्स्ट भोगेका, यस्तरि कि त्यो सुन्दा मन चस्स हुने । त्यस्ता कथा बोकेका केहि नेपालीसित अगामि पुस्तकको लागि अन्तर्वार्ता गर्ने सोच छ । कोहि हुनुहुन्छ भने मलाई सम्पर्क गर्न सक्नुहुन्छ । वा सम्पर्क गराएर सहयोग अग्रिदिए निकै आभारी हुने छु ।

मेरो मेल [email protected]

तपाइँको प्रतिक्रिया