हिरामोती खाने साङ्लेकिरा !!

 -एस बी छन्त्याल, बेल्जियम-

एक समय (जमाना) थियो-आकाशमा डोरीझैं लाग्ने, काउँ काउँ गर्दै उड्ने जिवलाई मैले प्रश्न गर्थें कि त्यो के हो आमा भनेर । प्रतिउत्तरमा साङ्लेकिरा हो । यसले हिरा मोती खान्छ,  भन्ने सुन्दा यसलाई कसरी भेट्न सकिएला हँ ? भन्दै मनमा अनेक कौतुहलता जाग्थ्यो। आज तिनै सुन्दर मेरो मनका कौतुहल जगाउने चरा बर्डफ्लु नामक घातक रोगको सम्बाहक बनेका छन भनिन्छ । तर मेरो मन मान्दैन । म जती ती चराहरुको समिपमा पुग्छु, लाग्छ यि महामानबहरुलाई बित्थामा दोषको भारी बोकाएका छन। हेरौं यिनै सुन्दर चराहरुको केही तस्बिर । शायद यही फोटो बोल्ने छ घातक रोगका सम्बाहक हुन कि होईनन भनेर । यी तस्बिरहरु मैले  मेसेलेन (Mechelen) शहरको प्रक्रिती संरक्षण केन्द्र (Mechelsebroek) भन्ने ठाउँमा खिचेको हुँ ।

dsc_0385.JPG

मैले केहि समय अघि कन्तिपुरमा एउटा लेख पढेको थिएँ बर्ड फ्लु संबन्धि । मैले कान्तिपुरे लेखकले भनेकै प्रजातिको हाँस बस्ने ठाउँमा २ बर्ष देखी अध्ययन गरेको छु  । त्यो ठाउँमा कुनै फ्लु आएको पनि छैन अनी कुनै जातिको चरा पनि मरेका छैनन। ति हाँस हरेक बर्षको गर्मी समयमा बसाइ सराइ गर्छन् अनी जाडोमा फेरी यही नै आउने गरेको पनि छन। ती हासँहरुसँगै स्थायीरुपमा बसोबास गर्ने चराहरु पनि छन  । अनि पहिलो बर्ष भन्दा यो बर्ष झनै धेरै आएका छन।  जब यि उड्छन लाग्छ, सिंगो आकाश चराको नै त होइन ? यो तस्बिरमा रैथाने र बसाइ सराइ गर्ने दुबै मिस्रित चराहरु छन।

dsc_1213.JPG

(पहिले क्यानडामा मात्रै पाइन्थे यि। त्यसैले यिनको नामपनि क्यानेडियन गुज राखियो। अहिले यि यूरोपभरि छरिएका छन)

dsc_0316.JPG

(बादल मडारिएझैं यसरि उड्दापनि यि चरा एक अर्कामा ठोक्किँदैनन)

dsc_0653.JPG

(बिहान उठ्नासाथ सूर्योदय वा वास बस्नुअघि सूर्यास्तका बेला यसैगरि आहारा खान तल्लिन हुन्छन चरा)

dsc_1179.JPG

(आकाश, जमिन वा पानी जहाँपनि बस्न सक्ने कस्तो क्षमता है चरामा ?)

dsc_0997.JPG

(पानीमा खेल्दा खेल्दै निदाउँछन टाउको ढाडमा अड्याएर कोहि चरा त)

dsc_0837.JPG

(ओ हो हो ! गाई भैंसीका बथान जस्ता कति हुन चरापनि !)

dsc_0370.JPG 

(बिस्कुन सुकाएको होइन है, यिपनि हुन चराकै बथान)

dsc_0170.JPG

(तँलाई पख् ! मान्छेलाई मात्रै होइन बिजुलीको तातोले त चरालाईपनि आकर्षण गर्छ)

dsc_0204.JPG

(को अग्लो ? ! चरा एक आपसमा खेल्छन पनि)

dsc_0670.JPG

(छम छम नाचिदिउँ उठेर !!! पोथीलाई आकर्षित गर्न वा आफैं रमाउनपनि नाच्ने गर्छन चरा)

dsc_0601.JPG

(वस्ति वरिपरि रमाउने चरापनि त नहुने होइनन)

dsc_0556.JPG

(बरफले जमिन ढाकेका बेला न्यानोमा बस्न रमाईलै हुँदो हो, आहारापनि त खोज्नुपर्‍यो नी !)

-छन्त्याल जीको अघिल्लो फोटो फिचरपनि हेर्नुस-

डाँडाकाँडाको शिलो खोज्दा सूर्योदयको एक झलक   ।
 

तपाइँको प्रतिक्रिया