फ्रान्सेलीले बनाए लामखुट्टे जत्रो जासुसी बिमान

हाम्रो देशमा पो अनेक वर्ग, स्वार्थ, पार्टी र नेता नेताबिच मारमुंग्री छ । बिदेशीहरु त देशको विकास खसगरि बिज्ञान र प्रविधीका क्षेत्रमा कम्मर कसेर लागिरहेका छन् । हरेक दिन नयाँ नयाँ प्रविधीको विकास गरिरहेका छन् । अहिले पछिल्लो समयमा लामखुट्टे जत्रै जासुसी बिमान बनाएका छन् । यसले अहिले विश्व बैज्ञानिक जगतमा हलचल मच्चाएको छ । लामखुट्टी जत्रो जासुसी बिमाननै बनाएपछि त्यसो नहोसपनि किन ?

अमेरिकाको जोन हप्किन विश्व विध्यालयका बैज्ञानिकहरुले अमेरिकन युएस एयर फोर्सको अनुसन्धान बिभागसँग मिलेर यस्तो बिमान बनाएका हुन् तर फ्रान्सेलीले बनाएको बिमानलाई पुनर्संरचित गरेर ।। एरिङटनमा रहेको राईट पाटेर्सन एयर फोर्सका अनुसन्धानकर्मीहरु संलग्न थिए । उनीहरुले बनएको त्यो बिमानको नाम माइक्रो एरियल भेहिकल (एम ए भी) राखेका छन् । विश्व बिध्यालयका अनुसन्धानकर्मीहरु संलग्न भएपनि सुरक्षा र गोप्यतबारे भने राज्यको नियन्त्रणमा रहने बताइएको छ ।

प्रारम्भिक सोच अनुसार यसलाई अमेरिकी सेनाले प्रयोग गर्ने छन् । यो बिमानले खास गरि शहरि क्षेत्रका घना वस्ती छिचोल्ने छ । तिब्र हावाहुरी चल्दा सुरक्षाका अन्य माध्यमलाई प्रभावित पार्ने बेला र एकदम धेरै मानव चहलपहल हुने ठाउँमा यसलाई प्रयोग गरिने छ । यसले सुरक्षासँग संवन्धित घटनाको खोजि गर्ने छ । उद्दारकालागि आवश्यक घटनाबारे जानकारि लिने छ । त्यसैगरि विविध क्षेत्र र सुरक्षा चासोका विषयमा निगरानी र अवलोकन गर्ने छ ।

यसको आकार एउटा लामखुट्टे जत्रै छ । अमेरिकी एयर फोर्सले सार्वजनिक गरेको जानकारी अनुसार भने यसको लम्बाई जम्मा दुइ फिट छ । यसले शहरिया क्षेत्रका भवनका छानामाथि गएर तलको सूचना संकलन गर्छ । यसका फिक्स्ड विङ (जहाजका जस्ता पखेंटा) वा हेलिकोप्टरका जस्ता नाच्ने पखेंटापनि बनाउन सकिन्छ । अथवा पखेंटाबिहिनपनि बनाउन सकिन्छ ।

फ्रान्सेली रक्षा मन्त्रालयका अनुसार लण्डनस्थित युरोपियन अफिस अफ युरो स्पेसरिसर्च एण्ड डेभलपमेन्ट र फरन्सेली रक्षा मन्त्रालयको संयुक्त रुपमा लगानीमा फ्रान्सेली बैज्ञानिकले सन् २००९ मा यसको नमूना बनाएका हुन् । अमेरिकाको अति विशिष्ट मौसम र वस्ती अनि सुरक्षा चासोमा यो नमूना गुप्तचर बिमान उपयुक्त देखिएको हो । फ्रान्सको तुलुज शहरस्थित डा जँ मार्क मोसेताले यो बनाएका हुन् । उनी तुलुज शहर स्थित आँस्तिचु सुपेरियर द लेरोनोतिक ए द लेस्पास अँ तुलुज भन्ने संस्थासित आवद्द छन् । उनले माभियों भन्ने नाम राखेका हुन् । उनले यसलाई पहिलो पटक ३० सेन्टिमिटर फिक्स्ड विङ भएको बनाएका थिए । यसले बिमान झैं उड्ने र हेलोकोप्टरझैं चक्कर लाउने, एकै ठाउँमा अडिने, अगाडि वा पछाडी सर्ने सबै गर्न सक्छ । यो सैन्य र ब्यापारिक सबै प्रायोजनकालागि उपयुक्त देखिएको छ ।

अमेरिएकी बैज्ञानिकहरुले यो जासुसी बिमान पुतलीको उडानसित मेल खाने ठानेर हाल पुतलीको उडानमा अनुसन्धान गरिरहेका छन् । उनीहरुले भिडियो क्यामराको माध्यमले पुतलीको उडान निगरानी गरिरहेका हुन् । सानो भएकोले अपराधका क्रियाकलाप, लागू औषधका ब्यापारी र ओसारपसार, अन्य अपराधिक गतिबिधी तथा शत्रुका जासुसी बिमान र क्रियाकलापको निगरानी गर्न यो ज्यादै महत्वपूर्ण हुने अमेरिकीहरुको विश्वास छ ।

तपाइँको प्रतिक्रिया