फोटोमा जिवजन्तु

तस्विर – डान किटवुड

यि चराको नाम गानेट हो । यि समुद्री चरा हुन् । यिनको आफ्नै संसार छ समुद्रमा । यि अरुबेला पानी बाहिर बिरलै जाने गर्छन् । तर गूँड बनाउने चाहिँ टापू, जमिनको थुम्कोमै हो । यहाँ दिईएका तस्विर सबै बेलायतको बेम्टन भनिने ठाउँमा चरा संरक्षणकालागि रोयल सोसाईटी फर द प्रोटेक्सन अफ बर्ड्सले संरक्षण गरेको समुद्रि डाँडामा हो । गानेट चराले ३० मिटर माथिबाट डाईभ हान्न सक्छन् र त्यसरि आहारा छोप्ने बेला वा आपतकालिन बेला प्रतिघण्टा सय किमीको बेगमा उड्न, डाईभ हान्न सक्छन् । पहिलो तस्विरमा गानेटका भाले पोथी चुन्बल गरिरहेका छन् ।

भालेले पोथीलाई यसरि बाहिरबाट झ्याँस ल्याएर दिन्छ गूँड बनाउन ।

यि सबै थोप्लाथोप्ला जस्ता देखिने गानेट चरा हुन् अधिकांश । सबै गूँड बनाउने ध्याउन्नमा बसेका हुन् ।

गूँड बनाउन यस्ता डोरीपनि बोकेर ल्याउँछन् । यस्तोडोरी पाउँदा गूँडलाई जेल्न झन सहिजो हुन्छ चरालाई ।

फूलपार्न बसेका गानेट चराको नजिकै आएको पफिन भनिने अर्को समुद्री चरा । यसले अरु चराको आहारा खोस्ने गर्छ ।

तपाइँको प्रतिक्रिया