ट्रक चलाउँथिन बेलायतकी महारानी (फोटो ब्लग)

राजा महाराजाहरुले धेरै खनजोत, गाइभैसींलाई मुसार्ने, गाडी हाँक्ने गर्छन् । तर त्यो सोखकालागि । बेलायतकी महारानी एलिजाबेथ द्वितियले भने साँच्चिकै ट्रक हाँक्ने रहिछिन आफ्नो देशको रक्षाकालागि । सामाजिक कामकालागि । दोस्रो बिश्वयुद्दताका जहाँपनि लडाइँ । मारामार । झैझगडा । युद्द । मान्छेहरु घाइते उत्तिकै हुन्थे । पुरुषहरु लडाइँमा । महिलाहरुले झन पती बियोग र घाइतेको सुसार गर्नु । आफैंले सहनु । हो, त्यो बेला बेलायतकी महारानी (त्यो बेला राजकुमारी) आफैंले ट्रकसम्म चलाउने रहिछिन् । सैनिक ड्रेस लगायो अनि कहिलेकाहिँ आफैंले ट्रक चलाएर हिँड्यो । उनी आफ्नो वास्तबिक भेष लुकाएर त्यसो गर्ने रहिछिन् । त्यो बेला महिला सैनिकको छुट्टै इकाई रहेछ । त्यसमा उनी सहभागी भएर सहयोग गर्ने रहिछिन्। अहिले बेलायती महरानी एलिजाबेथ गद्दिनसिन भएको ६० औं जन्मदिन मनाउन बेलायतका चोक, पूल र बगैंचा अनि पार्कलाई झकिझकाउ गरिएको छ । यसै शिलसिलामा हेर्नुस् बेलायती महारानीका केहि ऐतिहासिक तस्विर ।

(राजकुमारी मारिया देब्रेमा पहिलो र बिचमा रानी)

दोस्रो बिश्व युद्दका बेला अक्जुलरी टेरिटोरियल सर्भिस भनिने महिला सैनिकहरुको ईकाईमा सहकर्मीका साथ पछिल्लो लाइनको बिचमा एलिजावेथ । उनीहरु सैन्य तालिमका क्रममा थिए ।

सैनिक ट्रक चलाउँदै एलिजावेथ ।

रेडक्रसको तालिमका क्रममा

स्वयंसेवा गर्न जाँदै सैन्य गाडी चढेर

अहिलेको रुप रानीको । लौ लौ ६० औं गद्दि नसिनको उपलक्ष्यमा हाम्रोपनि हाम्रोपनि !

(तस्विर स्रोत- एजिनमार्क डट कम, डिस्कोभरी डटकम, एपी र वासिङटन पोस्ट डट कम)

तपाइँको प्रतिक्रिया