डाँडाकाँडाको शिलो खोज्दा सूर्योदयको एक झलक

जिन्दगीको ५ हिउँद र बर्षा बिते । तर सूर्य कहाँबाट उदायो र कता पुगेर अस्तायो भन्ने मैले कहिले पनि थाहा पाइन । कारण थियो -पराइको भूमिमा रातभरी पसिना बगाउनु । अनी दिनमा सुत्नु । भोलिको लागि तयार हुनु । उही लाटोकोसेरोको जस्तो दिन चर्या । फरक यती नै हो कि लाटोकोसेरो स्वतन्त्र रुपमा आफ्नो ईच्क्षाले जता जान मन लाग्छ त्यतै हानिन्छ । जे मन लाग्छ त्यहि गर्छ । उ स्वतन्त्र आकाशमा पखेंटा बत्ताउँछ । म भने अर्कैको अरन र खटन अनुसार खटिन्छु । नेपालमा हुँदो हुँ त सुर्योदय र सुर्यास्त डाँडाकाँडा र पहाडको टुप्पोबाट हेरिन्थ्यो । यहाँ भने अच्चम्मै हुँदो रहेछ । यसो नियालेर हेर्दा हातैले टपक्कै टिप्न पो सकिन्छ कि जस्तो लाग्ने । सामुन्नेमै भए जस्तो । जुन देशमा पहाड भेटाउन शिला नै खोज्नु पर्ने हुन्छ त्यही ठाउँमा सुर्योदय हुँदाका केही तस्बिर

sunrise-from-belgium-3.jpg

 

sunrise-from-belgium-2.jpg 

sunrise-from-belgium-1.jpg

तपाइँको प्रतिक्रिया