“कंग्रेसीका कुरा सुन्ने ? पिएचडीनै ढुस होला नी फिलीप”

philippe-remire.jpgनेपालका संकिर्ण राजनितिक दल न हुन । नेतै अधिकांश संकिर्ण सोचका छन अनि तिनले कस्ता कार्यकर्ता तयार पार्ने ? कम्युनिष्ट होस कि कांग्रेस । आखिर सबैको समाज त्यहि हो । संस्क्रिति उहि हो । ति सबैलाई सेक्ने हावापनि एकै त हो अनि के फरक हुन्थे । उनी कांग्रेसको तिर गएपछि यता मशालहरु हेर है फिलिप, ति कंग्रेसीतिर जानु हुन्न । तिनका कुरा सुन्नु हुन्न भने रहेछन । हो र ? , म त मेरो अध्ययनका लागि हो, तिनले के भन्ने रहेछन भनेर जान्न गएको भन्ने जवाफ दिने रहेछन उनी ।

कति मैबठ्ठा हुन्छन बुझ्दै नबुझि राजनितिक दलका कार्यकर्तापनि !! यो यूरोपको कुनै देशको ठिटो, यो बजिया गोरेले के बुझ्छ राजनिति ! यो मोरो साम्राजबादी देशको लौके के जान्दछ यो ? यसले केहि नबुझेरै त हाम्रो गाउँमाकेहि बुझ्न आएको छ । यो पटमूर्ख लाई हामीले जे सुनाउँछौंत्यहि बुझ्छ । त्यहि सुन्छ र हामीले हाम्रा नेताले जे भन्छन, जे सुनाउँछन त्यसैमा आँखा चिम्लेर हो भन्दै ल्याप्चे ठोकेझैं गर्छ यसलेपनि हामीले भनेका कुरामा । अनि फिलिपलाई मनलागि सुनाउने रहेछन ।

कम्युनिष्टहरु उनलाई यि कांग्रेसीहरु चोर हुन । ठग हुन । यिनले जनतालाई ठग्छन मात्रै । यि आफु खान्छन अरुलाई दिँदैनन । ति स्वार्थी हुन्छन । कंग्रेसीहरु त दिदी बहिनीपनि भन्दैनन् । तिनको कुनै आदर्श हुन्न । तिनको देश बनाउने कुनै नीति छैन । ति झगडा मात्रै गर्छन । ति मारमुंग्रि बाहेक केहि गर्न जान्दैनन । ति मण्डले हुन । फिलिप होस गर्नु है तिनले कहिल्यै साँचो बोल्दैनन । तिनका कुरा पत्याउनुहुन्न ।

तिनका कुरा सुन्यो घाँटी सम्म आउनेगरि अनि लाग्यो कांग्रेसीको क्याम्पतिर । कांग्रेसी पो के कम ? के भन्छन् हँ फिलिप ति बामेहरु ? पुग्नासाथै बामे का कुरा जान्न झम्टिने रहेछन कांग्रेसीहरु उनलाई । उनले के जवफ दिने ? उनलाई अध्ययन बाहेक तिनको झगडामा के मतलब ? के को स्वार्थ ? अँ के रे उँ त्यहि त उहि हो  चुनाबकै कुरा के  कसरि जित्ने के गर्नेके भन्ने अँ खासै त्यस्तो के भने यस्तै भनेर पन्छिने रहेछन । बिचरा उनले तिनले यसो भनेका छन तिमीहरुलाइ भन्दै लडाउन भएन

अनि शुरु भयो कांग्रेसीले कम्युनिष्टलाई सराप्ने पालो । हेर फिलिप, ति कम्युनिष्ट भनेका काम गर्दैनन । आलोचना बढि गर्छन । तिनीहरु अर्काको सम्पत्ती देखेर लोभ गर्छन । लुट्ने कुरा गर्छन । तिनीहरु धर्म कर्म केहि मान्दैन । भएका मठ मन्दिर सब भत्काउने तिनको नीति हो । आफु त मान्दैनन अरुलाईपनि मान्न दिँदैनन । बुढाबुढी पाल्ने होइन फालिदिएपछि टन्टै साफ भनेर तिनले बुढाबुढीलाई मार्छन । तिनको कुरा सुन्नु हुन्न । हामीनै भन्दिन्छौ नी फिलिप तिमीलाई के के चाहियो ल भन । तिनको बारेमा सब थाह छ हामीलाई । तिमी तिनिहरु भएतिर जाने, तिनका कुरा सुन्ने गर्नै हुन्न । तिनले भनेको कुरा सब झुठो हुन्छ । फिलिपको पिएचडी त कांग्रेस र कम्युनिष्टका कार्यकर्ता हरेकले आफैं गरिदिउँला झैंगर्ने रहेछन ।

अँ अँ भन्नुको बिकल्प छैन उनीसित । त्यसै भन्दै गर्‍यो फेरि गयो कम्युनिष्टको क्यापमा । तिनले फेरि उहि पाराले थपेर कांग्रेसीलाई गाली गर्छन । एक दुई पटक त्यो प्रक्रिया चल्छ । चुनाव नजिकै आएपछि ति झन झगडा गर्छन । तिनलाई एक अर्काबिच झन रिस उठ्छ । अनि कांग्रेसीहरु कहाँ पुग्यो । उनीहरु भन्ने रहेछन-फिलिप तिमीलाई कम्निष्टेहरुका कुरा नसुन भनेको होइन ? उनीहरुतिर नजाउ भनेको होइन ? किन गएको ? यता र उति गर्नु हुन्न । हेर है तिमीले उनीहरुको कुरा सुनेर लेख्यौ भने सब झुटो हुन्छ । अनि त्यस्तो झुठो कुरा लेखेर तिमीले पिएचडी गर्‍यौ भने के हुन्छ तिम्रो पिएचडी । सब भाँडमा जान्छ ।

अनि कम्निष्टेहरुचाहिँ उनलाई जबर्जस्ती आफ्नै मान्छे सिद्द गर्न खोज्ने रहेछन । तिनीहरु चोर हुन, फटाहा हुन, डाँका हुन, ति झुट बोल्छन। कम्युनिष्टहरु नै राम्रो हो कि होइन फिलिप ? ल भन त फिलिप, हगि ? जबर्जस्ती गर्ने रहेछन । फिलिपले गर्ने के ? मुटु फुट्नेगरि हाँस्दै फिलिप कांग्रेस र कम्युनिष्टका आचरण, सिद्दान्त र नीतिका कुरा खोज्दै छ । तर त्यो ठिटो ति कार्यकर्तामा आचरण, सिद्दान्त र नीतिका कुरा केहि फेला पार्दैन । अनि मूर्ख मनुवाहरुबाट तत्काल छुट्कारा त पाउनै पर्‍यो । आफ्नो पिएचडी अध्ययनको दुनो पनि सोझ्याउनै पर्‍यो । हो कि होइ ? ल भनन, हगि फिलिप भनेर सोध्दा उनले जवाफ दिने रहेछन-अँ खोइमलाई खासै सुनाएननमैले सुनिनअलि बुझिन मैलेसायद होलाहुन सक्छमलाई भन्दा त तपाईहरुलाई नै थाह छ नीए हो र ? … आच्चीत्यसो पोयस्तै बिचमा रहेर केहि नजानेको जस्तो गर्‍यो पन्छियो । अनि मशाल र कांग्रेसका मूर्ख कार्यकर्ता यो गोरे पटमूर्खै रहेछ भन्ने ठान्छन । आफुलाई खुब बुझकी संझन्छन । अनि नाक डोको जत्रो पार्दै फुलाएर भाषण ठोक्छन ।

(यि मानवशास्त्रीले नेपालमा भोगेका मध्ये सानो एक अशं मात्रै हो यहाँ लेखिएको ब्लग । उनले देखे भोगेका, अनुसन्धान गरेर फेला पारेका महत्वपूर्ण भाग त हाम्रो प्रकाशोन्मुख पुस्तकमा आउँदैछ । प्रतिक्षा गर्दै रहनुहोला। तपाई संसारको जुन कुनामा भएपनि यदि हुलाक खर्च समेत तिर्नुहुन्छ भने पुस्तक उपलध गराउने ब्यवस्था मिलाउने कोसिस भइरहेको छ। पुस्तक दर्ता भइनसकेकाले नाम सार्वजनिक नगरिएको हो -ददि सापकोटा)

तपाइँको प्रतिक्रिया