फोटोमा जिवजन्तु

राजनितिका प्रसंग जसलेपनि लेख्छन् । त्यसैले राजनितिका गफ र प्रसंग छोडेर सातामा एक दिन भएपनि प्रक्रिति र जिवजन्तुसित रमाउनेकालागि होस् भन्ने मेरो उद्देश्य थियो । बिबिध कारणले त्यो केहि साता रोकियो । तर अब त्यसलाई फेरि निरन्तरता दिनकालागि मैले जिवजन्तुका केहि तस्विर राखेको छु । यी तस्विरहरु हेरेर रचनात्मक सुझाव र प्रतिक्रियाकालागि धन्यावाद ।

बुल्गेरियाको इजेरेक गाउँमा बिजुलीका तारमाथि झुम्मिएका गौंथली । फोटो- भासिल दोने / इ पि ए

जर्मनीको ह्यामबर्गस्थित आल्स्तेयर तालमा ठूलो हाँस (स्वान) को बच्चा र माउ । फोटो- बोदो मार्क्स / ई पि ए

उतर पश्चिम जर्मनीको गिफहर्न प्राक्रितिक निकुञ्जमा देखिएको माकुरो । फोटो- जुलियन स्टाटेन सुल्त  / ए एफ पी

फिजिमा आठ दिनको सामुद्रिक यात्राका क्रममा फेला परेको माछो । फोटो- केथ आडनबर्ग

भियतनामको हानोइमा एउटा पातमा बसिरहेका भ्यागुता (ट्री फ्रग) । फोटो- खाम / रोयटर्स

कम्बोडियाको जंगलमा  सिनो कुरेर बसिरहेका गिद्द । फोटो- डेभिड लङ्स्ट्रेथ / एपी

यलो एण्ड ओरेन्ज रिफ फिस भनिने माछाहरु । फिजिमा भएको आठ दिने सामुद्रिक एक्स्पिडिसनमा देखा परेका हुन् । फोटो- केइथ एडनबर्ग

पूर्वी जर्मनीमा फुलेका ब्लु कनफ्लावर भनिने फूल । फोटो- आर्नो बुर्गी / ए एफ पी

तपाइँको प्रतिक्रिया