फोटोमा जिवजन्तु

कति गर्ने राजनितिका कुरा हैन ? वाक्कै लाग्दो । कहिलेकाहिँ भिन्न कुरामा विषयान्तर गर्दापनि आनन्द आउँछ । यस्तो विषय जहाँ तानातान, शक्तिको भोक, कुर्सीको मोह र खिचातानी हुन्न । जिवजन्तुबिच भएपनि हामीले महसुस गर्नु पर्दैन । आज राजनितिक विषयबाट टाढै बसेर प्रक्रितिका सुन्दर रचना जिवजन्तुका केहि तस्विर हेरौं है त ?

श्रीलंकाको मिनेरिया वन्यजन्तु आरक्षमा खेल्दै दुई हात्ती । श्रीलंकामा सन् १९ को दशकमा १२ हजार हात्ती भएकोमा घटेर चार हजार भएपछि त्यहाँ तिब्र निगरानी र संरक्षणका कडा कानुन अपनाइएको छ । फोटो- सार एस कोदीकारा / ए एफ पी

अष्ट्रेलियाको क्विन्स्ल्याण्ड राज्यस्थित ग्यान्दाह मा झुण्डिएका चमेरा (फ्रुट ब्याट्स्) । फोटो-जोन विल्सन / ए एफ पी

उत्तरी जर्मनीको सिभर्स्डर्फस्थित एउटा घरको छतमाथि जूनको प्रिठभुमिमा भुँडीफोर । फोटो प्याट्रिक प्युल / इ पि ए

बेलायतको आर एस पिबी लोक्टन मोस प्राक्रितिक आरक्षमा गँगटा समातेको बकुल्ला (ग्रे हेरोन)। यो बेलायतको ठूला चरा मध्ये एक हो र त्यहाँ साना तिना सबै तालहरुमा पाइन्छ । फोटो- डेभिड पोल / आर एस पी बी

भारतको अलाहवादस्थित खेतियोग्य जमिनमा चरिरहेका एक जोडी सारस चरा । यो चरा खेतियोग्य जमिनमा पाइन्छ । नेपालमा उड्ने चरा मध्ये यो सबैभन्दा ठूलो हो । बौद्द मार्गीहरुले यसलाई मार्नु गौ हत्या सरह मान्छन् । गौतम बुद्दसित प्रसंग गाँसिएका धेरै कथा र विश्वासहरु छन् सारसबारे । नेपालमा यी चरा पश्चिम नेपालका बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, रुपन्देही लगायतका जिल्लामा पाइन्छन् । सारस पसेको जमिनमा खेति राम्रो हुने विश्वासपनि गरिन्छ । फोटो- राजेश कुमार सिं / एपी

क्यालिफोर्नियाको मुलेट टापूमा उडिरहेका देव हाँस (पेलिकन)। सयौं हजारौं चराको लागि गुण बनाउन सुरक्षित मानिने यो टापूमा आजकल बिभिन्न मांशहारीले आक्रमण गरेर चरा मार्ने गरेका छन् । फोटो- डेभिड म्याक निउ / गेटी इमेजेज

दक्षिण अफ्रिकाको केप टाउन स्थित च्यापमेन पिक पहराबाट उड्दै वाज (रक क्यास्ट्रल) । फोटो- निक बोथ्मा / इ पि ए

काठमाडौंमा एकाबिहानै देखिएको माकुराको जालो । फोटो – नरेन्द्र श्रेष्ठ / इ पि ए

तपाइँको प्रतिक्रिया