“एन आर एनको कार्यशैली पञ्चायतकालिन”

राजाले शासन हत्याएका बेला एन आरएनले बिज्ञप्ती जारी गरेरै प्रजातन्त्रको पक्षमा वकालत गरेको थियो । अहिलेपनि संविधानसुझावका लागि बिज्ञहरुको टोलीमा एन आर एन अध्यक्ष जिवा लामिछाने छानिएका छन् । तर जति काम गरेपनि एन आर एनकै अध्यक्षहरुले त देखेका रहेनछन् । एन आर एनकै कार्यशैली प्रजातान्त्रिक रहेनछ । यत्रा प्रजातान्त्रिक देशमा बस्ने अनि कार्य शैली चाहिँ पञ्चायती शैलीको अपनाउने ? यो मैले लगाएको आरोप र अनुमानका भरमा लेखिएको होइन । एन आर एन फ्रान्सकै अध्यक्षले बकाईदा ईमेल लेखेर लगाएको आरोप हो ।

प्रसंग चाहिँ गत अप्रिल १५ मा पेरिसमा भएको यूरोपस्तरिय एकल न्रित्य प्रतियोगिताको सन्दर्भमा लेखिएको हो । एन आर एन फ्रान्सका अध्यक्ष निर्मल अर्यालले उक्त कार्यक्रमको बिरोध गर्दै लेखेको ईमेल अन्य देशका एन आर का प्रतिनिधीलाई पठाइएको थियो । यसबारे मैले केहि समय अघि लेखेको लेखमा उठाएको थिएँ । तर धेरै साथीहरुले त्यसमा के लेखेको थियो ? ईमेल लेखेकै होइन, तपाइसित त्यो मेल नै छैन । भए ल देखाउनुस् त भनेर चुनौति दिने र जिज्ञासा राखेको राख्यै गरेपछि आज उक्त ईमेल राखिदिन खोजेको हुँ ।

आधिकारिक रुपमा एन आर एन फ्रान्स संलग्न छैन र एन आर एन फ्रान्सले कुनै पनि प्रायोजन गरेको छैन । यस्तो कार्यक्रममा किन आउन खोजेका एन आर एनका सदस्य भनेर शुरुमै बिरोध गरिएको छ । यस्ता कार्यक्रममा एन आर एनका प्रतिनिधी आउँदा संवन्धित देशको एन आर एन सित पुरा सोधपुछ गरेर, अनुमति लिनु पर्ने कडा नियम रहेछ कि क्या हो एन आर एनको ? बिदेशमा नेपालीले गर्ने कार्यक्रममा सहभागि हुनपनि नमिल्ने प्रावधान रहेछ कि ? एन आर एनको नीति बदलिएको हो कि क्या हो अहिले ? तर जतिसुकै बिरोध गरेर अरुलाई किन लागेको होला भनेर लेखेपनि एन आर एन फ्रान्सका अध्यक्ष निर्मल अर्याल आफैंपनि ब्याच लगाएर उक्त कार्यक्रमको अघिल्लो पंक्तिमा बस्न पुगेका थिए ।

त्यसदिन यो विषयले एन आर एनका अन्य देशबाट आएका प्रतिनिधी र आयोजक तथा यो खबर थाह पाएका नेपालीबिच हाँसो र ब्यंग्यको विषय बनेको थियो । “लौ हामीलाई किन आउन लागेको एन आर एन फ्रान्सको कुनै भूमिका नभएको कार्यक्रममा भन्ने । तर आफू चाहिँ त्यहि कार्यक्रममा ब्याच लगाउन टुप्लुक्कै आइपुग्ने के हो यस्तो?” बेल्जियमका केहि नेपालीले सुनाएका थिए ।

उनले लेखेको पत्रमा त एन आर एन राष्ट्रिय कमिटिमा बैदेशिक हस्तक्षेप भएको समेत उल्लेख छ । भन्न खोजिएको चाहिँ बिदेशका एन आर एनले हामी एन आर एन फ्रान्समाथि हस्तक्षेप गरेका छन् भन्न खोजिएको हो कि ? त्यसैले गर्दा स्थानिय एन सिसीका रुपमा काम गर्न साह्रै मुस्किल परेको छ रे । बेलायत पुगेर मेडिया टास्कफोर्समा फ्रान्सका तर्फबाट किन यसो मान्छे राखेको भन्दै उनले बिरोध गरेको पनि उल्लेख गरेका छन् । एन आर एनका अन्य देशका प्रतिनिधीहरु वुद्दिमान रहेनछन् कि क्या हो “हामीले आयोजकलाई पठाएको आधिकारिक पत्र बुदीमत्ता किसिमले पढ्नुहोला” भन्दै सम्झाइएको छ ।

तर आयोजकले पठाएको मेल र निमन्त्रणा बारे केहि उल्लेख छैन । अचम्म लाग्दो कुरो त के भने यस्तो कार्यक्रममा सहभागि हुँदा एन आर एनको लोगो प्रयोग गर्ने र सक्रिय सहभागिता जनाउँदा स्थानिय (कार्यक्रम हुने देशको) एन आरएनलाई सोध्नु पर्छ समेत भनिएको छ । यो हेर्दा त एन आर एनको नियम निकै कडा भैसकेको बुझिन्छ । मेलमा लेखिएको छ “हाम्रो बिचारमा एन आर एन पञ्चायती पद्दतीमै चलिरहेको छ”। वि थिङ (हाम्रो बिचारमा) भनेपछि त यस विषयमा एन आर एन फ्रान्सलेनै यस्तो मेल लेख्ने भनेर सल्लाह गरेको रहेछ । यो आवाज त एन आरएन फ्रान्सकै आधिकारिक रहेछ । “निर्मल अर्याल, अध्यक्ष एन आर् एन फ्रान्स’ भनेर लेखेपछि त एन आर एन फ्रान्सकै आधिकारिक निर्णय भन्नेनै देखिन्छ ।

यदि होइन, निजि हो भने एन आर एन फ्रान्सले के कसरि हेर्ला ? एक्लो ब्यक्तिले यस्तो निर्णय पाइने चलन रहेछ कि एन आर एन फ्रान्समा । । यो मेल एन आर एनका अन्य विशिष्ठ भनिएकाहरुकहाँपनि पुगेको छ संसारभरिनै । यो अहिले चर्चाको विषय बनिरहेको छ भित्रभित्रै । अध्यक्ष निर्मल अर्याललो नामबाट पठाइएको इमेल तल हेर्नुस्

Dear Friends, 

As we are hearing without being official for us (NCC France) that some of our NRNA friends are coming here in France for a program that NCC France is not engaged and that we have even not sponsored. 

We are really surprised and upset that our network has participated in divers manner in such a pogram but not a single institution (TF, NCC…) find it necessary to get in contact with local NCC before taking their official decision. We don’t need and don’t want to polemic, but what is the use for us to be NRNA and work in a local level for our network ? if we were ignored by our pairs. For us their is foreign intervention in our NCC.  It will really put us in a difficult situation to work as a local NCC. We had already had a bad experience with formation of a TF in the past from where we yet are waiting for a official reply. I as a president of NCC has yet to justify why we recommande (but in reality we were opposed but a person find it necessary to choose) such a person for that TF (I just came back from UK, there also some media friends asked me and I had to justify that we didn’t recommand, etc…). Please let us work and let’s change our working manner for the betterment of our mouvment. 

Try to understand why we were unable to involve (or why they don’t want our envolvement…) in such a program, here is an officiel letter we sent to the organiser and coordination team for the tomorrow’s program (15th April 2012). Hope you will read it carefully and in a wise manner.

We think we are running our NRNA in a Panchayati system, we as a small NCC seems not having importance and nobody care about it. Let’s change our working manner. 

We as NCC yet wish that this program be a success. But before using NRNA’s logo and official banner, local NCC must be contacted and informed if not how we can imagine that our neighbour NCC and TF are willing to participate in such a program and how can we give them our official vision. 

We know that for our mouvement settelment we have to fight and convince lot of people in our local level, but please let us work in a wise manner. The program will be over tomorrow evening and you all will be back in your respective country than we have to hear that TF and other NCC participated in that program and not local NCC, so they will say no need to get in touch with local level, etc, etc. 

Nirmal ARYAL
President NCC France

तपाइँको प्रतिक्रिया