फोटोमा जिवजन्तु
हरेक हप्ता प्रक्रिति र जिवजन्तुबारे फोटो फिचर राख्छु भन्ने सोच थियो । सकेसम्म पालना गर्दै पनि आएँ । तर केहि हप्ता के भो के भ्याइन । राजनितिक खुराक त जहाँसुकै पाइन्छ । त्यो भन्दा बाहिर गएर मनै आनन्द लाग्ने प्रक्रितिका अनेक स्रिजनाहरुको बिचरण गर्न पाइने पत्रपत्रीका भने कमै छन् । त्यसैले नेपालप्लसले त्यो स्वाद दिन खोजेको थियो । ढिलै भएपनि आज केहि समयपछि फेरि फोटो फिचर राखेको छु ।
स्लोभानियाको मैदानमा चर्दै पुतली । यो देशमा पुतली अवलोकन गर्ने प्रचलन बढ्दो छ । फोटो- स्रज्जा जिभुलोभिक / रोयटर्स ।
अमेरिकाको केन्टकीमा ह्वाइट टेल्ड डियर (म्रिग) का जुम्ल्याहा । तिनको शरिरको यो रातो खैरोधब्बा हुर्किँदै जाँदा अगस्टको अन्त्यतिर बदलिएर फुर्सो खरानी रङको हुन्छ । फोटो- तेरी प्राथेर / एपी
चिनको साङ्जी प्रान्तमा रहेको होङजियान झु तालमा झुम्मिएका फ्यालफ्याले (रेलिक्ट गल्स) चरा । हरेक वर्षको मे देखि अक्टोबरमा दूर्लभ श्रेणीका फ्यालेफ्याले जातिका ९० प्रतिशत चराहरु यहाँ आउँछन् । फोटो -लिउ सियाओ / सिन्हुवा
अमेरिकाको आलास्कामा ग्रिज्ली बेयर भन्ने भालु माछा समात्दै । फोटो- एन्डि रुच / एक्स फिचर्स
भारतको भुवनेश्वरमा हावा हुरीले रुख भाँचेर सडकमा खसेपछि हाँगोमा रहेको आफ्नो गूँड सुरक्षा गर्न खोज्दै डाङ्ग्रे चरा । फोटो- विश्वरन्जन राउत / एपी
बेलायतको कोर्बिजमा यो वर्ष उम्रिएका पपिज फूल । फोटो- क्रिस्टोफर फुर्लोङ / गेटी पिक्चर्स
क्याम्बोडियामा एउटा फूलमाथि रस चुस्दै पुतली । फोटो- हेङ सिनिथ / एपी
दक्षिण कोरियामा भएको इन्टरनेशनल एथ्लेटिक्स फेडेरेशनको प्रतिस्पर्धात्मक एक कार्यक्रममा एउटा किरो (मेन्टिस) क्यामरामाथि चढ्दै । फोटो- ओलिभिय मोरिन / एएफपी













