संगित सुनेर आनन्द लिन्छन् जनावर

संगित कसलाई मन नपर्ला ? मान्छेहरु त संगितका पारखी हुने नै भए । चराहरु झन विश्वमै नाम कमाएका गितकारले भन्दापनि मिठो गित गाउँछन् । हाम्रा संगितकारलाई पछार्नेखाले संगित स्रिजना गर्छन् । जनावरहरुलेपनि संगित सुनेर मख्ख पर्ने, आनन्द लिने गरेको पत्ता लगाए बैज्ञानिकहरुले । तर प्रश्न उठ्छ, के मानिसले जस्तै ठ्याक्कै संगित मन पराउँछन् त ?

मान्छेहरुमा कि त भ्रम छ । कि अज्ञान । त्यसैले सोच्छन्, आफूलाई जस्तो संगित मन पर्छ जनावरलेपनि त्यस्तै रुचाउँछन् । घरमा पालेका कुकुर, बिराला, गाइ, भैंसी, भेडा, बाख्रा, कुखुराले संगित रुचाउंछन् । त्यसैले कतिपय मान्छेहरु खासगरि पश्चिमी समाजमा कतै जानुपर्दा आफूले सुन्ने गरेको संगित लगाइदिएर छोडिदिन्छन् । बैज्ञानिकहरुको अनुसन्धानले बाँदरहरुलेपनि संगित सुनेर आनन्द लिने गरेको पत्ता लगाए । तर मानिसले भन्दा भिन्न संगित ।

मान्छेहरुमा एउटा सोचाई छ, आफूलाई जस्तो मनपर्छ त्यस्तै संगित मन पराउँछन् जनावरलेपनि भन्ने । त्यसैले रेडियो खोलेर छोडिदिन्छन् कतिपयले । आफूलाई शास्त्रिय संगित मनपर्‍यो भने शास्त्रिय संगित र रक संगित मन पर्‍यो भने जनावरलेपनि त्यहि मन पराउँछन् भनेर सोच्ने धेरै हुन्छन् । हुन त संगित मानव मन, मस्तिस्क र ह्रिदयमा गड्ने वस्तु हो । तर त्यो जनावरमापनि हुने रहेछ ।

लाइभ साईन्स पत्रीकाका अनुसार संगितको शक्ति जनावरमापनि हुने रहेछ । तर स्नोडन, रक, शास्त्रिय संगित भन्दा जनावरले बढि बाजागाजा बजेको संगित मन पराउने गर्छन् । विन्स्कनसिन  विश्व बिध्यालयका जनावर साईकोलोजिस्ट तथा अनुसन्धानदाता मेडिसनका अनुसार ढोलक, मादल र त्यस्तै खाले बुडुमबुडुम, टुनुमुनुटुनुमुनु आवाज निकाल्ने संगितका साधानहरुको मिश्रित संगित जनावरले बढि रुचाउँछन् । बिभिन्न खाले मादलका तालहरु एकैसाथ बजाएर निस्किने संगित सुन्दा जनावरलाई बढि आनन्द लाग्छ । बैज्ञानिकहरुको भाषामा बिभिन्न जातका विशेष खाले संगितको मिश्रण जनावरको रुचिमा पर्छ ।

मान्छेलाई आफ्नो कानको श्रवण शक्ति, स्वरको उतार र चढाव, आफूले बुझ्ने र चिनिने स्वरका आधारमा संगित मनपर्छ । संगित उतार चढाव कि उच्च वा निचका आधारमा ग्रहण गर्न सकिने वा नसकिने हुन्छ । एकदम उच्च गतिमा, वा निच गतिको र अति चर्को वा अति मन्द संगित दुबै ग्रहण गर्न सकिन्न ।

तर जनावरले भने हाम्रा कानको लागि मिल्ने, ग्रहणयोग्य संगित रुचाउँदैनन् । तिनका कानलाई हाम्रो कानलाई सुहाउने संगित सुहाउँदैन । अनुसन्धानहरुले के देखाएका छन् भने मानवकालागि उपयुक्त संगितमा जनावरको चाख हुन्न । बाँदरहरुलाई हामीले सुन्ने गरेको, रुचाउने गरेको भन्दा दोब्बर गुणा छिटो संगित मन पर्ने रहेछ । तिनले हामीले भन्दा चर्को स्वरको रुचाउँछन् । त्यसैले खासगरि अमेरिकी बैज्ञानिकहरु अहिले जनावरकालागि मिल्ने संगित स्रिजनामा तल्लिन भएका छन् । केहिले म्युजिक फर क्याट्स भन्ने संगित बनाएर बिक्रि गर्नपनि थालेका छन् ।

(तस्विर- लाईभ साइन्स)

तपाइँको प्रतिक्रिया