बेलायतमा नेपाली बिध्यार्थीले बनाए नेपालको नाक ठाडो

तस्विरगौतम न्यौपाने / बेलायत

बेलायतमा अध्ययन गर्न गएका बिध्यार्थीहरु । उनीहरु ग्लामोर्गन विश्व बिध्यालयमा अध्ययन गर्छन् । त्यहिँ ति बिध्यार्थीको स्टुडेन्स यूनियन छ । तिनले आफ्नो पढाइबाट यस्सो खाली समय निकालेर नेपालको लागि केहि गर्ने योजना बुने । के गर्ने त ? नेपाललाइ बेलायतीका माझ चिनाउने । प्रचार प्रसार गर्ने । बिदेशमा नेपालको इज्जत बढाउने । आफ्नो देशकालागि केहि योगदान गर्ने । बिध्यार्थी न हुन् नेपालका वस्तुकला, तस्विर, खानपिन, कला संस्क्रिति झल्काउने सर सामान कसरि जुटाउने त ?

खाने मुखलाई जति लामो होस् जुँघाले छेक्दैन । तिनलाईपनि छेकेन । बेलायतको नेपाली दुतावासलाई हार गुहार गरे । दुतावास बेलायतको मैत्री छ । केहि गर्नेलाई हात फैलाउँछ । मागेजति, खोजेजति बजेट त उसले कहाँ बाट देओस् ? देशै पूर्ण सक्षम नभएपछि दुतावासले पो दिने कहाँबाट ? तर हामीसित केहि छैन भन्दै हात बाँधेन । राजाको काम कहिले जाला घाम भन्दै बसेन । उसले पैसो दिन नसकेपनि प्रदर्शनीमा चाहिने अधिकांश सामाग्रि जुटाइदियो । खुला मनले जे सकिन्छ त्यहि सहयोग गरे ।

आखिर गरे के नहुने रहेछ । ढोलक सोलक खोजे । मादलको ब्यवस्था गरे । नेपाली गरगहना बटुले । नेपाली पोशाक जम्मा पारेर नेपाली गीत अनि न्रित्य समेत देखाउन भ्याए । बेलायतीहरुलाई जुरुक्क जुरुक्क पार्नपनि पछि परेनन् । त्यहाँ भएका बिबिध स्टलमध्ये नेपाली बिध्यार्थीले नाक राखे नेपालको । नेपाली बिध्यार्थीको प्रदर्शनी अब्बल मानियो । यो प्रदर्शनी  ग्लामोर्गन स्टुडेन्ट इनटर नेशनल सोसाईटीका नामबाट नेपाली सोसाईटी ग्लामोर्गन (NSG) भन्ने नेपाली संस्थाले गरेको हो । बिध्यार्थीले यो संस्थाकोपनि इज्जत बढाइदिए । प्रदर्शनीको नाम ग्लोबल डे २०१२ रखिएको थियो ।

तपाइँको प्रतिक्रिया