न्रित्य प्रतियोगितामा एन आर एन नेपाल प्रवर्धन दलको ब्यापक चासो

एन आर एनको एउटा समिति छ, नेपाल प्रवर्धन गर्ने बिदेशमा । त्यसले यूरोपमा हुन लागेको नेपाली एकल न्रित्य प्रतियोगिताको ब्यापक चासो राखेर विश्वभरि फैलिएका नेपाली समक्ष यो कार्यक्रम सफल पार्न र सहभागि हुन झक्झकाएको छ ।  सोम सापकोटा बिदेशमा नेपाल प्रवर्धन दलका सदस्य हुन् । उनी एन आर एन डेनमार्कका आइ सि सी सदस्य पनि हुन् । उनी पहिले एन आर एन डेनमार्क का अध्यक्ष थिए ।

नेपाली कला र संस्क्रितिको बिदेशमा प्रचार प्रसार संवर्धन गर्दा नेपालको पनि स्वत प्रवर्धन हुने र त्यसले नेपाली कला र संसक्रितिको संरक्षण र बिस्तारमा ठूलो महत्व राख्ने भन्दै यो कार्यक्रमलाई सफल पार्न आव्हान गरेका हुन् । विश्वभरिका एन आर एनका समितिहरुलाई यो कार्यक्रममा सहभागि हुनुपर्छ भन्दै राष्ट्रिय समितिदेखि केन्द्रसम्म उनले झक्झकाएका छन् ।

प्रतियोगितामा दिईने पुरस्कारहरु मध्ये अधिकांश निश्चित भैसकेकाले उनले नेपाल प्रवर्धन दलको तर्फबाट सान्त्वना पुरस्कार दिने घोषणापनि गरेका छन् । त्यति मात्रै होइन, यस कार्यक्रममा कसरि सक्रियतापूर्वक सहभागि हुन सकिन्छ भन्दै उनले एन आर एन का बिभिन्न देशमा रहेका प्रतिनिधीहरुलाई साईबर बैठककै लागि आव्हान समेत गरेका छन् । उनले यस कार्यक्रमलाई नैतिक वा आर्थिक जुनसुकै तरिकाले भएपनि सहभागिता र समर्थन जनाउन कुनै कसर बाँकि राख्नुहुन्न भन्दै एन आर एन का सबै सदस्यहरुलाई सुझाव दिएका छन् । यूरोपका २३ वटै देशमा रहेका एन आर का समितिहरुले सहभागिता जनाउनुपर्छ भन्ने मान्यता बिदेशमा नेपाल प्रवर्धन दलको रहेको नेपालप्लसलाई बताए ।

तपाइँको प्रतिक्रिया