शनीवार (मार्च ३) मा पेरिसका नेपाली महिलाले नारी दिवस मनाउँदै

समस्या, कठिनाई, बाधा र अड्चन अनि गाह्रा साह्रा बिदेशमा आफ्नै खाले हुन्छन् । बिदेशको बसाई र भोगाइ आफ्नै खाले हुने भए । झन महिलाहरुले त कतिपय आफ्ना यस्ता समस्या हुन्छन् तिनका बारेमा नत कसैले छलफल गर्छ । न त कसैले चासो नै दिन्छ । न त महिलाहरुलेनै खुलेर भन्ने गर्छन् । आफ्ना समस्याका बारेमा छलफल गर्न तिनलाई फूर्सदपनि कम हुन्छ । कतिपय सहजै समाधान गर्न सकिने समस्यापनि छलफल नगर्नाले तिनले भोगिराख्छन् । जति समाधान नगर्‍यो उति ति झ्यांगिँदै जान्छन् । महिलाहरुले आफ्ना समस्या पुरुषहरुलाई भन्दा महिलाहरुसित बढि सहज तरिकाले साझेदारी गर्छन् । त्यसैले यस्ता समस्याहरु बारे छलफल र बहस, साझेदारी गर्न पाकोफेन भन्ने संस्थाले उत्सुकता देखाएको छ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा ।

तर यो दिन सबै महिलालाई फूर्सद हुन्न । त्यसैले  आउने शनी वार मार्च ३ का दिन मनाउने निधो गरेका हुन् । यस दिन पेरिसमा बस्ने नेपाली महिलाहरुले यहाँको बसाईका क्रममा भोगेका अनुभव, बाधा, कठिनाई, आफूले देखे जानेका, मनमा लागेका भावना र समस्या, समस्याको समाधानका संभावना र सुझावबारे छलफल गर्ने छन् । यस दिन सबै नेपाली महिलाहरु उपस्थित हुन सक्ने छन् । आयोजक पाकोफेनले यस कार्यक्रममा उपस्थित हुन आफ्ना पत्नी, दिदी बहिनी, छोरी बुहारी लगायत सबै महिलालाई प्रेरित गरिदिन पुरुषहरुलाई आग्रह गरेको छ ।

कार्यक्रम हुने ठाउँ र समय हेर्नुस्

कार्यक्रम हुने दिन : शनिवार, मार्च ३

समय : दिनको एक बजे

ठेगाना : 80 HENRI BARBUSSE

93200 SAINT DENIS

मेट्रो : SAINT DENIS UNIVERSITE (लाइन १३)

 अप्ठेरो परेमा फोन सम्पर्क

जीता        0625569096

अनुराधा   0669926908

तपाइँको प्रतिक्रिया