मौसम बिग्रियो कि आँखा छलेर मस्ति लुट्ने ?

परिवारमा दुख आइपर्दा मिलेर लड्ने । एकले अर्कोलाई साथ दिने । मरेपनि सँगै मर्न तयार हुनुपर्ने होइन ? आनन्द, रमाइलो, सबै अनुकूल हुँदामस्ति गर्ने । अनि जब कठिन अवस्था हुन्छ ‘म त मेरो बाटो लागें, तँ जेसुकै गर, जता सुकै जा’ भनेर झन दाम्पत्य जिवनमा सम्बन्ध बिच्छेद पो गर्ने रहेछन् त केहि चराले ।

त्यति मात्रै हो र ? जहाँ वातावरण बिग्रिन्छ त्यहाँ त एकले अर्कोलाई ठग्ने, छक्काउने, झुक्काउनेपनि बढि गर्ने रहेछन् । त्यसो गरेपछि विश्वास हुन्छ ? माया रहन्छ ? अनि जोडीमा संवन्ध बिच्छेद बढ्ने रहेछ । आफूसँगै भएको भालेसित साखुल्ले बन्ने । तर उसका आँखा छलेर अरुसित लुकिचोरी प्रम गर्दै, यौनको मस्ती लुट्दै हिँड्नपनि चराका पोथीहरु खप्पिस हुने रहेछन् ।

वातावरण बदलिँदै गयो र अनिश्चित भयो भने चराहरु एकै ठाउँमा आराम गरेर बस्छन् । त्यो वातावरणको अवस्था बुझ्नकालागि हो। त्यस्तो किन गर्छन् त ? आफ्ना बचेराहरुलाई विविध खाले जिनको आवश्यकता पर्छ । त्यसको चाहनामा हुन्छन् चरा । भविष्यमा के हुन्छ भन्ने निश्चित नहुँदा वातावरणिय परिवर्तनले कस्तो मोड लेला भनेर बुझ्न सहज हुन्छ । एक्लै हुँदा उनीहरुले त्यसैमा ख्याल गर्छन् । आफ्नो मात्रै जिम्मेवारी लिन्छन्, चासो राख्छन् । वातावरणिय अवस्था सुध्रियो कुनै ठाउँमा भने चराहरुले त्यस्ता ठाउँमा जोडीलाई छोडेर, सम्बन्ध बिच्छेद गरेर एक्लै अनुकुलित हुन सक्छन् ।

तैपनि पोथीहरुको रणनीति कस्तो हुन्छ भने एउटाले छोडेर गएपनि भएकाहरु मध्ये आफू अनुकुलको उपयुक्त, सबैभन्दा तगडा भालेको खोजि गर्न थाल्छन् । अमेरिकाको नर्थ क्यारोलिना स्टेट विश्व विध्यालयका अनुसन्धानकर्मी कार्लोस बोतेरोका भनाईमा चराको यस क्रियकलापले मानिसलेपनि किन यदा कदा आफ्नो जोडी छोडेर यताउति संवन्ध राख्छन् भन्ने कुरोलाई बुझ्न मद्दत गर्छ ।

बुतेरो भन्छन् ‘मानिसहरु वर्षाद, तापक्रमको घटबढ जस्ता सामान्य वातावरणिय परिवर्तनलाई बदलि गरिदिन सक्ने वा त्यसको प्रभावले असर नपार्ने सम्म बनाउन सक्षम छन् । तर स्टक मार्केटमा आएको घटबढ वा अन्य आर्थिक सूचांकको बदलीले मानवको सरह बदली गर्न सक्छ वातावरणिय बदलीले चरालाई । अहिलेको संसार, समाज र अवस्था अनुसार यो केटो वा केटी मलाई चट्ट मिल्छ भन्ने लाग्न सक्छ । तर यदि संसार बदलियो, परिस्थिति बदलियो भने तपाइका आसा र सोचाई पनि बदलिन सक्छन्’।

थुप्रै चराले के गर्छन् भने तिनले एक बेतसम्म एकै जोडीसित बिताउँछन् । त्यसपछि ति लाखा पाखा लाग्छन् । वर्षौं वर्षपछि फेरी फर्किन्छन् । सँगै बचेर हुर्काउँछन् तिनले गूँड नछोड्दासम्म । तर बैज्ञानिकहरुले के पत्तो लगाए भने गूँडमा पोथीहरुले एउटा भाले पतीको रुपमा राखेपनि तिनले बाहिर चोरी चकारी अरु भालेसित यौन संसर्ग राख्ने रहेछन् । गूँडमा रहेको भालेले मेरै हुन् बचेर भनेर दंग त पर्छन् तर ति अन्य भालेको बिउबाट कोरलिएकापनि प्रशस्तै हुने रहेछन् । बिचैमा जोडी मन् नपर्दा चराले संवन्ध बिच्छेदपनि गर्छन् । तर त्यो एक बेत सँगै बसेर अर्को बेतकालागि बाटो लाग्छन् । बुतेरोको टोलीले अनुसन्धान गर्दा विश्वका करिब दुई सय प्रजातीका चराले संवन्ध बिच्छेद गर्ने रहेछन् ।

प्लस वान साइन्स जर्नलका अनुसार वातावरण बिग्रिँदै र अनिश्चित बन्दै जाँदा चराहरुले नयाँ जोडी खोज्ने गर्छन् । सायद बदलिँदो वातवारणसित आफू अनुकुल खोज्नकालागि हुनुपर्छ यसो गर्नुको कारण । त्यो जायज र तर्कपूर्णपनि लाग्छ । किनभने मोटो र ठूलो ठोंड हुने चराले कडा, बाक्ला बोक्रा र बिजहरु खोल्स्याउने, फुटाल्ने बढि सजिलोसित गर्न सक्छन् । प्राय : सुख्खा ठाउँमा त्यस्तै आहारा फोर्नु वा खोल्स्याउनु पर्ने हुँदा त्यस्तो ठोंड महत्वपूर्ण हुन्छ । तर त्यहि ठोंड कम महत्वपूर्ण भैदिन्छ जब वर्षाद शुरु भएपछि बिजहरु साना हुन्छन् । बोक्राहरु कमला हुन्छन् र वर्षादका कारण कडा फोर्नुपर्ने आहाराहरु नरम बनिदिन्छन् । त्यस्ता आहाराको लागि साना ठोंडहरु बढि उपयोगी बन्छन् ।

यदि मौसम सुख्खा वा भिजेको भैराख्यो भने पोथीको जोडी छनौट अनौठो बनिदिन्छ । तर यदि मौसम जतिखेरपनि बदलिभैराख्यो भने त्यस्तो अवस्थामा पोथीले चोरी चकारी र लुकिचोरी अरु भालेसित संबन्ध राख्न थालिहाल्छे । यस्तो अवस्थामा बलिया, निरोगी, आफ्ना बचेरालाई हेर्न सक्ने, सुरक्षा दिन सक्ने भाले खोज्न थाल्छे । त्यो भनेको सबैभन्दा असल जिनको खोजि हो । बच्चा कोरलिएपछि जस्तोसुकै वातावरण होला, तर बदलिभैराख्यो मौसम र वातावरण भने पोथीहरु लुकिछिपि गतिलो जिनकालागि बलिया र निरोगी भालेहरुतिर सन्किन थालिहाल्छन् । त्यसो त यो भालेहरुमापनि लागू हुन्छ । यसको मुख्य कुरो के हो भने वातावरणिय परिवर्तन र मौसम बदलीले जनावर र जिवजन्तुको वानी ब्यवहार अनि जिवन पद्दतीमा प्रभाव पारिरहन्छ ।

तपाइँको प्रतिक्रिया