हाम्रा हिमाल बारे क्या भ्रम छरेछन् बैज्ञानिकले

कसका कुरा पत्याउने ? कुन चाहिँ बज्ञानिकले गरेका अध्ययन बिश्वाशिला ? गत दश वर्षमा हाम्रा हिम नदी पग्लिएर बर्बादै भो । हिमताल बनेका छन् ठूला ठूला । ति भत्किन सक्ने खतरा छ । ति भत्किए भने ठूलो धनजनको क्षती हुन्छ । हिमाली वस्ती सोरेर बाढीले कोसौं कोस बगाउँछ भन्दै आएका थिए बेलायती, जापानी, अमेरिकी लगायत नेपाली बैज्ञानिकलेपनि । मानविय क्रियाकलापका कारण कार्बनडाइ अक्साईडको मात्रा बढ्नाले ब्रह्माण्डको तापक्रम बढेर हाम्रा हिउँका चुचुरा हिउँबिहिन हुन लागे भनेर तर्साउँदै आएकापनि थिए । त्यसैको लहै लहैमा लागेर विश्वलाई सचेत गराउने भन्दै हाम्रो मन्त्री परिषदको बैठकनै बस्यो विश्वको सर्बोच्च शिखर सगरमाथाको काखमा । अहिलेसम्म विश्वलाई क्या पेन्डुलम बनाएका रहेछन् त !

विश्व वातावरणिय सम्मेलनमै पनि त्यसैलाई दाबीका साथ प्रस्तुत गरे । हिमाल आरोहीलेपनि त्यहि स्वरमा स्वर मिलाएर ‘हामीले आजकाल पहिले झैं हिउँ देख्न छाडेम’ भन्दै खुब प्रतिक्रिया दिए, तर्साए ।तर अहिले बैज्ञानिकहरु के भन्छन् ? ति सबै झुठा हुन् । हिमालले आफ्नो हिउँ गुमाएको छैन । हिमालयका चुचुरा हिउँ पग्लेर नांगो हुन लागेका होइनन् । गत दश वर्षमा त्यसरि हिउँ पग्लिएकै छैन ।

विश्वकै एक प्रमुख र विश्वासिलो मानिने बैज्ञानिक पत्रीका हो जर्नल साइन्स । अहिले त्यहि जर्नलले यस अघि बैज्ञानिकले तर्साउँदै आएका ति भनाइलाई गलत हो भनेर दाबी गरेको छ । अमेरिकाको कोलोराडो विश्व विध्यालयका अनुसन्धानदाता प्राध्यापक जोन वाहरको टोलीले दिएको हो यो चुनौती । तिनले ग्रेस (Grace) भनिने एक जोडी भूउपग्रहबाट प्रथ्वीको तथ्यांक लिए जमिनको सतहको । उपग्रहबाट ५०० किलोमिटरको दूरीदेखि तल जमिनको तस्विर लिए । त्यसले प्रिथ्वीको सतहमा आएको फेरबदलको तथ्यांक खिचेको थियो । त्यो भू उपग्रहबाट प्राप्त तथ्यांकले के देखायो भने हिमालको हिउँ दश वर्ष अघि जति र जुन अनुपातमा थियो अहिलेपनि खासै घटेको छैन । तर धेरै मानिसहरु अझै पनि हिमालयको हिउँ निरन्तर पग्लिरहेको छ, घटिरहेको छ भन्ने विश्वास गर्छन् ।

अमेरिकी अनुसन्धानकर्मी जोन वाहरको दाबीलाई बेलायती हिमनदी विशेषज्ञहरुलेपनि भरपर्दो भनेका छन् । बेलायतको ब्रिस्टल विश्वबिध्यालयका प्राध्यापक तथा हिमनदी विशेषज्ञ जोनाथन बाम्बेरलेपनि बेलायतको प्रसिद्द दैनिक अखबार द गार्डियन सित भने ‘अहिले प्राप्त तथ्यांक हेर्दा जोन वाहरको नतिजा नै सबैभन्दा भरपर्दो देखिन्छ। उनैको नतिजा अहिले हिमालयको हिउँको अवस्था बुझ्न सबैभन्दा विश्वाशिलो देखिन्छ’।

अहिलेसम्म गरिएका अनुसन्धान किन असफल भए ? किन गलत ठहरिए त ? किनभने अधिकांश तथ्यांक भूइँको हिउँ पग्लेको अवस्था हेरेर जम्मा गरिन्छ । केहि हिउँ नदीको जमिनको हिउँको अवस्था हेरेर तथ्यांक जम्मा पारिन्छ । तर भू उपग्रका माध्यमले हिमालको पूर्ण भागको आक्रिति खिचेर हेरिन्न । त्यसरि केहि हिम नदीको हिउँ हेरेर तथ्यांक लिँदा के हुन्छ ? करिब दुई लाख हिमनदीको अवस्थाबारे त्यसले यथार्थ जानकारी दिन सक्दैन ।

बैज्ञानिकहरुले के भनेका छन् भने हिमालको तल्लो भागको हिउँ त अहिलेपनि पग्लिरहेको छ । तर त्यसको मापनले ब्र्ह्माण्ड तातेर हिउँ पग्लिएको भन्ने दाबीसित मेल खाँदैन ।
हिमालका हिउँ पग्लिँदै गएको भन्ने दाबीहरु यथार्थ र तथ्यमा भन्दा राजनितिक तहबाट फैलाइएको भनेरपनि केहि बैज्ञानिकहरुले आरोप लगाएका छन् ।

ह्युमेन एभेन्ट्स भन्ने अर्को बैज्ञानिक पत्रीका छ । त्यसलेपनि अर्को झुठलाई सार्वजनिक गरिदिएको छ । उत्तरी गोलार्धमा हिउँका डल्ला पग्लिएर पोलार भालुहरु मरिरहेका छन् भन्ने अहिलेसमको दाबीलाईपनि झुठो भनेको छ । पोलार भालु मर्नुको कारण त पत्रीकाले अकस्मात र अपर्झट रुपमा देखा परेको आँधीलाई भनेको छ । यो दाबीपछि अब त हामी पो जिल्लाराम पर्ने भयौं । हाम्रा बैज्ञानिक त पछि पछि लाग्ने न हुन् । कि बिदेशी रिपोर्ट हेरेर ठोकुवा गर्ने हुन् । हामीले कुनलाई पत्याउने ? अब हाम्रो सरकारले के भन्ला ? कुन वैज्ञानिकका कुरा पत्याउने ?

(फोटो साभार: द गार्डियन)

तपाइँको प्रतिक्रिया