यूरोप भरिका महिलाले गर्नेभए फ्रान्समा जमघट

यूरोप भरिमा महिलाहरु कति छन ? ति कहाँ कहाँ छन ? के काम गर्छन ? तिनका कठिनाई, दुख, पीडा, बेदना, सजिला र असजिला के के छन ? कसरि महिलाहरु आफ्ना समस्यालाई चिरेर अगाडि बढ्न सक्लान ? यो सबै विषयमा छलफल गरेर महिलाहरु अगाडि बढ्ने उपाय र संभावना खोज्नकालागि यूरोपभरिका महिलाको समेलन हुँदै छ फ्रान्सको पेरिसमा । यो सम्मेलन एनआरएन फ्रान्सको खासगरि महिला समूहले गर्न लागेको हो । सम्मेलन विश्व महिला दिवस मार्च ८ का दिन हुने भएको छ ।

यो कार्यक्रम तयारीकालागि एनआरन फ्रान्सकि अनुराधा पौडेल, शोभा मैनाली र मैयाँ कटुवाल अहिले ब्यस्त छन । यो कार्यक्रम पुरै महिलालेनै एकल रुपमा सफल बनाउन खोज्दै छन। यसको सञ्चालनपनि महिला, वक्तापनि महिला, कार्यपत्र प्रस्तोतापनि महिला, बिभिन्न क्षेत्रमा रहेर काम गरेका महिलालेनै सुनाउने छन अनुभव पनि । 

यसमा भाग लिन रसियाबाट महिला कुञ्जकि समता प्रसाद महतो,  रसियाका नेपाली राजदूत पत्नी डोली गुरुङ, गैह्र आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय महिला समितिका अध्यक्ष उषा शर्मा, नारी निकुञ्जकि बिनीता लामिछाने लगायत यूरोपका बिभिन्न मुलुकबाट महिलाहरु आउँदैछन । अहिले बिभिन्न समिति र उपसमितिमा सम्पर्क गर्ने र तिनलाई आधिकारिक निम्ता पठाउने काम गर्दैछन आयोजक एनआरएन फ्रान्सका महिलाहरुले । नेपाली बिभिन्न संघ संस्थामा नसमेटिएका, समेट्न नसकेका महिलाहरुलाई अहिले खोजि गरेको छ फ्रान्सको महिला समितिले । कार्यक्रममा प्रस्तुत गर्ने कार्यपत्र, नाचगान लगायत यहाँ सहभागि हुन आउनेकालागि सम्पूर्ण तयारी हुँदैछ

नेपाली महिला बिद्दार्थी, महिला उद्दमी, महिला ब्यवसायी, महिला समाजसेवी, साहसी महिला, बिभिन्न संघ संस्था चलाएर अनुभव संगालेकालगायत बिभिन्न क्षेत्रका महिलाहरुले आफ्ना सफलता, असफलता, कठिनाई, अनुभव र संभावनाबारे कार्यपत्र प्रस्तुत गर्ने तथा अनुभव साटासाट गर्ने हुनालेपनि यो सम्मेलन निकै महत्वपूर्ण हुने देखिएको छ

यो सम्मेलनमा कुनै कार्यक्रमकासाथ सहभागि हुन चाहने यूरोपका महिलाले सम्पर्क राख्नुहुन आग्रह गरेका छन आयोजक महिलाहरुले ।

तपाइँको प्रतिक्रिया