स्पेनमा छम छम नाचे नेपाली, नचाए स्पेनिशलाई
● डिक कार्कि / बार्सिलोना, स्पेन
नेपाली मन । नेपाली स्वाद । नेपालीत्व र नेपालको गौरव अनि माया । कहिँ जाँदैमा, टाढा हुँदैमा भुलिन्न । बिर्सन सकिन्न । हाम्रो चिनारी न हो, हाम्रो संस्क्रिति, हाम्रो संस्कार र हाम्रो सभ्यता । हाम्रो पहिचान भनेकै हाम्रो कला र संस्क्रिति । अझ टाढा रहेका बेला यसको खाँचो र तलतल अझ बढि हुने गर्छ । त्यसो त विदेशमा रहेका बेला यसको माध्यमले दाजुभाइ नजिकिनु त अवसर र माध्यम हो नै, विदेशका रैथानेलाई हाम्रो संस्क्रिति र पहिचान चिनाउन पाउनुपनि हाम्रो भाग्य हो, र हो, हाम्रो अवसरपनि । स्पेनको बार्सिलोनामा हालसालै हामीलेपनि यस्तै अवसरको सदुपयोग गर्यौं हाम्रो कला र संस्क्रिति देखाएर । हाम्रो संगित र न्रित्य स्पेनीश नागरिकलाइ चखाएर । हामी सँगै नचाएर । हाम्रो गितसित गुनगुनाउन लगाएर ।
सामाजिक संस्था आमिक्स द् नेपाल । यसको अर्थ नेपालका मित्र । नाम जस्तै भेला भए नेपालका मित्र स्पेनिश नागरिकहरु । साथमा हाम्रै नेपाली दाजुभाइ दिदी बहिनीहरु । आमिक्स द नेपालको बार्षिक उत्सवको उपलक्ष्यमा हामीलाइ यो अवसर जुर्यो बार्सिलोनाको पौराणिक र एतिहासिक हल मोलिनोमा ।
आमिक्स दु नेपाल भन्ने यस्तो संस्था हो जसमा नेपालबाट धर्म पुत्र र पुत्री बनाएर ल्याएका थुप्रै अभिभावक र वालवालिका छन् । उनीहरु तिनलाई नेपाल र नेपाली संस्क्रितिसित निकट राख्न चाहन्छन् । नेपाललाई माया गर्छन् । आँखा सजाउँछन् । नेपाललाई प्रवर्धन गर्न पाउँदा आफ्नो ठान्छन् ।
कार्यक्रममा कला संवन्धि बिभिन्न उत्कृस्ट संघसंस्थाहरुलाई सम्म्लित गराईएको थियो । सहभागिता, चासो र जमघटले भन्छ, यो कार्यक्रम भब्य थियो । यसमा हामी नेपालीका तर्फबाटपनि भाग लिन पाउँदा हामीले धन्यावाद दिनै पर्छ । किनभने मञ्च उनीहरुले तयार पारिदिए, हामीले त्यसलाई सदुपयोग गर्दै नेपाल र नेपालीको प्रचारप्रसार गर्यौं ।
त्यसो त कार्यक्रम आफैंमा किन नजमोस ? कार्यक्रमलाई स्पेनिस टेलिभिजन -३ का राकेल सान्सले उद्घोषण गरेका थिए । उनले सहभागिहरुलाई उत्साहित बनाए । हलमा खचाखच भरिएका स्पेनिस र नेपाली दर्शकहरुले नेपाली कलाकारहरु र बलिउडका कलाकार समूहलाई विशेष मन पराए ।
कार्यक्रममा दर्शकहरुलाई मोहनी लगाउने कलाकारहरु थिए – खुसुबु खड्का, करिस्मा प्रसाई, अजय लोपचन र डिक कार्कि । यो समूहको संयोजन गर्ने थिए- गोपाल रेग्मी, वसन्त श्रेष्ठ, इस्वर शर्मा, मेनुका प्रसाई र सरला सापकोटा ।
कार्यक्रममा स्टेजको पछाडिको पर्दामा गरिएको नेपाल संवन्धि द्रिष्यले नेपाल थाहा नपाउनेलाई चिनाउने काम गर्यो । हाम्रो मन्चलाई आवश्यक सामाग्रीहरु पठाई सहयोग पुरयाईदिनुहुने नेपाली राजदुताबास फ्रान्सका जिवनप्रकाश श्रेष्ठलाई विशेष धन्यावाद दिन चाहन्छौं । त्यति मात्रै होइन कि वर्षौंदेखि राहदानी नपाएर भौंतारिएका नेपालीहरुलाई आफै खटेर समस्या टारिदिनु भएको उहाँको गुन हामीले भुलेका छैनौं । आगामी दिनहरुमा पनि हामीले राजदुताबासको यस्तै उदाहरणिय सहयोगको अपेक्षा राख्दछौ ।
अन्तमा, सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा नयाँ वर्ष २०१२ को मंगलमय शुभकामना ।














