बेल्जियममा बढ्दै छ नेपालीको ब्यापार

पुरुषोत्तम सुबेदी, बेल्जियम 

nepalis-business-in-belgium-1.jpg

(पिजा रेस्टुरेन्टको उद्घाटन गर्दै स्थानिय शहरका नगरप्रमुख। यहाँका नगर प्रमुखपनि फूर्सदिला हुने रहेछन नेपालका जस्तै हगि ? रेस्टुरेन्ट उद्घाटन गर्न भ्याउने ।)

बिगत केही बर्षयता बेल्जियममा नेपालीहरुको बसाइको स्थायित्वसँगै ब्यापारपनि ब्रिद्धी भएको छ । यहाँका नेपालीहरुले पछिल्लो समयमा नयाँ ठाउँ र ब्यवसायमा छिटो छिटो हात हालेको देखिएको छ । साइबर क्याफे, खुद्रा पसल र पिजासप देखि ठुलो लगानीमा विशाल रेस्टुरेन्टहरु सञ्चालन गर्ने नेपालीहरुपनि छन  

nepalis-business-in-belgium-2.jpg

(पिजा रेस्टुरेन्टका सञ्चालकहरु यि तिन पुरुष होलान । तर महिलाको भूमिका के हो र को हुन चाहिँ थाह भएन है !)

अस्ति मंगलबार बेल्जियमकै केन्द्र मानिने बेर्तेम शहरमा बासुदेब खड्का, महेन्द्रबिक्रम भट्टराई र बिजय भट्टराईले संयुक्त लगानीमा द पिज्जा क्लव स्क्वायर नाम राखिएको एउटा नयाँ पिजा रेस्टुरेन्ट शुरुगरेका छन । लुभेन सहरमा बस्ने यि तीन नेपालीहरुकै कोर्तेनबर्ग भनिने शहरमापनि ब्यवसाय छ । पिजा रेस्टुरेन्टको उद्घाटन स्थानिय नगर पालिका प्रमुख अल्बर्ट मेसले काटेर गरेका थिए । नेपाली दुतावासका दुर्गा भण्डारीले दीप गरेका थिए । नेपाली र बेल्जिग नागरिकगरी त्यहाँ करिब सय जनाको उपस्थिति थियो ।

nepalis-restaurant-in-belgium-1.jpg

(औपचारिक उद्घाटनपछि त्यहाँ पिजा खाने उद्घाटनपनि भएछ।)

nepalis-restaurant-in-belgium-2.jpg 

(नेपाली हातले दालभात मात्रै पकाउनुपर्छ भन्ने छ र ? ईटालियाली खाना पिजा तयार गर्दै नेपालीहरु ।)

तपाइँको प्रतिक्रिया