पोथी बन्न भेष बदल्छन् भाले चरा

० केहि भाले चरा जिवनभर पोथीको रुपमा भेष बदलेर रानी झैं बस्छन

० पोथीको आवाज निकालेर त्यस्ता भालेले पोथीलाई झुक्याउँदै मूर्ख बनाउँछन् । तर ति पोथीसित समागमन पनि गर्छन्

० पोथीको रुपमा भेष बदल्ने भाले र भालेको रुप धारण गर्ने पोथीहरु केहि माछा र छेपारा जातिमापनि हुने गर्छ  ।

मार्स ह्यारियर ((Marsh harrier) भन्ने एक खाले मांसहारी चराको जाति हुन्छ । ति जातिका चरामा करिब चालिस प्रतिशत पोथीको भेष बदलेका भाले हुन्छन् । तिनले ठ्याक्कै पोथी झैं गर्छन् । आवाज पोथीकै निकाल्छन् । देख्दापनि पोथी जस्तै हुन्छन् । पोथीकै आनीबानी नक्कल गर्छन्, त्यस्तै देखाउँछन् । महिला वस्त्रका पुरुष नर्तकी जस्ता । पोथी झैं गरेर तिनले सबैलाई ‘ए यो त पोथी रहेछ’ भन्ने पार्दै मूर्ख बनाउँछन् । तर यी कति हरिप ! पोथी झैं गर्ने, पोथी फकाउने र तिसित यौनको मस्तिपनि लुट्ने ।

कतिपय अवस्थामा यस्ता स्त्री भेषका भाले कमजोर हुन्छन् । पोथीको मन जित्न भाले भालेबिच हुने खिचातानी, तानातान र भिडन्तमा । तर जित्ने यस्तै छट्टुहरु पर्छन् । किनभने यसरि भेष बदल्दा तिनलाई पोथीहरु नजिक जान सजिलो हुन्छ । पोथीको मन जित्न सहज हुन्छ । बाहिर देख्ने भालेले ति त पोथी हुन् भन्ने ठान्नाले द्वन्द कम हुन्छ । कतिपय भालेले पोथीले वास्ता नगरेको ठानेर परै बस्छन्, पोथी लाई फकाउने कोसिस र जबर्जस्ति नै गर्दैनन् । तैपनि तिनले आफ्नो बसस्थान किटान त गर्छन् नै । द्वन्द कम गरेर पोथीको सामिप्यमा पुग्ने यस्तै भालेले सफल यौन आनन्द लिन्छन् पोथीसित ।

हुन त यस्ता चरा अरुपनि देखिएका छन् । रफ (Ruff) भनिने सामुद्रिक चरामापनि भालेहरुले पोथीको अवाज निकालेर पोथीको रुपमा छक्काउने गरेको बैज्ञानिकहरुले पुष्टी गरिसकेकै हुन् । यो मार्स ह्यारियर चरा जातिमा ४० प्रतिशतले जिवनभर पोथीको रुप धारण गर्ने पछिल्लो अनुसन्धानले देखाएको रोयल सोसाईटी बायोलोजी लेटर्स मा उल्लेख गरिएको छ । यो बैज्ञानिक अनुसन्धानमा आधारित तथ्यपूर्ण सामाग्रि प्रकाशित गर्ने बैज्ञानिक पत्रीका हो ।

पोथीको रुप धारण गर्ने, आवाज नक्कल गरेर पोथी बन्ने अन्य जिवपनि नभएका होइनन् । माछा, छेपारा र अन्य थुप्रै किरामा यस्तो हुन्छ । यसो हुनुको कारण के हो भने यी जिवहरुमा अति धेरै द्वन्द हुने गर्छ । त्यहि द्वन्दलाई न्युनिकरण गर्नकालागि प्रक्रितिले यस्तो क्षमता दिएको बैज्ञानिकहरुको तर्क नाजायज लाग्दैन । पोथीका लागि भालेहरुबिच अति धेरै द्वन्द र लडाइ हुँदा केहि भालेमा यस्तो क्षमता भैदिनाले भाले भालेबिचको लडाइँ कम भैदिन्छ ।

 (तस्विर : रोयल सोसाईटी बायोलोजी लेटर्स )

तपाइँको प्रतिक्रिया