गोलार्ध तात्नाले ४९ प्रतिशत भूगोलनै बदलिने

हामीले उति ख्याल गरेका छैनौं प्रिथ्वीको तापक्रम बढेकोमा । तर गोलार्धको तापक्रम जति बढेको छ, त्यसको डरलाग्दो असर पर्न थालिसकेको छ । हाम्रा सन्ततीको भविष्य त डामाडोल नै पार्ने स्थिति देखिएको छ । वैज्ञानिकहरुको अध्ययन र अनुसन्धानले त्यहि खतराको घण्टीलाइ संकेत गरिरहेको छ । पछिल्लो पटक फेरी अमेरिकी अनुसन्धान केन्द्र नासाका बैज्ञानिकले गरेको अनुसन्धान अनुसार गोलार्धको तापक्रम बढ्नुको असरले गर्दा सन् २१०० सम्ममा प्रिथ्वीको ४९ प्रतिशत  सतहमा वनस्पती कि त मिश्रित हुने छ । कि त ति कतै बसाइ सर्नु पर्ने छ ।  कि त तिनको विनास हुन्छ । त्यसको अर्थ गोलार्धको भूबनोटनै बदलिन्छ ।

त्यति मात्रै हो र ? डरलाग्दो पक्ष त अझ अर्को पो छ, प्रथ्वीको बनावट । तापक्रम बढ्नाले प्रिथ्वीको भूबनोटनै बदलिने छ । ३७ प्रतिशत जमिनको परिस्थितिकिय प्रणाली (ल्याण्ड इकोसिस्टम) नै बदलिने छ । अहिले भैरहेको घाँसे फाँट, वन जंगल, टुन्ड्रा क्षेत्रनै बदलिएर अर्कै बनोट हुने छ । त्यसको अर्थ हो, वन र जंगल भएको ठाउँ मासिएर खुल्ला बन्न सक्छ । घँसे फांट पुरै मासिन सक्छ । टुन्ड्रा क्षेत्रम बाक्लो वन देखिन सक्ला । अथवा जमिनको बनोट अर्कै कुनै रुपमापनि बदलिन सक्छ । नासाका बैज्ञानिक र क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीका बैज्ञानिकहरुले गरेको अनुसन्धानले देखाएको हो यो ।

वनस्पती र भूबनोट बदलिँदा हुन्छ के ? त्यसको असर कस्तो हुन्छ त ? हरेक ठाउँ, जमिन, पानी, वन र अन्य कुनैपनि वासस्थानमा बस्ने जिवजन्तुको त्यहि अनुकुलको हुन्छ जिवनयापनको तरिका । आफ्नो वासस्थान अनुसार तिनको दैनिकि र जिवनचक्र चलिरहेको हुन्छ । कुनै एउटा विरुवामा बाँच्ने किरा त्यो विरुवा नासियो भने के होला ? किरापनि नासिन्छ । वा त्यो विरुवा कतै सर्‍यो भने त्यो किरापनि सर्नुपर्ने हुन्छ अस्तित्वकालागि । सयौं हजारौं वर्षदेखि तिनको विकासक्रम त्यसैगरि चलेको हुन्छ जसलाई आङ्ल भाषामा इभोलुसन भन्छन् ।

रुख, विरुवा र वनस्पती लगायत तिनमा आश्रीत जिवहरु जहाँ बस्छन् त्यहाँको हावा पानी, तापक्रम, तह, उचाई र भौगोलिक विशेषतामा निर्भर रहेका, आश्रित रहेका हुन्छन् । त्यो प्रतिकूल हुनासाथ तिमाथि संकट थपिन्छ । अनुसन्धान गर्ने प्रमुख बैज्ञानिक जोन बेर्गेनग्रेन भन्छन् ‘जुन विरुवा र बनस्पतीमा निर्भर जनावर हुन्छन् ति विरुवा बसाइ सर्द सँगसँगै सर्नु पर्छ । कि त त्यहि क्षेत्रमा अस्तित्वकोलागि संघर्षरत अन्य रुखविरुवसितै अडिनुपर्छ । तर जिवजन्तुलाई ति दुबै बिकल्प समस्या हुन् ।’

बसाईसराइ सर्न सक्ने जिव जन्तु, विरुवा र बनस्पतीलाईपनि सहज छैन । त्यसको कारणपनि मानव जाति नै हो । किनभने ति बसाइ सर्न सक्ने कतिपय अनूकुलका ठाउँ मानव वस्तिले ओगटिसकेको छ । विकास निर्माणका अनेक काम भएका छन् । कि त मानव वस्तिको बाटो पर्छ र तिनलाई समस्या हुन्छ । अर्को कारण के भने बढ्दो तापक्रमले गर्दा नयां ठाउँको स्वरुप, हावापानी, वासस्थान र भूबनोटमापनि असर परिरहेको हुन्छ । बदलिरहेको हुन्छ । जसले गर्दा उसको प्राक्रितिक थलो जस्तै उपयुक्त हुँदैन । उनी अर्थ्याउँछन् ‘जब प्रतिकूल ठाउँबाट जब विरुवा र जनावर बसाइ सराई गर्न खोज्छन् ति कि त सुक्ष्म क्रिषीयुक्त क्षेत्र भएर भाग्न खोज्छन् कि त शहरमा पुग्छन्’।

जुन जिवजन्तु, विरुवा र  वनस्पती बसाई सर्न सक्दैनन्, अन्य उपयुक्त थलो पाउंदैनन् तिनको परिणाम भनेको लोप हुने नै हो । उनीहरुको अनुसन्धानले के पनि देखाएको छ भने सन् २१०० सम्ममा प्रिथ्वीमा हरित ग्याँसको अनुपात दोब्बर हुने छ । त्यसपछि त्यो रोकिन्छ । तर त्यो बेला सम्म बढ्दो तापक्रमबाट उत्पन्न समस्या मानिसले टार्न र धान्नै नसकिने हुन सक्छ ।

तपाइँको प्रतिक्रिया