कतारको दुतावासमा गगनलाई सुनाए ठगिनेले पीडा

-प्रदीप सुबेदी, कतार 

gagan-thapa-in-qatar.jpg

 (कांग्रेसका युवा नेता गगन थापा कतारको नेपाली दुतावसमा ठगिनेका कुरा सुन्दै बायाँ र अरु ठगिएका नेपालीहरु)

मैले पत्रिकामा पढें कि सुनौलो भबिष्य खोज्न कतार आएका १० नेपालीहरु दुताबासको शरणमा सरसर्ती नाम पढेंएकजना मेरै गाउँले परेछन मेरो मनमा उनलाई भेट्ने कौतुहुलता बढेर आयो अनि गत शुक्रबार समय मिलाएर पुगें हाम्रो दुताबासतिर  मानिसहरुको निकै भिड देखिन्थ्यो   सोचें कुनै कार्यक्रम होला   

nc-leader-deuba-in-qatar.jpg

तर संजोग त्यहाँ नेपाली काँग्रेसका गगन थापा शेरबहादुर देउवा आउँदै रहेछन अनि एकैछिनमा भिड स्वागततिर लाग्यो   दाजु भेट्न गएको मान्छे   त्यहि कार्यक्रम हेरें जिल्लिँदै  भिड भित्र पसेपछि बल्ल मैले मेरो गाउँले दाईलाइ भेट्टाएँ अनि गफ गरियो एउटा गाउँकै दलालले फसाएको रहेछ उनि मलाइ रुँदै भन्दै थिए -विमानस्थलमा झरेपछि कम्पनिनै नभएको भिसा बोकेर आएको थाह पाएँ उनिसँगै त्यहाँ अरु १५ जना थिए यत्रो ठुलो जमातलाई बिना स्पोन्सरको भिसामा श्रम स्विकृती दिने हाम्रो श्रम मन्त्रलाय कस्तो होला ? हामी गफ गर्दै थियौं गगन दाई आए त्यहाँ  nepalis-at-qatar-embassy.jpg

कुराकानी गर्द थाह भयो कि दुतावासमा नेपालबाट ठगिँदै आइपुगेका थुप्रै रहेछन । ठगिएका र दुतावासमा शरण लिएर बसेकाले वेदना सुनाउँदै थिए। तिनको अनुहार निन्याउरो थियो ।  nepali-embassy-in-qatar.jpg

त्यहाँ पुग्दा हाम्रो दुताबास भने झण्डा हल्लाउँदै यसरी हाँसिरहेको थियो  

जे होस, गगनले निकै चासो देखाएर त्यहाँ सोधखोज गरे ति म्यानपावरहरुको बारेमा । आशा राखौं, सायद गगनले नभुलुन नेपाल पुगेपछि कतारमा यो नै पहिलो घटना भने होइन यहाँ यसरी ठगिएर आउनेको संख्या बढिरहेको पत्रपत्रिकाले लेखिरहेकै छन । यहाँ आउने नेताहरुले पनि आश्वाशन बाँडेकै छन । तर कुनै २० को १९ भने भएको कहिल्यै पाईएको छैन अहिले दाईहरुलाई घर फर्काउने तयारीमा छु यहाँ मलाई जिज्ञाशा यति मात्रै कि दलालको पन्जाबाट उम्किने दिन कहिले आउला हामी नेपाली युवाहरुको ? के नेताजीहरु सरकारले सोचेका छन यतातिर ? साँच्चिकै अब लेखिने संबिधानले सुरक्षित गर्ला आम यूवाहरुको हकअधिकार ?  

सम्पर्क- [email protected]

(हाल कतारमा कार्यरत प्रदीपको मुल घर म्याग्दी हो)

 

तपाइँको प्रतिक्रिया